5 years ago
April 30, 2021
एजेन्सी – युवा अलराउन्डर हरप्रीत ब्रारको प्रभावशाली अलराउन्ड प्रदर्शनमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरलाई ३४ रनले पराजित गरेको छ ।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । बेंगलोरका कप्तान विराट कोहलीले सर्वाधिक ३५ रन बनाए । तेस्रो ओभरको तेस्रो बलमा तीव्र गतिका बलर राइली मेरिडीथले देवदत्त पाडिक्कललाई ७ रनमा बोल्ड आउट गर्दै पन्जाबलाई पहिलो सफलता दिलाएका थिए ।
त्यसपछि युवा स्पिनर हरप्रीत ब्रारले प्रमुख तीन विकेट लिएपछि बेंगलोरको जितको सम्भावना कठिन बनेको थियो । ११ औं ओभरको पहिलो बलमा हरप्रीतले विराटलाई बोल्ड आउट गर्दै टोलीलाई महत्वपूर्ण सफलता दिलाए । विराटले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
लगत्तै अर्को बलमा ग्लेन म्याक्सवेललाई शून्यमा बोल्ड आउट गर्दै खेललाईनै टनिङ गरेका थिए ।

लगातार प्रमुख दुई विकेट लिएका हरप्रीतले १३ औं ओभरको पहिलो बलमा प्रमुख ब्याट्सम्यान एवी डिभिलियर्सलाई कभरमा कप्तान लोकेश राहुलबाट ३ क्याच आउट गराएपछि बेंगलोरको जितको सम्भावना टाढिएको थियो । हरप्रीतको यो जारी सिजनको पहिलो खेल हो । आइपिएलमा कोहलीको विकेट पहिलो समेत हो ।
रजत पाटिदार ३० बलमा २ चौका र १ छक्का सहित ३१ रनमा निकोलस पुरनबाट क्याच आउट हुन पुगे । शाहवाज अहमद ८ र ड्यानियल साम्स ३ रनमा आउट भए । हर्षल पटेलले १३ बलमा ३ चौका र २ छक्का सहित ३१ रनको योगदान दिए । काइल जामिसनले ११ बलमा १ चौका र १ छक्का सहित १६ रनको योगदान दिए ।

एक समय १५.५ ओभरमा ९६–७ को कमजोर अवस्थामा पुगेको बेंगलोरलाई आठौं विकेटको लागि हर्षल र जामिसनले ४८ रनको साझेदारी गर्दै हारको अन्तर घटाएका थिए ।पन्जाबका हरप्रीत ब्रारले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर ३ विकेट लिए । लेगस्पिनर रवि विश्रोईले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । राइली मेरिडीथ, मोहम्मद शामी र क्रिस जोर्डनले १–१ विकेट लिए ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । पन्जाबका कप्तान लोकेश राहुलले ५७ बलमा ७ चौका र ५ छक्का सहित सर्वाधिक ९१ रनमा अविजित रहँदै उत्कृष्ट इनिङ खेलेका थिए ।

चौथो ओभरको तेस्रो बलमा ओपनर प्रभस्म्रन सिंहलाई काइल जामिसनले विराट कोहलीबाट ७ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । नियमित ओपनर मयंक अग्रवाल फिट नहुँदा सिंहलाई मौका दिएको थियो ।
दोस्रो विकेटका लागि राहुल र क्रिस गेलले ४५ बलमा ८० रनको साझेदारी गर्दै विशाल योगफलको सम्भावना देखाएका थिए । तर ११ औं ओभरको चौथो बलमा ड्यानियल साम्सको बाउन्सर बलमा गेल एवि डिभिलियर्सबाट ४६ रनमा क्याच आउट हुन पुगेका थिए ।

गेलले २४ बलमा ६ चौका र २ छक्का प्रहार गरे । त्यसअघि गेलले छैटौं ओभरमा काइल जामिसनलाई गेलले पाँच चौका प्रहार गरेका थिए । गेल आउट भएसँगै बेंगलोरले खेलमा पूनरागमन गरेको थियो । निकोलस पुरन शून्य, दीपक हुडा ५ र शाहरुख खान शून्यमा आउट हुँदा पन्जाब ११८–५ को कमजोर अवस्थामा पुगेको थियो ।
पन्जाबले १७ रन जोड्न मध्यक्रमका प्रमुख ४ विकेट गुमाएको थियो । तल्लोक्रममा युवा ब्याट्सम्यान हरप्रित ब्रार १७ बलमा १ चौका र २ छक्का सहित २५ रनमा अविजित रहे । राहुल र ब्रारले छैटौं विकेटका लागि ३२ बलमा ६१ रनको अविजित उत्कृष्ट साझेदारी गरेपछि मध्यक्रममा धरासय बनेको पन्जाबले बलियो योगफल तयार पारेको थियो ।

बेंगलोरका तीव्र गतिका बलर काइल जामिसनले ३ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहल, ड्यानियल साम्स, शाहवाज अहमदले १–१ विकेट लिए ।
अंक तालिका
चेन्नई सुपर किंग्स ६ खेलमा ५ जित र १ मा हार सहित १० अंक सहित शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ६ खेलमा ३ मा हार र ३ मा जित सहित ६ अंक बटुल्दै चौथो स्थानमा छ ।
पन्जाब ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ । कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ छैटौं स्थानमा छ । राजस्थान रोयल्स ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ । बेंगलोरले अव मंगलबार कोलकातासँग खेल्ने छ । पन्जाबले आइतबार दिल्लीसँग खेल्ने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]