default_image

4 years ago

July 5, 2021

कप्तानीमा कोहलीको तीन कमजोरी

126 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली वर्तमान विश्व क्रिकेटका एक उत्कृष्ट ब्याट्सम्यान र कप्तान हुन् । कोहलीको कप्तानीमा भारतले आइसिसी उपाधि जित्न सकेको छैन । तर टिम निर्माण देखि विश्व क्रिकेटमा आफ्नो प्रभाव भने जमाउँदै आएको छ । टेस्ट २०१४ र २०१७ मा सिमित ओभरको कप्तानी पाएका कोहलीले तीनै शैलीमा टोलीलाई अब्बल प्रदर्शन गराउँदै आएका छन् ।

कोहलीको कप्तानीमा भारतले पछिल्ला पाँच वर्ष टेस्टमा शीर्ष वरियतामा राज गर्यो । यस वर्ष भने न्युजिल्यान्डका कप्तान केन विलियम्सनले अन्त्य गर्दै शीर्ष स्थानमा राज गरेका छन् । अघिल्लो हप्ता सम्पन्न टेस्ट फाइनलमा भारतलाई आठ विकेटले हराउँदै न्युजिल्यान्डले आफूनै टेस्टको सर्वोत्कृष्ट टोली भएको प्रमाणित गर्यो ।

२०१३ को च्याम्पियन्स ट्रफी भारतले जितेको अन्तिम आइसिसी उपाधि हो । कोहलीको कप्तानीमा भारतले तीन अवसर गुमाएको छ । कोहलीलाई कप्तानबाट हटाउँदै सिमित ओभरमा रोहित शर्मालाई नेतृत्व दिनुपर्ने माग पुन उठ्न थालेको छ । तर तत्काल त्यो सम्भावना भने छैन । भारतले पछिल्लो समय जुन टिम निर्माण र प्रदर्शन गरेको छ त्यसले उपाधि जित्न नसक्नुमा भने गम्भीर भएर सोच्न र विश्लेषण गर्न आवश्यक देखिन्छ ।

धोनीले आइसीसीका तीनै मुख्य उपाधि जितेपछि कप्तानी विराटलाई सुम्पेका थिए । कोहली असफल हुनुमा उनको कप्तानीमा तीन ठूला कमजोरी देखिन्छ । उक्त कमजोरी बारे जानकारी :

३. ब्याकअप प्लानको कमी

कुनैपनि टोली सफल हुन ब्याकअप प्लान (योजना वा रणनीति) चाहिँन्छ । कहिँले काहिँ पहिलो योजना असफल हुन्छ । जुन अवस्थामा दोस्रो रणनीति नभए ठूलो समस्यामा पर्नु पर्ने हुन्छ । भारतले २०१९ को विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डसँग हार्नुको मुख्य कारण ब्याकअप प्लानको कमीनै थियो । रोहित शर्मा, लोकेश राहुल, कोहली, ऋषभ पन्त, दिनेश कार्तिक, हार्दिक पान्ड्या, महेन्द्रसिंह धोनी जस्ता ब्याट्सम्यान टोलीमा भएपनि २ सय ४० रनको लक्ष्य पूरा गर्न सकेन शीर्षक्रमका विराट, रोहित र लोकेश एक एक रनमा आउट भए । कार्तिक आउट हुँदा २४–४ को कमजोर अवस्थामा पुग्यो । यो अवस्थामा भारतले आफ्नो रणनीतिलाई परिवर्तन गर्दै धोनीलाई माथि ब्याटिङ गराउन सक्नु पर्दथ्यो ।

धोनीसँग अनुभव थियो । दबाबमा धोनीले सम्हाल्न सक्थे । धोनीले एक तर्फबाट सम्झाउदा अर्को इनिङको ब्याट्सम्यानलाई खेल्न सहज पनि हुन्थ्यो । तर हार्दिक पान्ड्या र पन्तलाई योजना अनुसारनै भारतले अगाडि खेलायो । धेरै समय टिक्न सकेनन् । पछि धोनी र जडेजाले खेललाई नजिक पुर्याएका थिए ।

धोनीको साथमा खेल्दा जडेजाले सहज महसुस गर्दै आक्रामक ब्याटिङका साथ जितको सम्भावना देखाएका थिए । धोनीलाई अघि पठाएर पन्त र हार्दिकलाई फिनिसरको रुपमा खेलाएको भए सायद नतिजा अर्कै आउन सक्थ्यो । धोनीले दबाबमा टोलीलाई सम्हाल्दै फिनिसरको राम्रो आधार तय गर्न सक्थें । तर कोहलीसँग शीर्षक्रम नचले तल्लोक्रममा के गर्ने भन्ने कुनै ब्याकअप प्लान थिएन ।

कोहली आइपिएलमा उपाधि विहिन छन् । एवि डिभिलियर्स र कोहलीमा बेंगलोर बढी निर्भर छ । यी दुई खेलाडी असफल हुँदा बेंगलोरलाई सम्हाल्न सक्ने अर्को स्टार ब्याट्सम्यान छैन । २०२० को एलिमिनेटरमा बेंगलोर हैदराबादसँग ६ विकेटले पराजित हुँदै बाहिरियो । कोहली ६ र देवदत्त पाडिक्कल एक रनमा आउट भए । फिन्च ३२ रनमा आउट हुँदा डिभिलियर्स ४३ बलमा ५६ रनमा आउट भएका थिए ।

तल्लोक्रममा मोईन अली, शिवम दुबे र वासिन्टन सुन्दरलाई खेलाएको थियो । यी तीन अलराउन्डर मध्य एक प्रमुख ब्याट्सम्यानलाई खेलाएको भए सायद नतिजा अर्कै आउन सक्थ्यो । तर आफू र डिभिलियर्स असफल भएमा अर्को विकल्प के भन्ने रणनीति कोहली सामू थिएन । टेस्ट च्याम्पियनसिप फाइनलमा प्रमुख बलर नचले चौथो विकल्प के भन्ने कोहलीले सोचेनन् । जुन समस्या दोस्रो इनिङमा भोग्नु पर्यो । कोहलीले हार्दिक पान्ड्या विकल्प सोच्न र तयार पार्नतर्फ लागेनन् । त्यसैले कोहलीको कप्तानीमा ब्याकअप प्लानको कमी देखिन्छ ।

२. दबाबमा सम्हालिन नसक्नु

कोहलीको खेल्ने शैलीसँगै कप्तानी पनि त्यतिनै आक्रामक गर्न रुचाउँछन् । कोहली महान् ब्याट्सम्यानमा पर्दछन् । तर दबाबमा भने कोहलीको प्रदर्शन सामान्य हुन्छ । २०१७ को च्याम्पियन्स ट्रफीको फाइनल भारत पाकिस्तानसँग १ सय ८० रनको फराकिलो अन्तरले पराजित भएको थियो । फाइनलमा भारतीय बलर चलेनन् ।

पाकिस्तानले प्रस्तुत गरेको ३ सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा भारत १ सय ५८ रनमै अल आउट भएको थियो । रोहित शून्य, धवन २१, कोहली पाँच, धोनी चार र युभराज २२ रनमा आउट भएका थिए । २०१९ सेमिफाइनलमा प्रमुख ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन ।

टेस्ट च्याम्पियनसिप फाइनलको दोस्रो इनिङमा कोहली १३, पुजारा १५, गिल आठ र रोहित ३० रनमा आउट भए । प्रमुख प्रतियोगितामा मात्र होईन सिरिजको खेलमा खराब सुरुवात हुँदा कोहलीलाई समालिन कठिन पर्छ । गत डिसेम्बरमा अष्ट्रेलियाविरुद्ध पहिलो टेस्टको दोस्रो इनिङमा ३६ रनमा अल आउट हुन पुग्यो । खराब सुरुवात हुँदा कोहली चार रनमै आउट भए ।

भनिन्छ ठूला प्रतियोगिता ठूला खेलाडीको लागिनै हो । तर कोहली र भारतीय खेलाडीमा त्यो देखिदैन । त्यो २०१९ को एकदिवसिय विश्वकप होस् वा २०२१ को टेस्ट च्याम्पियनसिप फाइनल । २०११ को विश्वकप फाइनलमा श्रीलंकालाई हराउन धोनीले ९१ रनको अविजित उत्कृष्ट इनिङ खेलेका थिए । २०१५ को विश्वकप अष्ट्रेलियालाई जिताउन कप्तान माईकल क्लार्कले ७४ रन जोडेका थिए । २०१९ को सेमिफाइनल ६७ रन र २०२१ को टेस्ट फाइनलमा भारतलाई हराउन विलियम्सनले पहिलो इनिङमा ४९ र ५२ रनको सर्वोत्कृष्ट इनिङ खेले । कोहलीले दबाबमा समालिन सक्ने क्षमता विकास गर्न आवश्यक देखिन्छ ।

१. खेलाडीमाथि विश्वास र धैर्यता कमी

कोहलीको मुख्य कमजोरी खेलाडीमाथि विश्वास र धैर्यता देखाउन नसक्नु हो । टेस्ट फाइनलमा कोहलीले आफ्नो प्रमुख ६ ब्याट्सम्यानमाथि विश्वास गर्न नसक्दा जडेजालाई अलराउन्डरको रुपमा खेलाएका थिए । यता विलियम्सनले आफ्ना प्रमुख ६ ब्याट्सम्यानलाई विश्वास गर्दै पाँच बलर खेलाए । स्पिनरनै खेलाएका थिएनन् । विलियम्सनलाई आफ्ना तीव्र गतिका बलरमाथि पूर्णरुपमा विश्वास थियो र खेलाडीले त्यो विश्वास गुम्न पनि दिएनन् ।

कोहलीले खेलाडीमाथि विश्वास गर्न र गुमाउन समय लगाउदैनन् । भारतले फाइनलमा सुभमन गिललाई खेलायो । गिलले गत डिसेम्बरमा अष्ट्रेलियाविरुद्ध डेब्यू गर्दै राम्रो प्रभाव छाडेका थिए । गिललाई भारतले मयंक अग्रवालको स्थानमा फाइनलमा खेलायो । अग्रवाल २०१८ पछि भारतको पहिलो रोजाईमा खेल्दै सर्वोत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । अग्रवालले १४ टेस्टमा दुई दोहोरो शतक, तीन शतक र चार अर्धशतक प्रहार गरेका छन् । अनुभव अग्रवालले फाइनलको दबाबमा सम्हालिदै प्रदर्शन गर्न सक्थें । तर कोहलीको विश्वास गिल परे । गिल पहिलो इनिङमा २८ र दोस्रोमा ८ रनमा आउट भए ।

२०१९ को विश्वकपको लागि भारतलाई चौथो नम्बर सर्वाधिक चिन्ताको विषय बनेको थियो । अम्बाती रायूडूलाई तयार पारेको थियो । तर दुईवटा खेलमा राम्रो प्रदर्शन गरेका विजय शंकरलाई सबैलाई आश्चर्य पार्दै विश्वकप टोलीमा समेटे । त्यसैको कारण रायूडुले सन्न्यास लिए । चौथो नम्बरमा विजय भन्दा मनिष पाण्डे धेरै प्रभावकारी र उपयोगी खेलाडी थिए ।

ऋषभ पन्तले खराब प्रदर्शन गरेको भन्दै कोहलीले गत वर्ष न्युजिल्यान्ड भ्रमण सहित खेल खेलमा टोली बाहिरनै राखेका थिए । कोहलीको कप्तानीमा युवा र सिनियर दुबै खेलाडीले टोलीमा सुरक्षित महसुस गर्न सक्दैनन् । जसको असर ठूलो प्रतियोगितामा देखिन्छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.