default_image

4 years ago

July 20, 2021

भारत एकै समयमा दुई खेल खेल्दै

167 views

0 Bookmark

एजेन्सी – विश्व क्रिकेटको पावरहाउस भारतले आज (मंगलबार) एकै समयमा दुई खेल खेल्दै छ । भारतको पहिलो रोजाईको टोलीले इंग्ल्यान्डको चेस्टर ले स्ट्रीटमा काउन्टी सेलेक्ट इलेभेनसँग थ्री डे अभ्यास खेल खेल्दै छ । विराट कोहलीको कप्तानी भारतीय पहिलो रोजाईको टोली इंग्ल्यान्डमा छ ।

शिखर धवनको कप्तानीमा रहेको टोलीले श्रीलंकाविरुद्ध आज दोस्रो ओडिआई खेल खेल्ने छ । श्रीलंका र भारतबीचको खेल दिउँसो नेपाली समय अनुसार ३:१५ मा आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा सुरु हुनेछ । भारत र काउन्टी सेलेक्ट इलेभेनबीचको खेल दिउँसो ३:४५ मा सुरु हुनेछ ।

एकै समय दुई टोली तयार पार्दै विदेश भ्रमणमा पठाएको भारतको क्रिकेटको बेन्च स्ट्रेन्थ, प्रतिभा, क्षमता र उसको विश्व क्रिकेटमा प्रभाव प्रष्ट देख्न सकिन्छ । इंग्ल्यान्डमा रवि शास्त्री र श्रीलंका राहुल द्रविड भारतीय मुख्य प्रशिक्षकको रुपमा छन् ।

भारत र काउन्टी सेलेक्टबीचको खेल तीन दिनको अभ्यास हुने छ । इंग्ल्यान्डसँग पाँच टेस्ट सिरिज खेल्नुअघि भारतले अभ्यास खेल खेल्न लागेको हो । बिसिसिआईको विशेष अनुरोधमा इंग्ल्यान्ड क्रिकेट बोर्डले अभ्यासको व्यवस्था गरेको हो ।

गत जुन १८ देखि २२ सम्म इंग्ल्यान्डमा भएको विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा न्युजिल्यान्डसँग भारत ८ विकेटले पराजित भएको थियो । टेस्ट अभ्यास विनानै फाइनल खेलेको हुँदा केहि कमजोर प्रदर्शन गरेको थियो । उक्त कारणसँगै इंग्ल्यान्डविरुद्ध टेस्ट सुरु हुन लामो विश्राम भएपछि बिसिसिआईले अभ्यासको ब्यवस्था मिलाएको हो ।

काउन्टीको कप्तानी विल रोड्सले गर्ने छन् । भारतको विकेटकिपरको भूमिका लोकेश राहुलले निभाउने छन् । यसअघि गत जुलाई ८ मा कोरोना पोजेटिभ देखिएका ऋषभ पन्त पनि टोलीमा सामेल भइसकेका छन् । अर्का विकेटकिपर ऋद्धिमान शाह भने लन्डनमा क्वारेनटाईमा रहेका छन् । १७ वर्षिय जेम्स रेले काउन्टीको विकेटकिपरको भूमिका निर्वाह गर्ने छन् । भारत र इंग्ल्यान्डबीच विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत पाँच टेस्ट सिरिजको पहिलो खेल अगष्ट ४ देखि सुरु हुने छ ।

यता श्रीलंका भ्रमणमा रहेको भारत लगातार दोस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ । पहिलो खेलमा भारतले ७ विकेटको सहज जित हात पारेको थियो । उक्त खेलमा भारतका ओपनर पृथ्वी शा २४ बलमा ९ चौका सहित ४३ रन जोड्दै म्यान अफ द म्याच चुनिएका थिए । पछिल्लो समय शा उच्च लयमा छन् । कप्तान शिखर धवनले ८६, ईशान किशन ५९ र सूर्य कुमार यादवले ३१ रन जोड्दै सहज जित दिलाएका थिए ।

स्पिनर कुलदीप यादव र युजभेन्द्र चहलले दुई-दुई विकेट लिएका थिए । पहिलो खेलको प्रदर्शनबाट भारतीय टोलीमा परिवर्तनको सम्भावना कम छ । तर भारतले अन्य खेलाडीलाई मौका दिन केहि खेलाडीलाई विश्राम दिन सक्छ । तर प्रदर्शनको आधारमा बेन्चमा राख्ने सम्भावना भने कम छ । मनिष पाण्डेको स्थानमा सन्जु स्यामसन एक विकल्प हुन सक्छन् ।

यता श्रीलंका टोलीलाई ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्न आवश्यक छ । अविष्का फ्रेनान्डो, धनन्जय डि सिल्भा, भानुका राजपक्षे र मिनोद भानुका प्रमुख ब्याट्सम्यान हुन् । यी ब्याट्सम्यानलाई ठूलो इनिङ खेल्न आवश्यक पर्छ । तीव्र गतिका बलर ईसुरु उडानको स्थानमा स्पिनर अकिला धनन्जयलाई मौका दिन सक्छ । लक्कान सन्दकनको स्थानमा कसुन रजिथालाई मौका दिन सक्छ । अनुभवी र चर्चित खेलाडी टोलीमा नहुँदा श्रीलंका समस्यामा पर्दै आएको छ ।

भारतको श्रीलंका भ्रमणमा रहेको टोली : शिखर धवन (कप्तान), पृथ्वी शा, देवदत्त पाडिक्कल, ऋतुराज गायकवाड, सूर्यकुमार यादव, मनिष पाण्डे, हार्दिक पान्ड्या, नितिश राना, ईशान किशन (विकेटकिपर), सञ्जु स्यामसन (विकेटकिपर), युजभेन्द्र चहल, राहुल चाहर, कृष्णप्पा गोवथम, क्रुनाल पान्ड्या, कुलदीप यादव, वरुण चक्रवर्ति, भुवनेश्वर कुमार (उपकप्तान), दीपक चाहर, नवदीप सैनी, चेतन सकारिया

भारतको इंग्ल्यान्ड भ्रमणमा रहेको टोली : रोहित शर्मा, सुभमन गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिक्या रहाने (उपकप्तान), हनुमा विहारी, ऋषभ पन्त (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, वासिन्टन सुन्दर, जस्प्रित बुमराह, ईशान्त शर्मा, मोहम्मद शिराज, मोहम्मद शामी, शार्दूल ठाकुर, उमेश यादव, लोकेश राहुल र ऋद्धिमान शाह

काउन्टी सेलेक्ट इलेभेन टिम : ज्याक च्यापल, रोबर्ट याट्स, हसिब हमिद, रेहन अहमद, जेम्स रे, विल रोड्स (कप्तान), ज्याक लिब्ले, लिन्डन जेम्स, क्रेग माईल, लियाम प्यार्टिसन ह्वाइट, एथान बम्बर र ज्याक क्रसन

श्रीलंका टोली : दासुन शनाका (कप्तान), धनन्जय डि सिल्भा, अविष्का फ्रेनान्डो, भानुका राजपक्षे, पाथुम निसंका, चरिथ असलंका, वानिन्दु हसरंगा, एशेन बान्डारा, मिनोद भानुका, लाहिरु उडारा, रमेश मेन्डिस, चमिका करुणारत्ने, बिनुरा फ्रेनान्डो (टि२० सिरिजमा मात्र) , दुश्मन्था चामिरा, लक्शान सन्दाकन, अकिला धनन्जय, शिरन फ्रेनान्डो, धनन्जय लक्शान, ईशान जयरात्ने, प्रविन जयव्रिकमे, असिथा फ्रेनान्डो, कसुन रजिथा, लाहिरु कुमारा र ईसुरु उडाना

श्रीलंका क्रिकेटको दुर्गति : चार वर्षमा १० कप्तान परिवर्तन

श्रीलंकामा स्पिन जोडीको जादू फर्कने भारतको आशा

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.