default_image

4 years ago

July 21, 2021

बलियो नेपालबारे क्यानलाई इपिएलका अख्तरको प्रश्न

409 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) का संस्थापक आमिर अख्तरले गैर नाफामुलक अभियान बलियो नेपाल अभियानको कार्यक्रममा सदस्य सँगै कप्तान र खेलाडी आबद्ध भएपछि क्रिकेट संघ नेपाल (क्यान) ले यसबारे अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

अख्तरले क्यानका केन्द्रिय सदस्य छुम्बी लामासँगै नेपाली क्रिकेट टोलीका कप्तान एवं वर्तमान खेलाडीले एकै क्षेत्रमा सँगै उपस्थित हुन नहुने तर्क राख्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्द, महसचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशन बहादुर सिंह, क्रिकेट निर्देशक विनोद दास र प्रबन्ध निर्देशक रौनक मल्ललाई बुधबार इमेल लेखेका छन् । उनले क्यानका सदस्य र खेलाडी एकसाथ अघि बढ्नुले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ को अवस्था आएर आगामी दिनमा भ्रष्टाचारको सम्भावना बढाउने बताउँदै क्यानलाई छानबिनको लागि आग्रह गरेका छन् ।

अख्तरले क्यानले आफूलाई जवाफ दिन नसके ४८ घण्टा भित्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि यसबारे जानकारी दिने जनाएका छन् । उनले क्यानका केन्द्रिय सदस्य र कप्तान लगायतले प्रत्यक्ष रुपमा एकसाथ व्यापार गरिरहेको आरोप समेत लगाएका छन् । उनले निर्वाचनबाट आएका क्यानका अध्यक्ष र सचिवलाई क्रिकेटलाई भ्रष्टाचारमुक्त बनाउने जिम्मेवारी रहेको भन्दै आफूलाई जवाफ दिन भनेका छन् ।

‘बोर्ड सदस्य भएपछि कुनै खेलाडीसँग व्यापार गर्न मिल्छ ? मैले क्यानसँग आधिकारीक रुपमा प्रश्न गरेको छु । यदि क्यानले जवाफ दिन सक्दैन भने मैले भोलीको दिनमा यहि मेललाई आइसिसी र अख्तियारलाई फरवार्ड गर्छु’, अख्तरले हाम्रो खेलकुदसँग भने ।

‘फाउन्डेसन भन्नुस वा व्यापारिक संस्था भन्नुहोस् । खेलको संस्थामा कुनैपनि मिल्दैन । भोली फाउन्डेसनमा पैसा आउँछ । त्यो पैसा के गर्ने ? खेलाडी पनि छ, क्यानको बोर्ड सदस्य पनि छ’, अख्तरले भने ।

अख्तरले इमेलमा बलियो नेपालले मंगलबार आयोजना गरेको छलफल कार्यक्रमको तस्बिर राख्दै त्यसमा कप्तानद्वय ज्ञानेन्द्र मल्ल र रुविना क्षेत्रीसँगै पूर्वकप्तान पारस खड्काको उपस्थिति रहेकोमा आपत्ति जनाएका हुन् । उक्त कार्यक्रम ‘के नेपाल सन् २०३९ सम्ममा क्रिकेट विश्वविजेता बन्न सक्छ?’ भन्ने विषयमा छलफल आयोजना गरिएको थियो । कार्यक्रममा क्यान सदस्य लामा र पूर्व क्रिकेटर तथा प्रशिक्षक शक्ति गौचनको पनि सहभागिता रहेको जनाइएको थियो ।

क्यानका सदस्य लामाले भने बलियो नेपाल संस्थाले नेपाली क्रिकेटको विकासका लागि चालेको कदमबारे यस किसिमको प्रश्न उठ्दा आश्चर्य लागेको बताए । ‘बलियो नेपालले सकारात्मक संदेश दिने हिसाबले छलफल कार्यक्रम आयोजना गरेको थियो । त्यहाँ नेपाली क्रिकेटसँग सम्बन्धित व्यक्तिहरुले आफ्नो भनाइ राख्नु ठूलो विषय पक्कै होइन,’ उनले भने, ‘यस्तो संस्थाले क्रिकेटप्रति रुची देखाउनुलाई सकारात्मक रूपमा लिनुपर्ने हो ।’

बलियो नेपाल एक गैर नाफामुलक कार्यक्रम हो । बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको सहयोगमा नागरिक समाजका स्वतन्त्र बोर्डबाट संचालन हुँदै आएको संस्था हो । यस संस्थाले नेपालमा कुपोषणविरुद्ध विभिन्न कार्यक्रम गर्दै आएको छ । यसै पहलमा केहि महिनाअघि मात्र बलियो नेपाल कपको अवधारणा सार्वजनिक गरिएको थियो ।

बलियो नेपालले युवा प्रतिभा विकास कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशमा प्रतियोगिता पनि आयोजना गरेको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लाको सहभागिता रहेको प्रतियोगिता रुपन्देही ११ ले जितेको थियो । सहभागी टोलिलाई ४ समुहमा विभाजन गर्दै १५ खेल भएको थियो । उक्त प्रतियोगितामा १० कक्षा मुनिका यु-१६ खेलाडीले खेलेका थिए । उक्त प्रतियोगिताको व्यवस्थापन पोखरा प्रिमियर लिगको आयोजक क्विन्स इभेन्ट एन्ड म्यानेजमेन्टले सम्हालेको थियो ।

विश्व खेलकुदमा कुनैपनि खेलाडी यस किसिमको संस्थाको लागि सद्भावना दुतका रुपमा कार्यक्रममा सहभागी हुँदै आएका छन् । अझ कतिपय खेलाडीले आफ्नै फाउन्डेसन खोलेर पनि विभिन्न कार्यक्रम गर्दै आएको अभ्यास छ । अघिल्लो महिना मात्र नेपाली स्पिनर सन्दीप लामिछानेले आफ्नो ‘टिम सन्दिप लामिछाने’ अभियानमार्फत सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा बाढी पिडितलाई राहत वितरण तथा निशुल्क स्वास्थ्य क्याम्प संचालन गरेका थिए । विश्व खेलकुदमा खेलाडीले सामाजिक कार्यमा संलग्न हुन विभिन्न फाउन्डेसनको साथ दिँदै आएका छन् ।

पछिल्लो अपडेट :

अख्तरको आरोपमा ज्ञानेन्द्र, पारस र लामाको आपत्ती

‘अख्तरको आरोपबारे आवश्यक देखिए छलफल हुन्छ’ – क्यान

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.