default_image

4 years ago

September 6, 2021

नेपाललाई घातक बन्न सक्ने पिएनजीका पाँच खेलाडी

177 views

0 Bookmark

एजेन्सी – नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नुअघि पपुवा न्युगिनी(पिएनजी) सँग दुई ओडिआई खेल खेल्दैछ । नेपाल र पिएनजीबीचको पहिलो खेल मंगलबार ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।

पिएनजी आइसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र स्कटल्यान्डसँग त्रिकोणात्मक ओडिआई सिरिज र टि२० विश्वकपको लागि ओमानमा आएको छ । नेपाललाई दुवै खेलमा पराजित गर्दै उच्च मनोबलका साथ त्रिकोणात्मक सिरिज खेल्न चाहन्छ । पहिलो पटक टि२० विश्वकप खेल्न लागेको पिएनजीको मनोबल उच्च छ ।

नेपाल र पिएनजीले पहिलो पटक ओडिआई खेलमा प्रतिस्पर्धा गर्दै छन् । पछिल्लो पटक नेपाल र पिएनजीले २०१८ को एकदिवसिय विश्वकप छनोट अन्तर्गत प्लेअफमा जिम्बावेमा प्रतिस्पर्धा गरेका थिए । नेपालले पिएनजीलाई ६ विकेटले हराउँदै ऐतिहासिक ओडिआई मान्यता प्राप्त गरेको थियो । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल २०१५ मा पिएनजीसँग दुबै खेलमा पराजित भएको थियो ।

विश्वकप लिग–२ मा ८ खेल खेलेको पिएनजीले जितको खाता खोल्न सकेको छैन । नेपालले ४ खेलमा २ मा जित र २ मा हा बेहोरेको छ । पिएनजी र नेपालबीचको दोस्रो खेल भदौ २५ मा हुने छ । पिएनजीका प्रमुख पाँच खेलाडी जो नेपाललाई घातक बन्न सक्छन् ।

५. नोसैना पोकना

२५ वर्षिय नोसैना पोकना पिएनजीका बायाँ हाते तीव्र गतिका बलर हुन् । उनले १४ ओडिआईमा २० विकेट लिएका छन् । २० लिष्ट ए खेलमा ३० विकेट लिएका छन् । उत्कृष्ट प्रदर्शन ३–२५ छ । इकोनमी ४.७० मात्र छ । उनले १९ टि२० आई खेलमा १९ विकेट लिएका छन् ।

ओमानको पिच तीव्र गतिका बलर सहयोगी मानिन्छ । अर्कोतर्फ नेपाली टोलीमा कुशल मल्ल बाहेक अन्य बायाँ हाते ब्याट्सम्यान छैनन् । जसले गर्दा पनि पोकना नेपालविरुद्ध खेलमा हाबी बन्न सक्छन् ।

४.लेगा सियाका

२८ वर्षिय लेगा सियाका पिएनजीका ओपनर हुन् । ओपनर लेगा सियाका क्लासिक ब्याट्सम्यान हुन् । उनी पावर हिटर ब्याटिङका लागि पनि चर्चित छन् । फिल्डिङ मार्फत पनि खेललाई परिवर्तन गर्ने क्षमता राख्छन् । लेगाले २५ ओडिआईमा १ शतक सहित ४ सय ७१ रन बनाएका छन् । उनले ४६ लिष्ट ए मा ३ शतक र ३ अर्धशतक सहित कुल ९ सय ९१ रन बनाएका छन् । पार्टटाइम मध्य गतिका बलर पनि हुन् । उनले राम्रो सुरुवात दिँदै टोलीलाई बलियो योगफलमा पुर्याउन सक्छन् ।

३. नर्मन भानुआ

२७ वर्षिय नर्मन भानुआ पिएनजीका प्रमुख तीव्र गतिका बलर हुन् । उनको बलिङमा पेश र स्वींग छ । प्रतिघण्टा १ सय ३५ किलोमिटरमाथिको स्पीडमा बलिङ गर्ने उनी योर्कर बलका लागि पनि सिपालु छन् । पिएनजीलाई पहिलो पटक टि२० विश्वकपमा पुर्याउन उनको योगदान महत्वपूर्ण थियो । उनले २३ ओडिआई खेलमा ३४ विकेट लिएका छन् । ईकोनमी ५.०९ छ । उत्कृष्ट प्रदर्शन ४–२४ छ ।

२५ टि२० आई खेलमा ३५ विकेट लिएका छन् । जसमा एक ह्याट्रिक सामेल छ । उत्कृष्ट प्रदर्शन ५–१७ छ । ३९ लिष्ट ए मा ५७ विकेट लिएका छन् । उनी तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् । ओडिआईमा २ सय ५४ र टि२० आईमा ३ सय २१ रन बनाएका छन् । उनले ब्याटिङ मार्फत पनि खेल जिताउन सक्छन् । ओमानको पिचपनि उनलाई सहयोग मिल्ने छ । नर्मन भानुआ नेपाललाई घातक बन्न सक्ने पिएनजीका हतियार हुन् ।

२. टोनी उरा

टोनी उरा पिएनजीका प्रमुख ब्याट्सम्यान हुन् । ३१ वर्षिय विकेटकिपर ब्याट्सम्यान उरा पिएनजीबाट टि२० आईमा शतक प्रहार गर्ने एक्लो खेलाडी हुन् । उराले २०१८ मा आयरल्यान्डविरुद्ध ओडिआईमा १ सय ४२ बलमा १० चौका र ६ छक्का सहित १ सय ५१ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । उराले आफ्नो उत्कृष्ट ब्याटिङमा टोलीको जित सहज बनाउन सक्ने क्षमता राख्छन् ।

उनले २६ ओडिआई खेलमा उराले १ शतक र २ अर्धशतक सहित कुल ७ सय १८ रन बनाएका छन् । जसमा ६१ चौका र १९ छक्का सामेल छ । २३ टि२० आई खेलमा उराले १ शतक र ४ अर्धशतक सहित ६ सय ७१ रन बनाएका छन् । ५४ चौका र ३१ छक्का सामेल छ । ४४ टि२० खेलमा २ शतक र ६ अर्धशतक सहित कुल १ हजार २ सय ६४ रन बनाएका छन् । उनको प्रदर्शनले पिएनजीलाई निकै प्रभाव पार्ने छ । उनी राम्रो लयमा पनि छन् । पिएनजीको टि२० घरेलु प्रतियोगिता उत्कृष्ट ब्याट्सम्यान चुनिदै ओमान आएका उरा नेपाली बलरलाई निराश बनाउन सक्छन् ।

१. असाद भाला

कप्तान असाद भाला पिएनजीका प्रमुख हतियार हुन् । पिएनजीलाई ओडिआई मान्यता दिलाउन र पहिलो पटक टि२० विश्वकपमा पुर्याउन उनको योगदान महत्वपूर्ण छ । शीर्षक्रममा ब्याटिङ गर्ने भाला स्पिन बलिङ गर्ने गर्दछन् । भालाले २७ ओडिआई खेलमा १ शतक र २ अर्धशतक सहित ७ सय ३९ रन बनाएका छन् ।

बलिङतर्फ ओडिआईमा २७ विकेट लिएका थिए । ६२ लिष्ट ए खेलमा भालाले २ शतक र ८ अर्धशतक सहित कुल १ हजार ७ सय २२ रन बनाएका छन् । पछिल्लो पटक २०१९ मा नामिबियाविरुद्ध ओडिआईमा उनले १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए । भाला गतवर्ष आइसीसीको दशककै उत्कृष्ट खेलाडीको मनोयनमा परेका थिए ।

३४ वर्षिय भाला आफ्नो अनुभवको फाइदा उठाउँदै कठिन समयमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्छन् । पिएनजीको नतिजालाई उनको प्रदर्शनले प्रभाव पार्ने गर्दछ । उत्कृष्ट प्रर्दशन गर्दै आएका भाला नेपाललाई घातक बन्न सक्छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.