4 years ago
September 6, 2021
एजेन्सी – भारतले उत्कृष्ट ब्याटिङका साथ चौथो टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्डलाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । जितको लागि ३ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डल चौथो दिनको समाप्तिमा ३२ ओभरमा कुनै विकेट नगुमाई ७७ रन बनाउँदै राम्रो सुरुवात गरेको छ । पाँचौं तथा अन्तिम दिन इंग्ल्यान्डलाई जितको लागि २ सय ९१ रन आवश्यक पर्ने छ ।

इंग्ल्यान्डका ओपनर हसिब हमिद ८५ बलमा ६ चौका सहित ४३ रनमा अविजित छन् । रोरी बन्र्स १ सय ९ बलमा २ चौका सहित ३१ रनमा अविजित छन् ।
त्यसअघि भारतले दोस्रो इनिङमा उत्कृष्ट ब्याटिङ गर्दै ४ सय ६६ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा ९९ रनले पछि परेको भारतले समग्रमा ३ सय ६७ रनको अग्रता लिएको थियो । भारतका ओपनर रोहित शर्माले २ सय ५६ बलमा १४ चौका र १ छक्का सहित सर्वाधिक १ सय २७ रनको शतकीय इनिङ खेले ।
रोहितको यो करीअरको आठौं टेस्ट शतक हो । भारतलाई ओपनर रोहित शर्मा र लोकेश राहुलले ८३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । राहुल १ सय १ बलमा ६ चौका र १ छक्का सहित ४६ रनमा क्याच आउट भए । दोस्रो विकेटका रोहित र चेतेश्वर पुजाराले १ सय ५३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । पुजारा १ सय २७ बलमा ९ चौका सहित ६१ रनमा क्याच आउट भए । विराट कोहलीले ९६ बलमा ७ चौका सहित ४४, रविन्द्र जडेजा १७ र अजिंक्या रहाणे शून्यमा आउट भए ।

तल्लोक्रममा ऋषभ पन्त र शार्दूल ठाकुरले सातौं विकेटका लागि १ सय रनको साझेदारी गरेपछि भारतले बलियोे योगफल तयार पारेको थियो । ठाकुर ७२ बलमा ७ चौका र १ छक्का सहित ६० रनमा आउट भए । पन्तले १ सय ६ बलमा ४ चौका सहित ५० रन जोडे । उमेश यादव २५ र जस्प्रित बुमराह २४ रनमा आउट भए ।
इंग्ल्यान्डका क्रिस वोक्सले सर्वाधिक ३ विकेट लिए । ओली रोबिन्सन र मोईन अलीले २–२ विकेट लिए । जो रुट, क्रेग ओभरटन र जेम्श एन्डरसनले एक एक विकेट लिए ।
त्यसअघि पहिलो इनिङमा इंग्ल्यान्ड दोस्रो दिन तेस्रो सेसनमा ८४ ओभरमा २ सय ९० रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका ओली पोपले १ सय ५९ बलमा ६ चौका सहित सर्वाधिक ८१ रनको योगदान दिए । एक समय ६२–५ को कमजोर अवस्थामा पुगेको इंग्ल्यान्डलाई छैटौं विकेटका लागि पोप र जोनी बेयरस्टोले ८९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

बेयरस्टोलाई मोहम्मद शिराजले ३७ रनमा एलबीडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । बेयरस्टोले ७७ बलमा ७ चौका प्रहार गरे ।
सातौं विकेटका लागि ओली पोपले मोईन अलीसँग ७१ रनको साझेदारी गरेपछि इंग्ल्यान्डले अग्रता लिएको थियो । मोईन अली ७१ बलमा ७ चौका सहित ३५ रनमा क्याच आउट भए । अलीलाई रविन्द्र जडेजाले रोहित शर्माबाट क्याच आउट गराएका थिए ।
अन्तिम विकेटका रुपमा रन आउट हुनुअघि क्रिस वोक्सले ६० बलमा ११ चौका सहित महत्वपूर्ण ५० रन जोडे । दोस्रो दिन पहिलो एक घण्टा भारतको पक्षमा गएको थियो । सुरुवातमै क्रेग ओभरटन एक रनमा विराट कोहलीबाट क्याच आउट भएका थिए । त्यसपछि डेविड मलानलाई उमेश यादवले रोहित शर्माबाट ३१ क्याच आउट गराउँदै घरेलु टोली इंग्ल्यान्डलाई दबाबमा राखेका थिए । मलानले ६७ बलमा ५ चौका प्रहार गरे । त्यसपछि इंग्ल्यान्डले राम्रो पूनरागमन गरेको थियो ।

पहिलो दिन कमजोर सुरुवात गरेको घरेलु टोली इंग्ल्यान्डलाई मलान र कप्तान जो रुटले तेस्रो विकेटका लागि ४६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । तर रुटलाई दिनको अन्तिम समयतिर उमेश यादवले २१ रनमा बोल्ड आउट गर्दै इंग्ल्यान्डलाई महत्वपूर्ण सफलता दिलाए । रुटले २५ बलमा ४ चौका प्रहार गरे ।
भारतलाई तीव्र गतिका बलर जस्प्रित बुमराहले चौथो ओभरमा दुबै ओपनरलाई आउट गराउँदै राम्रो सुरुवात दिलाएका थिए । चौथो ओभरको दोस्रो बलमा ओपनर रोरी बन्र्सलाई पाँच रनमा बोल्ड आउट गरेका थिए । अन्तिम बलमा हसिब हमिदलाई शून्यमा पन्तबाट क्याच आउट गराउँदा इंग्ल्यान्ड ६(२ को कमजोर अवस्थामा पुगेको थियो ।
भारतका उमेश यादवले सर्वाधिक तीन विकेट लिए । जस्प्रित बुमराह र रविन्द्र जडेजाले दुई दुई विकेट लिए । मोहम्मद शिराज र शार्दूल ठाकुरको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि लन्डनमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत ६१.३ ओभरमा १ सय ९१ रनमा अल आउट भएको थियो । भारतका लागि शार्दूल ठाकुरले टेस्टमा पूनरागमन गर्दै सर्वाधिक ५७ रनको योगदान दिए । तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै शार्दूले ३६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । एक समय १२७–७ को अवस्थामा पुगेको भारतलाई शार्दूलले आक्रमक ब्याटिङ गर्दै केहि इनिङ उकासेका थिए ।
शार्दूल ६१ औं ओभरको अन्तिम बलमा क्रिस वोक्सको एलबीडब्लू आउटको धरापमा परे । कप्तान विराट कोहलीले ९६ बलमा ८ चौका सहित ५० रनको योगदान दिए । इंग्ल्यान्डको टेस्ट टोलीमा चोटपछि पूनरागमन गर्दै तीव्र गतिका बलर क्रिस वोक्सले नवौं ओभरको अन्तिम बलमा ओपनर रोहित शर्मालाई विकेटकिपर जोनी बेयरस्टोबाट ११ रनमा क्याच आउट गराएका थिए ।

ओली रोबिन्सनले लोकेश राहुललाई १४ रनमा एलबीडब्लू आउट गरेका थिए । खराब लयबाट गुज्रिएका चेतेश्वर पुजारा जेम्श एन्डरसनको बलमा चार रनमा बेयरस्टोबाट क्याच आउट भए । रविन्द्र जडेजा ३४ बलमा २ चौका सहित सहित वोक्सको बलमा रुटबाट १० रनमा क्याच आउट भए । अजिक्या रहाणे चौथो टेस्टमा पनि चल्न सकेनन् । रहाणेलाई क्रेग ओभरटनले माईन अलीबाट १४ रनमा क्याच आउट गराए ।
वोक्सले विकेटकिपर ऋषभ पन्तलाई ९ रनमा अलीबाट क्याच गराउँदा भारत ५३ ओभरमा १२७–७ को कमजोर अवस्थामा पुगेको थियो ।
त्यसपछि शार्दूले इनिङ उकासेका थिए । शार्दूल आउट भएपछि भारतले एक रन मात्र जोड्न सक्यो । इंग्ल्यान्डका तीव्र गतिका बलर क्रिस वोक्सले सर्वाधिक ४ विकेट लिए । ओली रोबिन्सन तीन, जेम्श एन्डरसन र क्रेग ओभरटनले एक एक विकेट लिए ।
पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दोस्रो खेलमा भारत १ सय ५१ रनले विजयी हुँदा तेस्रो खेलमा ७६ रनको इनिङ अन्तरले पराजित भएको थियो । पाँच टेस्ट सिरिज १–१ को बराबरी अवस्थामा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]