default_image

4 years ago

August 8, 2021

पारसको जर्सी नं ७७ नेपाली क्रिकेटमा प्रयोग नगरिने

163 views

0 Bookmark

काठमडौं (हम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा सर्वाधिक सफल खेलाडी पारस खड्काको जर्सी नम्बर ७७ प्रयोग नगरिने भएको छ । पारसले गत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले ७७ नम्बर जर्सी प्रयोग नगर्ने जनाएको छ ।

क्यानको कार्यान्वयन समितिले आइतबार पारसले नेपाली क्रिकेटमा दिएको योगदानको कदर गर्दै ७७ नम्बरको जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको हो । उक्त समितिमा क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव अशोकनाथ प्याकुरेल, कोषाअध्यक्ष रोशन कुमार सिंह, उपाध्यक्ष राजा बाबु श्रेष्ण र सदस्य अमिर बिर पाण्डे रहेका छन् । पारसको सन्न्यास पछि जर्सी नम्बर ७७ खाली बनेको थियो । तर क्यानले आगमी दिनमा पनि प्रयोगमा नल्याउने निर्णय गरेको हो ।

घरेलु क्रिकेट र उमेर समूहमा नेपाली क्रिकेटका युवा अलराउन्डर पवन सरार्फले ७७ रनको जर्सी लगाएका थिए । पारसको सन्न्यासपछि पवन लगायत अन्य युवा खेलाडीलाई सिनियर टोलीमा जर्सी नम्बर ७७ को लगि बाटो खुलेको थियो । तर क्यानले ७७ नम्बर जर्सी आगमी दिनमा नेपाली क्रिकेटमा प्रयोगमा नल्याउने जनाएको छ ।

सन् २००४ मा मलेसियाविरुद्ध डेब्यू गर्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई अघि बढाएका पारसले नेपालबाट अन्तिम खेल २०२० मार्च ४ मा थाईल्यान्डविरुद्ध खेलेका थिए । पारसले नेपालका लागि १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४६ लिष्ट ए र ५६ टि२० खेलेका छन् । सन् २००९ देखि २०१९ सम्म नेपाली क्रिकेट टोलीको कप्तानी समालेका थिए । पारसको कप्तानीमा नेपालले पहिलो पटक २०१० मा घरेलु मैदानमा आइसिसी डिभिजन फाइभ देखि ओडिआई मान्यता पाएको थियो । २०१४ मा पहिलो पटक टि२० विश्वकप खेलेको थियो ।

पारस युगको अन्त्य

पारसले सन्न्यास लिनुका पाँच कारण

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.