default_image

4 years ago

August 2, 2021

वसन्तको कसिलो बलिङ

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी स्पिनर वसन्त रेग्मीले अमेरिका जारी माइनर लिग क्रिकेट टि२० प्रतियोगितामा कसिलो बलिङ गरेका छन् ।

हलिवुड मास्टर ब्लास्टरबाट अमेरिका राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता खेलेका वसन्तले कसिलो बलिङ गरेपनि टोलीलाई जिताउन भने सकेनन् । त्यस्तै नेपाली क्रिकेटका मध्यक्रमका ब्याट्सम्यान पृथु बाँस्कोटा प्रदर्शन भने सामान्य रह्यो । हलिवुड सन डिएगो सर्फ राइडर्ससँग ५ विकेटले पराजित भएको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको हलिवुडले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय रन बनाएको थियो । पूर्व नेपाली क्रिकेटर कनिष्क चौगाईं १० बलमा ५ रन बनाउँदै मुर्नाल पटेलको बलमा बोल्ड आउट भएका थिए । पृथु १६ बलमा १ चौका सहित ९ रनमा स्टम्पिङ आउट हुन पुगे । हलिवुडका कोडि क्षेत्रीले ४३ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ३९ रनको योगदान दिए । करण विराडियाले ३४ बलमा ३ चौका सहित २९ रनको योगदान दिए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सन डिएगोका तिमिल पटेलले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । सिद्धार्थ मटानी, मुर्नाल पटेल र मार्टी कैनले एक एक विकेट लिए ।
जितको लागि १ सय १ रनको विजयी लक्ष्य पछ्याएको सन डिएगोले १८.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । सन डिएगोका ब्रायन्ले रिचर्ड्सले २६ बलमा ४ छक्का सहित ३१ रनमा अविजित रहँदै टोलीको जित पक्का गरे । जुबैर मर्द १३, मुर्नाल १९ र श्री कृष्ण एले २० रनको योगदान दिए ।

हलिवुडका वसन्त रेग्मीले ४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १ विकेट लिएपनि टोलीका जिताउन सकेनन् । श्री कृष्णलाई कनिष्कबाट क्याच आउट गराएका थिए । करण विराडियाले सर्वाधिक २ विकेट लिए । निसरग पटेल र अनिश देशपान्डेले एक एक विकेट लिए । हलिवुडले आफ्नो दोस्रो खेलमा शनिवार सिलिकन भ्याली स्ट्राइकर्ससँग खेल्ने छ ।

गत चैतमा वसन्त र मध्यक्रमका ब्याट्सम्यान पृथु बाँस्कोटा टु एक्स क्रिकेट युएसए कप प्रतियोगित खेल्न अमेरिका गएका थिए । उक्त प्रतियोगितापछि अघिल्लो साता पृथुको कप्तानीमा वसन्तले एलए ओपन च्याम्पियनसिप प्रतियोगिता नेपाली राइनोज अल स्टार्सबाट खेलेका थिए । अल स्टार्स क्वाटरफाइनलबाट बाहिरिएको थियो । माइनर लिगमा अमेरिका २१ सहरका २७ टोलीले प्रतिस्पर्धा गर्ने छन् । कुल २ सय खेल हुने छन् । जसबाट एक राष्ट्रिय टि२० च्याम्पियन बन्ने छ ।

यो पनि : ‘म राष्ट्रिय टोलीबाट बाहिर छैन’ – वसन्त

वसन्त र पृथु अमेरिकामा सम्मानित

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.