4 years ago
September 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर कुशल भुर्तेल र आसिफ शेखले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध पहिलो ओडिआई खेलमा डेब्यू गर्ने उच्च सम्भावना छ । नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नु अघि अभ्यासको लागि पिएनजीसँग दुई ओडिआई खेल खेल्न लागेको हो ।

मंगलबार पिनएजीसँग हुने पहिलो खेलमा आसिफ र कुशल भुर्तेलले ओडिआईमा डेब्यू गर्ने लगभग निश्चित जस्तै छ । ओमान भ्रमणमा ओपनरको रुपमा ज्ञानेन्द्र मल्लसँगै आसिफ र कुशल भुर्तेल छन् । नेपालका पूर्व प्रमुख खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएपछि ज्ञानेन्द्रले तेस्रो नम्बरमा ब्याटिङ गर्ने छन् ।
ज्ञानेन्द्र २०१६ पछि तेस्रो नम्बरमा ब्याटिङ गर्नेछन् । कमजोर सुरुवातको कारण ज्ञानेन्द्रलाई नेपालले ओपनिङमा ल्याएको थियो । तर ज्ञानेन्द्रबाट पनि ओपनिङ समस्या पार लाग्न सकेको थिएन । ज्ञानेन्द्रको व्यक्तिगत प्रदर्शन खस्किएको थियो । पारस नहुँदा मध्यक्रममा ज्ञानेन्द्रको प्रदर्शन निकै महत्वपूर्ण हुने छ ।
आसिफ र कुशल दुवैले वैशाखमा टियु मैदानमा मलेसिया र नेदरल्यान्ड्सविरुद्ध टि२० आई सिरिजमा डेब्यू गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । कुशलले पाँच मध्य चार खेलमा अर्धशतक प्रहार गर्दै विश्व क्रिकेटमानै सनसनी मच्चाएका थिए । त्रिकोणात्मक सिरिजमा सर्वोत्कृष्ट खेलाडी चुनिएका कुशलले पाँच खेलमा कुल २ सय ७८ रन बनाएका थिए । आसिफले समान खेलमा १ सय ५४ रन बनाएका थिए ।

पहिलो खेलमै आसिफ र कुशलले नेदरल्यान्ड्सविरुद्ध १ सय १६ रनको ओपनिङ साझेदारी गर्दै नेपाललाई सहज जित दिलाएका थिए । दोस्रो खेलमा मलेसियाविरुद्ध आसिफ र कुशलले १ सय २ रनको ओपनिङ साझेदारी गरेका थिए । सुरुवाती दुई खेलमा दुवैमा शतकीय साझेदारी गर्ने आसिफ र कुशल विश्वको पहिलो जोडी बनेका थिए ।
ओपनिङबाट लामो समयदेखि लगातार निराश बन्दै आएको नेपाललाई यी दुई युवा ब्याट्सम्यानको उच्च प्रदर्शनबाट नयाँ आशा र सम्भावना पलाएको थियो । कुशल र आसिफले सिरिजभर उत्कृष्ट प्रदर्शन गरे । उक्त त्यस प्रदर्शनसँगै ओडिआईमा पनि आसिफ र कुशललाई ओपनिङमा नेपालले प्रयोग गर्ने सम्भावना देखिन्छ ।
आसिफले पछिल्ला दुबै एकदिवसिय घरेलु क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल एपिएफ क्लबबाट घरेलु क्रिकेट खेल्ने विकेटकिपर समेत रहेका आसिफले प्रधानमन्त्री कपमा ५ खेलमा ३ मा अर्धशतक सहित कुल २ सय ६ रन बनाएका थिए । आसिफ यू१९मा उत्कृष्ट प्रदर्शनका साथ २०१७ मै नेपाली टोलीमा परेका थिए ।

नेपाली फ्रेन्चाइज लिग टि२० क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी आसिफले बंगलादेशमा २०१७ मा एसिसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत बंगलादेश यू२३ विरुद्ध पहिलो खेल खेलेका थिए । तर उक्त समय इमर्जिङ टिम्स एसिया कपलाई लिष्ट ए को मान्यता दिएको थिएन । त्यसपछि उनले गत वैशाखमा नेपाली टोलीमा पूनरागमन गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
कुशल भुर्तेल २०१९ मा बंगलादेशमा भएको एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारतको यू२३ विरुद्ध लिष्ट ए मा डेब्यू गरेका थिए । कुशलले नेपालबाट ३ लिष्ट ए खेलमा ३९ रन बनाएका छन् । नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने कुशलले पछिल्ला दुई घरेलु प्रतियोगितामा औसत प्रदर्शन गरेका थिए ।

१७ सदस्य नेपाली टोलीमा व्रिकम शोब र गुलशन झा अनक्याप्ड खेलाडी हुन् । तीव्र गतिका बलर विक्रम र गुलशन दुबै डेब्यूको प्रतीक्षामा छन् । तीव्र गतिका बलरमा सोमपाल कामी र करण केसी निश्चित जस्तै छ । तेस्रो तीव्र गतिका बलरमा अभिनाश बोहरा, गुलशन झा र विक्रम मध्य एकले मौका पाउने छन् । गुलशन र अभिनाशको सम्भावना बढी देखिन्छ ।
अभिनाश नेपालको डेथ ओभर स्पेलिष्ट बलर हुन् । गुलशनले काठमाडौं मेयर्स कपमा नेपाल पुलिस क्लबबाट दुई खेल खेल्दै गती र बाउन्सरको कारण सबैलाई प्रभावित पार्दै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।
नेपालले पिएनजीसँगको दोस्रो खेल भदौ २५ मा खेल्ने छ । त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले पहिलो खेल अमेरिकासँग भदौ २८ मा खेल्ने छ । भदौ २९ मा घरेलु टोली ओमानसँग हुने छ । नेपालले अमेरिकासँग असोज १ र ओमानसँग असोज ३ मा खेल्ने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]