default_image

4 years ago

September 6, 2021

पिएनजीमाथि अमेरिका सहज जित

185 views

0 Bookmark

एजेन्सी – अमेरिकाले पहिलो ओडिआई खेलमा पपुवा न्युगिनीमाथि ७ विकेटको सहज जित हात पारेको छ । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले २८.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।

अमेरिका कप्तान तथा ओपनर स्टिभ टेलरले ५५ बलमा ७ चौका र ७ छक्का सहित ८२ रनको उत्कृष्ट आक्रामक इनिङ खेल्दै सहज जित दिलाए । विकेटकिपर मोनक पटेल ३८ बलमा १ चौका र १ छक्का सहित ३४ रनमा अविजित रहे । सुशान्त मोडानी २४ र गजानन्द सिंह ९ रनमा आउट भए । पिएनजीका डेमियन राभू र चाल्र्स अमिनीले एक एक विकेट लिए ।

त्यसअघि अल अमरेत क्रिकेट क्रिकेट मैदान ओमानमा टस जितेर ब्याटिङ रोजेको पिएनजी ४४.२ ओभरमा १ सय ५८ रनमा अल आउट भएको थियो । पिएनजीका कप्तान असाद भालाले ७४ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिए । सेसे बाउ ३१, गाउडी टोका १८ र जेसन किला १० रनमा आउट भए । ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अमेरिका स्पिनर निसर्ग पटेलले १० ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । नोस्टुश केंजीगेले ३ र सौरभ नेत्रवालकारले २ विकेट लिए । आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिज अघि तयारीको लागि दुई दुई खेल खेलेका हुन् । नेपालले पनि पिएनजीसँग दुई ओडिआई खेल खेल्ने छ । नेपाल र पिएनजीबीचको पहिलो खेल भोली (मंगलरबार) हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.