default_image

4 years ago

September 6, 2021

इंग्ल्यान्डमाथि भारतको सानदार जित

155 views

0 Bookmark

एजेन्सी – भारतले चौथो टेस्ट खेलमा इंग्ल्यान्डमाथि १ सय ५७ रनको सानदार जित हात पारेको छ । यो जितसँगै भारतले पाँच टेस्ट सिरिजमा २–१ को अग्रता लिएको छ ।

जितको लागि ३ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्ड पाँचौं दिन ९२.२ ओभरमा २ सय १० रनमा अल आउट हुन पुग्यो । पाँचौं दिन ३२ ओभरमा ७७–० को अवस्थाबाट सुरुवात गरेको इंग्ल्यान्डले कमजोर ब्याटिङका साथ पराजित हुन पुगेको हो । इंग्ल्यान्डका दुबै ओपनर रोरी बर्न्स र हसिब हमिदले अर्धशतकीय इनिङ खेलेपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा पराजित हुन पुगेको हो ।

इंग्ल्यान्डलाई बर्न्स र हमिदले पहिलो विकेटका लागि ४०.४ ओभरमा १ सय रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर शार्दूल ठाकुरले बन्र्सलाई ऋषभ पन्तबाट क्याच आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । त्यसपछि इंग्ल्यान्डले एकपछि अर्को विकेट गुमाएको थियो । बर्न्स १ सय २५ बलमा ५ चौका प्रहार गरे । हमिदले १ सय ९३ बलमा ६ चौका सहित सर्वाधिक ६३ रनको योगदान दिए । कप्तान जो रुटले ७८ बलमा ३ चौका सहित ३६ रन जोडे । अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन । डेविड मलान ५, ओली पोप २, जोनी बेयरस्टो र मोईन अलीले खाता खोल्न सकेनन् ।

तल्लोक्रमका क्रिस वोक्स १८, क्रेग ओभरटन र ओली रोबिन्सन १०–१० रन जोडे । भारतका तीव्र गतिका बलर उमेश यादवले सर्वाधिक ३ विकेट लिए । जस्प्रित बुमराह, रविन्द्र जडेजा र शार्दूल ठाकुरले २–२ विकेट लिए ।

त्यसअघि भारतले दोस्रो इनिङमा उत्कृष्ट ब्याटिङ गर्दै ४ सय ६६ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा ९९ रनले पछि परेको भारतले समग्रमा ३ सय ६७ रनको अग्रता लिएको थियो । भारतका ओपनर रोहित शर्माले २ सय ५६ बलमा १४ चौका र १ छक्का सहित सर्वाधिक १ सय २७ रनको शतकीय इनिङ खेले ।

रोहितको यो करीअरको आठौं टेस्ट शतक पर्दछ । भारतलाई ओपनर रोहित शर्मा र लोकेश राहुलले ८३ रनको साझेदारी गरेका थिए । राहुल १ सय १ बलमा ६ चौका र १ छक्का सहित ४६ रनमा क्याच आउट भए । दोस्रो विकेटका रोहित र चेतेश्वर पुजाराले १ सय ५३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । पुजारा १ सय २७ बलमा ९ चौका सहित ६१ रनमा क्याच आउट भए । विराट कोहलीले ९६ बलमा ७ चौका सहित ४४, रविन्द्र जडेजा १७ र अजिंक्या रहाणे शून्यमा आउट भए ।

तल्लोक्रममा ऋषभ पन्त र शार्दूल ठाकुरले सातौं विकेटका लागि १ सय रनको साझेदारी गरेपछि भारतले बलियोे योगफल तयार पारेको थियो । ठाकुर ७२ बलमा ७ चौका र १ छक्का सहित ६० रनमा आउट भए । पन्तले १ सय ६ बलमा ४ चौका सहित ५० रन जोडे । उमेश यादव २५ र जस्प्रित बुमराह २४ रनमा आउट भए । इंग्ल्यान्डका क्रिस वोक्सले सर्वाधिक ३ विकेट लिए । ओली रोबिन्सन र मोईन अलीले २–२ विकेट लिए । जो रुट, क्रेग ओभरटन र जेम्श एन्डरसनले एक एक विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा इंग्ल्यान्ड दोस्रो दिन तेस्रो सेसनमा ८४ ओभरमा २ सय ९० रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका ओली पोपले १ सय ५९ बलमा ६ चौका सहित सर्वाधिक ८१ रनको योगदान दिए । एक समय ६२–५ को कमजोर अवस्थामा पुगेको इंग्ल्यान्डलाई छैटौं विकेटका लागि पोप र जोनी बेयरस्टोले ८९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

बेयरस्टोलाई मोहम्मद शिराजले ३७ रनमा एलबीडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । बेयरस्टोले ७७ बलमा ७ चौका प्रहार गरे ।
सातौं विकेटका लागि ओली पोपले मोईन अलीसँग ७१ रनको साझेदारी गरेपछि इंग्ल्यान्डले अग्रता लिएको थियो । मोईन अली ७१ बलमा ७ चौका सहित ३५ रनमा क्याच आउट भए । अलीलाई रविन्द्र जडेजाले रोहित शर्माबाट क्याच आउट गराएका थिए ।

अन्तिम विकेटका रुपमा रन आउट हुनुअघि क्रिस वोक्सले ६० बलमा ११ चौका सहित महत्वपूर्ण ५० रन जोडे । दोस्रो दिन पहिलो एक घण्टा भारतको पक्षमा गएको थियो । सुरुवातमै क्रेग ओभरटन एक रनमा विराट कोहलीबाट क्याच आउट भएका थिए । त्यसपछि डेविड मलानलाई उमेश यादवले रोहित शर्माबाट ३१ क्याच आउट गराउँदै घरेलु टोली इंग्ल्यान्डलाई दबाबमा राखेका थिए । मलानले ६७ बलमा ५ चौका प्रहार गरे । त्यसपछि इंग्ल्यान्डले राम्रो पूनरागमन गरेको थियो ।

पहिलो दिन कमजोर सुरुवात गरेको घरेलु टोली इंग्ल्यान्डलाई मलान र कप्तान जो रुटले तेस्रो विकेटका लागि ४६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । तर रुटलाई दिनको अन्तिम समयतिर उमेश यादवले २१ रनमा बोल्ड आउट गर्दै इंग्ल्यान्डलाई महत्वपूर्ण सफलता दिलाए । रुटले २५ बलमा ४ चौका प्रहार गरे ।

भारतलाई तीव्र गतिका बलर जस्प्रित बुमराहले चौथो ओभरमा दुबै ओपनरलाई आउट गराउँदै राम्रो सुरुवात दिलाएका थिए । चौथो ओभरको दोस्रो बलमा ओपनर रोरी बन्र्सलाई पाँच रनमा बोल्ड आउट गरेका थिए । अन्तिम बलमा हसिब हमिदलाई शून्यमा पन्तबाट क्याच आउट गराउँदा इंग्ल्यान्ड ६९२ को कमजोर अवस्थामा पुगेको थियो ।

भारतका उमेश यादवले सर्वाधिक तीन विकेट लिए । जस्प्रित बुमराह र रविन्द्र जडेजाले दुई दुई विकेट लिए । मोहम्मद शिराज र शार्दूल ठाकुरको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि लन्डनमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत ६१.३ ओभरमा १ सय ९१ रनमा अल आउट भएको थियो । भारतका लागि शार्दूल ठाकुरले टेस्टमा पूनरागमन गर्दै सर्वाधिक ५७ रनको योगदान दिए । तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै शार्दूले ३६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । एक समय १२७–७ को अवस्थामा पुगेको भारतलाई शार्दूलले आक्रमक ब्याटिङ गर्दै केहि इनिङ उकासेका थिए ।

शार्दूल ६१ औं ओभरको अन्तिम बलमा क्रिस वोक्सको एलबीडब्लू आउटको धरापमा परे । कप्तान विराट कोहलीले ९६ बलमा ८ चौका सहित ५० रनको योगदान दिए । इंग्ल्यान्डको टेस्ट टोलीमा चोटपछि पूनरागमन गर्दै तीव्र गतिका बलर क्रिस वोक्सले नवौं ओभरको अन्तिम बलमा ओपनर रोहित शर्मालाई विकेटकिपर जोनी बेयरस्टोबाट ११ रनमा क्याच आउट गराएका थिए ।

ओली रोबिन्सनले लोकेश राहुललाई १४ रनमा एलबीडब्लू आउट गरेका थिए । खराब लयबाट गुज्रिएका चेतेश्वर पुजारा जेम्श एन्डरसनको बलमा चार रनमा बेयरस्टोबाट क्याच आउट भए । रविन्द्र जडेजा ३४ बलमा २ चौका सहित सहित वोक्सको बलमा रुटबाट १० रनमा क्याच आउट भए । अजिक्या रहाणे चौथो टेस्टमा पनि चल्न सकेनन् । रहाणेलाई क्रेग ओभरटनले माईन अलीबाट १४ रनमा क्याच आउट गराए ।

वोक्सले विकेटकिपर ऋषभ पन्तलाई ९ रनमा अलीबाट क्याच गराउँदा भारत ५३ ओभरमा १२७–७ को कमजोर अवस्थामा पुगेको थियो ।
त्यसपछि शार्दूले इनिङ उकासेका थिए । शार्दूल आउट भएपछि भारतले एक रन मात्र जोड्न सक्यो । इंग्ल्यान्डका तीव्र गतिका बलर क्रिस वोक्सले सर्वाधिक ४ विकेट लिए । ओली रोबिन्सन तीन, जेम्श एन्डरसन र क्रेग ओभरटनले एक एक विकेट लिए । शतकीय इनिङ खेलेका रोहित प्लेयर अफ द म्याच चुनिए ।

भारतले टेस्टमा द ओभलमा सन् १९७१ पछि जित हात पारेको हो । पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दोस्रो खेलमा भारत १ सय ५१ रनले विजयी हुँदा तेस्रो खेलमा ७६ रनको इनिङ अन्तरले पराजित भएको थियो । पाँचौ तथा निर्णायक खेल शुक्रबारदेखि म्यानचेस्टरमा हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.