4 years ago
August 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको निर्णय नेपाल क्रिकेट संघ (क्यान) ले आश्चर्यजनक रहेको बताएको छ । क्यानले नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी पारसले आफूसँग कुनैपनि सल्लाह विना एक्कासी सन्न्यास लिनु आश्चर्यजनक र दुःखद रहेको जनाएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यो समयमा पारसले सन्न्यास लिन नहुने बताउँछन् । ‘मलाई साढे सात बजे खेल जीवनबाट सन्न्यास लिए भन्ने पारसले मेलमार्फत जानकारी दिएका थिए । अरु सरसल्लाह केहि पनि भएको छैन’, चन्दले हाम्रो खेलकुदसँग कुरा गर्दै भने ।
‘यस्तो बेलामा सन्न्यास नलिन पर्ने हो । मैले पहिला पनि भनेको थिए । हामी निर्वाचन जितेर आएपछि आइसिसीले सशर्त फुकुवा गरेको अर्को दिननै पारसले कप्तानी छाडेका थिए । त्यो पनि ठिक थिएन’, चन्दले पारसको सन्न्यासबारे भने ।
त्यसैमा उनले थपे, ‘आजदेखि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । केहि दिनदेखि टिम म्यानेजमेन्ट (व्यवस्थापन) र प्रशिक्षक डेभ ह्वाटमोरले पटक पटक बोलाउन खोज्दा पनि पारस सम्पर्कमा नआएको भन्ने कुरा मलाई थाहा थियो । कुनै व्यक्तिगत कारणले होला भन्ने मलाई लागेको थियो । तर आज एक्कासी सन्न्यासको घोषणा देखें ।’

‘अनौपचारिक रुपमा क्याम्प त केहि दिन अगाडिनै सुरु भइसकेको छ । सम्पर्कमा नआएपछि के कारण रहेछ भन्ने मनमा कौतुहलता थियो । तर सन्न्यास लिए । यसमा म खुसी छैन । नलिन पर्ने हो । यति ठूलो योगदान दिएको खेलाडीले सन्न्यास लिनुअघि बोर्डसँग एकपटक छलफल गर्नुपर्ने थियो,’ चन्दले भने, ‘क्यान नेपाली क्रिकेटको परिवार हो । केहि चित्त नबुझेको साना तिना कुरा हुन सक्छन् । त्यसमा छलफल गर्न सकिन्छ । हामी यस विषयमा त्यहिँ पनि एक पटक छलफल र सरसल्लाह गर्छौ । मलाई पारसको सन्न्यास आश्चर्य र दुःख लागेको छ ।’
चन्दले क्यानको एकमात्र लक्ष्य क्रिकेट विकासमा अघि बढ्ने रहेको पनि प्रष्ट पारे । ‘हामी एक वर्षमा १५ घरेलु प्रतियोगिता गर्ने योजना र तयारीमा लागेका छौं । विश्वकप खेल्ने लक्ष्य राखेर नै राम्रो प्रशिक्षक ल्याएका छौं । क्रिकेट विकास गर्ने हाम्रो पनि सोच, योजना र ईच्छाशक्ति छ । कोभिडको समयमा पनि राष्ट्रिय प्रतियोगिता गर्यौं । हामी सबैको सोच क्रिकेट विकास नै हो’, चन्दले भने ।
यो पनि:
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]