default_image

4 years ago

September 6, 2021

नेपालले १९ महिनापछि ओडिआई खेल खेल्दै

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग मैदानमा उत्रँदा १९ महिनापछि ओडिआई खेल्दै हुनेछ ।

पपुवा न्युगिनीसँगको दुई खेलमध्य पहिलो ओडिआई मंगलबार हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ११:१५ मा अल अमरेत क्रिकेट मैदान ओमानमा सुरु हुनेछ । नेपालले अन्तिम ओडिआई खेल आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु मैदान टियुमा अमेरिकासँग खेलेको थियो ।

नेपालले अन्तिम पटक २०७६ माघ २९ मा अमेरिकालाई ३५ रनमा अलआउट गर्दै ओडिआई इतिहासकै सर्वाधिक कम योगफलको कीर्तिमान बराबर गरेको थियो । त्यसपछि नेपालले ओडिआई खेल खेलेको छैन । उक्त सिरिजपछि अर्को महिना थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० एसिया छनोट खेलेको थियो । थाइल्यान्ड भ्रमणपछि कोरोना महामारीको कारण नेपाली क्रिकेट ठप्प भएको थियो ।

नेपालले कोरोना महामारीपछि अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा १५ महिनापछि नेदरल्यान्ड्स र मलेसियासँग टि२० आई त्रिकोणात्मक सिरिज टियु मैदानमा गत वैशाखमा खेलेको थियो । उक्त त्रिकोणात्मक सिरिजमा नेपालले ब्याटिङमा उत्कृष्ट प्रदर्शनका साथ उपाधि जितेको थियो । फाइनलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ३ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । नेदरल्यान्ड्सलाई ९६ रनमा अल आउट गर्दै १ सय ४२ रनले विजयी भएको थियो । जुन टि२० आईमा नेपालको सर्वाधिक ठूलो योगफल र जित अन्तर पर्दछ ।

नेपालले चार महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्दैछ । कोरोना कारण सिरिजहरु स्थगित हुँदै आएका थिए । २०१८ मार्चमा पहिलो पटक ओडिआई मान्यता पाएको नेपालले हालसम्म १० खेल खेलेका छ । जसमा समान ५ खेलमा जित र ५ खेलमा पराजित भएको छ । नेपालले खेलेका १० मध्य चार यूएईसँग खेलेको छ । अमेरिका, ओमान र नेदरल्यान्ड्सँग दुई दुई ओडिआई खेल खेलेको छ ।

तथ्यांकमा नेपालको ओडिआई

नेपालले पहिलो ओडिआई खेल नेदरल्यान्ड्सँग अगष्ट १ मा खेलेको थियो । उक्त खेलमा नेपाल ५५ रनले पराजित हुँदा दोस्रो खेलमा १ रनले जित निकाल्दै इतिहास रचेको थियो । सन् २०१८ मा एसिया कप छनोटमा यूएईसँग खेल्दै पराजित भएको थियो । २०१९ को सुरुवातमै नेपालले यूएईसँग तीन ओडिआई सिरिज २–१ ले जितेको थियो । जुन नेपालले जितेको पहिलो ओडिआई सिरिज थियो ।

त्यसपछि नेपालले २०२० फेब्रुअरीमा ओमान र अमेरिकासँग दुई दुई ओडिआई खेल खेलेको थियो । ओमानसँग दुवै खेलमा पराजित भएको थियो । अमेरिकालाई नेपालले दुबै खेलमा पराजित गरेको थियो । नेपालको हालसम्म ओडिआईमा बनेको उच्च योगफल युएईविरुद्ध ६ विकेटको क्षतिमा २ सय ५५ रन छ ।

ओडिआईमा उच्च साझेदारी ८४ रन छ । जुन साझेदारी अमेरिकाविरुद्ध छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले गरेका थिए । ब्यक्तिगत उच्च योगफल पारस खड्का १ सय १५ रन छ । ओडिआईमा पारस, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, कुशल मल्ल, शरद भेषावकर, सुवास खकुरेल, सोमपाल कामी र रोहित कुमार पौडेलले अर्धशतक बनाएका छन् ।

ओडिआईमा नेपालले तीन विश्व कीर्तिमान बनाएको छ । ओडिआईमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान कुशल मल्लको नाममा छ । कुशलले १५ वर्ष ३ सय ४० दिनमा अमेरिकाविरुद्ध अर्धशतक बनाएका थिए । ओडिआई इतिहासमा विपक्ष्यलाई सबैभन्दा कम योगफल समेट्ने कीर्तिमान श्रीलंका र नेपालको नाममा छ । नेपालले अमेरिकालाई ३५ रनमा अल आउट गरेको थियो । सबैभन्दा कम ओभरमा ओडिआई खेल सकिएको कीर्तिमान नेपालको नाममा छ । नेपालले अमेरिकाविरुद्ध १७.२ ओभरमा जित निकालेको थियो ।

नेपालको ओडिआईमा सबैभन्दा ठूलो जित यूएईविरुद्ध १ सय ४५ रनले छ । सबैभन्दा साँघुरो जित एक रनले नेदरल्यान्ड्सविरुद्ध छ । विकेटका हिसाबमा सबैभन्दा ठूलो जित अमेरिकाविरुद्ध ८ र कम ४ विकेट अमेरिकाविरुद्धनै छ । सबैभन्दा धेरै बल बाँकी रहँदा जित अमेरिकाविरुद्ध २ सय ६८ बल बाँकी रहँदा छ ।

नेपालबाट सर्वाधिक रन पूर्व कप्तान पारस खड्कले १० खेलमा ३ सय १५ रन बनाएका छन् । सर्वाधिक विकेट सन्दीप लामिछानेले १० खेलमा २३ विकेट लिएका छन् । उत्कृष्ट प्रदर्शन पनि सन्दीपको नाममा ६–१६ छ ।

यस्तो छ नेपालको ओमान भ्रमण तालिका र टोली :

खेल तालिका :

भदौ २२ : नेपालविरुद्ध पिएनजी पहिलो ओडिआई, बिहान ११:१५ बजे

भदौ २५ : नेपालविरुद्ध पिएनजी दोस्रो ओडिआई, दिउँसो ४:१५

भदौ २८ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४:१५

भदौ २९ : नेपालविरुद्ध ओमान, दिउँसो ४:१५

अजोस १ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४:१५

असोज ३ : नेपालविरुद्ध ओमान, दिउँसो ४:१५

नेपालको टोली : ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.