default_image

4 years ago

August 17, 2021

सन्दीपले सिपिएल गुमाउने

154 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को साता देखि वेस्टइन्डिजमा सुरु हुने क्यारेवियन प्रिमियर लिग(सिपिएल) गुमाउने भएका छन् । सन्दीप सिपिएल २०२१ मा ट्रीनबेगो नाइट राइडर्समा अनुबन्ध भएका थिए ।

सिपिएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल भएपछि सन्दीपले गुमाउने पक्का भएको हो । सिपिएल अगष्ट २६ देखि सेप्टेम्बर १५ सम्म चल्ने छ । नेपाली टोली अगष्ट अन्तिममानै ओमान भ्रमणमा निस्कँदैछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकाकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्दैछ ।

त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग सेप्टेम्बर पाँच र आठमा दुई ओडिआई सिरिज खेल्नेछ । त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म चल्ने छ । जसको कारण सन्दीपले सिपिएल गुमाउने निश्चित भएको हो । ट्रीनबेगो र सिपिएलले औपचारिक रुपमा फुकुवा भने गर्न बाँकी छ ।

यस सिजनको लागि सन्दीपलाई जमैका तलावाजले टोलीबाट फुकुवा गरेको थियो। गतवर्ष सन्दीपले जमैकाबाट सिपिएल खेल्दै ११ खेलमा १२ विकेट लिएका थिए । सन्दीपलाई अक्सनमा जमैकाले गतवर्ष ९० हजार अमेरिकी डलर अर्थात एक करोड ८ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो ।

सन्दीपले २०१८ मा सिपिएलमा सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए । पहिलो सिजनमा उनले ५ खेल खेल्दै ७ विकेट हात पारेका थिए । दोस्रो सिजनमा बार्बाडोस ट्राइडेन्ट्समा अनुबन्धित सन्दीपले ६ खेल खेलेका थिए । उनले कुल ८ विकेट लिए । सन्दीप राष्ट्रिय टोलीको खेल जुधेपछि सिजनको बीचमै छोडेर गएपनि ट्राइडेन्ट्सले उपाधि जितेको थियो ।

पहिलो सिजन सेन्ट किट्समा अनुबन्ध हुँदा सन्दीपले ५ हजार अमेरिकी डलर प्राप्त गरेका थिए । उनी त्यसबेला ११ औं चरणमा छनोट भएका थिए । दोस्रो सिजनमा भने बार्बाडोसले उनलाई पाँचौ चरणमा छान्दै ७० हजार अमेरिकी डलर तिरेको थियो । तर सन्दीप पूरा सिजन उपलब्ध नभएका कारण उनले अनुबन्ध रकमको शत प्रतिशत भने प्राप्त गरेनन् ।

सन्दीपका लागि यो वर्ष खराब पनि सावित भएको छ । केहि महिना अघि भिसाको कारण टि२० ब्लास्ट र द हन्ड्रेड गुमाउनु परेको थियो । द हन्ड्रेड खेल्न इंग्ल्यान्ड पुगेर पनि फर्किनु परेको थियो । त्यस्तै आइपिएल २०२१ मा कुनैपनि टोलीले मूल्य पनि लगाएनन् ।

यो पनि पढ्नुहोस् : सन्दीपलाई नफापेको २०२१

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.