default_image

3 years ago

April 18, 2021

ओडाउडको शतकमा नेदरल्यान्ड्सको विशाल योगफल

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर म्याक्स ओडाउडले आक्रामक शतक प्रहार गरेपछि नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध विशाल योगफल खडा गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९१ रन जोडेको हो । नेदरल्यान्ड्सका लागि ओडाउडले ७३ बलमा १ सय ३३ रन जोडे । उनले १५ चौका र ६ छक्का प्रहार गरे । उनलाई बेन कुपरले अर्को एन्डबाट राम्रो साथ दिएका थिए । कुपर २० बलमा २ चौकासहित २० रन जोड्दै नटआउट रहे । यी दुईले तेस्रो विकेटका लागि नटआउट १ सय २५ रनको साझेदारी गरे ।

ओडाउडले ५९ बलमा शतक पूरा गरेका थिए । उनले सायद अजिजको बलमा पोइन्टमा छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । ओडाउड नेदरल्यान्ड्सका लागि टि२० अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने पहिलो खेलाडी पनि बने । यसअघि वर्तमान कप्तान पिटर शिलारको ९६ रनको स्कोर नै सर्वाधिक थियो ।

त्यसअघि तेस्रो ओभरमा नै टोबियास भिसलाई पवनदीप सिंहले १ रनमा बोल्ड गरेका थिए । ओपनर ओ’डाउड र स्कट एडवार्ड्सले दोस्रो विकेटका लागि बलियो साझेदारी गर्दै राम्रो अवस्थामा पुर्याए । उनीहरुले ३८ बलमा ४९ रनको साझेदारी गरेका थिए ।

एडवार्ड्स २३ बलमा ३१ रन जोड्दै अनवर रहमानको एलबीडब्लू धरापमा परे । उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए ।

नेदरल्यान्ड्सको टोली : पिटार सीलार (कप्तान), टोबियस भिसे, बेन कुपर, म्याक्स ओडिवड, बास डी लीडे, स्कर्ट एडवार्डस, आर्यन दत्त, फिलिपे बोइससेवेन, भिभिन किंगमा, टोनी स्टल, सेबस्टियान ब्राट

मलेसियाको टोली : अहमद फेज, विरनदिप सिंह, अमिनुदीन राम्ली, अनवर अरुदीन, अनवर रहमान, खिजार हायत, मुहमद वाफिक, शर्विन मुनींदी, पवनदीप सिंह, शफिक सरिफ, सायद अजिज

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

Success

Thank you for your time.