4 years ago
July 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले चौथो संस्करणको एभरेष्ट प्रिमिय लिग (इपिएल) काठमाडौं किंग्स–११ बाटै खेल्ने भएका छन् । काठमाडौंले सन्दीपसँग औपचारिक सम्झौता गरेको छ । सन्दीप र काठमाडौंबीच यसै हप्ता औपचारिक हस्ताक्षर भएको थियो ।

काठमाडौंले बुधबार अनुबन्धन सार्वजनिक गरेको छ । सम्झौता पत्रमा सन्दीप र काठमाडौंका मालिक रोहित गुप्ताले हस्ताक्षर गरेका थिए । इपिएलले गतवर्ष माघमा ट्रेड प्रावधान अनुसार सन्दीप ललितपुर प्याट्रीयट्सबाट काठमाडौं लिएको थियो । तर औपचारिक सम्झौता भने हुन सकेको थिएन । ‘गतवर्ष अफिसल साइनिङ सेरोमोनि (आधिकारीक हस्ताक्षर) गर्न पाइएन । कोरोना कारण र खेलाडी पनि उपलब्ध थिएनन् । अहिले औपचारिक सम्झौता गरेका छौं । सम्झौता एक वर्षको लागि हो’, काठमाडौंका सिईओ राज थापाले हाम्रो खेलकुदसँग भने ।
सन्दीपले २०१८ मा ललितपुरबाट सुरुवाती २ खेल खेलेका थिए । बिग ब्यास लिगका कारण दुई खेलपछि अष्ट्रेलिया लागेका थिए । त्यसपछि सन्दीपले नेपाली फ्रेन्चाइज लिग खेलेका छैनन् । घरेलु भने फागुनमा भएको काठमाडौं मेयर कपमा सन्दीपले काठमाडौं मेयर ११ को कप्तानी गरेका थिए । सन्दीप बिहिबार दुई सातापछि इंग्ल्यान्डमा हुने द हन्ड्रेन्ड (एक सय बल) को खेल खेल्न विहिबार राती त्यसतर्फ जाँदै छन् ।

काठमाडौंले मुख्य प्रशिक्षकको लागि खुल्ला आवेदन पनि माग गरिसकेको छ । यसअघि २०१८ को संस्करणमा काठमाडौंको मुख्य प्रशिक्षकमा विनोद दास थिए । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका विनोद गत पुषमा नेपाल क्रिकेट संघ (क्यान) को म्यानेजर पदमा नियुक्त भएपछि मुख्य प्रशिक्षक पद खाली छ ।
फ्रेन्चाइज टोलीको विकास, अभ्यास योजना, टोली नेतृत्वको उत्कृष्ट क्षमता र प्रशिक्षकको उदेश्य टिमको उत्कृष्ट प्रर्दशन र नतिजा ल्याउन सक्ने गुण भएको क्षमता प्रशिक्षकमा हुनुपर्ने छ । कम्तिमा आइसिसी वा एसिसीको लेभल–२ पास गरेको वा त्यो भन्दा क्षमता भएको हुनुपर्ने छ । कम्तिमा दुई वर्ष फ्रेन्चाइज टिम वा अन्तर्राष्ट्रिय लिगको अनुभव हुनुपर्ने छ ।
त्यस्तै नेपाली क्रिकेटको बारे राम्रो जानकार भएको, दबाबमा काम गर्न सक्ने, खेलाडी, टिम ब्यवस्थापनसँग राम्रो सम्बन्ध राख्न सक्ने, प्रथम श्रेणी वा अन्तर्राष्ट्रिय खेलको अनुभव भएको र ५० वर्ष भन्दा कमका नेपाली उपयुक्त हुने जनाएको छ । आगमी २० जुलाई सम्म आवेदन दिन सक्ने सक्छन् । काठमाडौंले केहि समय अघि फिजियोमा सागर पाण्डेलाई नियुक्त गरेको थियो ।

काठमाडौं किंग्स–११ मा गतवर्ष कोरोना महामारी अघि काठमाडौंले विदेशी खेलाडीको रुपमा न्युजिल्यान्डका स्टार अलराउन्डर कोरी एन्डरसन र आयरल्यान्डका केभीन ओ ब्रायनलाई टोलीमा अनुबन्ध गरेको थियो । तर कोरोनाको कारण इपिएल स्थगित हुन पुगेको थियो । केभिन यस सिजन पनि खेल्ने उच्च सम्भावना छ । कोरीले न्युजिल्यान्डको टोली छाडिसकेका छन् । उनी अमेरिकाबाट क्रिकेट खेल्ने तयारी गरिरहेका छन् ।
काठमाडौंमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत लगायतका खेलाडी छन् । चौथो संस्करणको इपिएल आगमी असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने कार्यक्रम छ । कोरोना महामारीको कारण स्थगित हुँदै आएको इपिएल यस पटक भने समयमै गर्ने तयारी गरि रहेको बुझिएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]