default_image

4 years ago

September 7, 2021

नेपालको सम्भावित प्लेइङ–११

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज पपुवा न्युगिनी (पिएनजी) सँग पहिलो ओडिआई खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११:१५ मा अल अमरेत क्रिकेट मैदान ओमानमा सुुरु हुनेछ ।

नेपालको ओपनर जोडीमा आसिफ शेख र कुशल भर्तेल रहने लगभग निश्चित छ । कुशल र आसिफ शेखले वैशाखमा टि२० आई त्रिकोणात्मक सिरिजमा सर्वोत्कृष्ट प्रदर्शन गरेको हुँदा ओडिआईमा निरन्तरता दिने छ । उक्त सिरिजमा कुशलले ५ खेलमा ४ मा अर्धशतक सहित सनसनी मच्चाएका थिए । उनी डेब्यूको सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने टि२० आईको पहिलो खेलाडी हुन् । आसिफ र कुशलले सुरुवाती दुई खेलमा लगातार शतकीय साझेदारी गर्दै विश्व कीर्तिमान कायम गरेका थिए ।

कुशलको भूमिका पावर प्लेमा आक्रामक रुपमा रन जोड्ने हुन सक्छ । आसिफले एकतर्फबाट सम्हालिएर इनिङलाई अघि बढाउने भूमिका निर्वाह गर्नसक्छन् । ब्याटिङमा पुनः हाबी हुन खोजेको नेपाल यी दुई ओपनरबाट उच्च प्रदर्शन चाहन्छ । यी दुबैले नेपालका लागि ओडिआई शैलीमा डेब्यू गर्ने छन् । आसिफ र कुशलबाट टिम, समर्थक र सुभचिन्तक उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छन् ।

ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र शरद भेषावकर मध्यक्रममा खेल्ने छन् । दीपेन्द्रलाई अभ्यासको क्रममा चोट लागेको कारण खेल्ने वा नखेल्ने अनिश्चित छ । चोट सामान्य रहेपनि नेपालले उनलाई विश्राम दिने सम्भावना छ । ज्ञानेन्द्र र शरद प्रमुख ब्याट्सम्यान हुन् । अनुभवी यी दुई ब्याट्सम्यानलाई जिम्मेवारीको साथ प्रदर्शन गर्नुपर्ने हुन्छ ।

कमजोर सुरुवात गरेको खण्डमा सम्हालेर अघि बढ्नुपर्ने जिम्मेवारी शरद र ज्ञानेन्द्रको काँधमा छ । दीपेन्द्र फिट नहुँदा आरिफ शेख खेल्ने सम्भावना छ । भरपर्दा युवा ब्याट्सम्यान आरिफ मध्य गतिका पार्टटाइम अलराउन्डरको राम्रो विकल्प हुन् । दीपेन्द्र पूर्णरुपमा फिट नहुँदा आरिफको सम्भावना बढी छ ।

युवा बाँया हाते कुशल मल्ल अलराउन्डरको रुपमा खेल्ने छन् । आक्रामक ब्याटिङको लागि चर्चित युवा स्टार कुशललाई नेपालले छैटौं नम्बरमा ब्याटिङ गराउने सम्भावना छ । कुशल ठूला सर्ट खेल्न रुचाउँछन् । कुशल ओडिआई र टि२० आई दुबैमा कम उमेरमा अर्धशतक प्रहार गर्ने कीर्तिमान छ । आबूधाबी टि१० लिगको अनुभव बटुली सकेका कुशलबाट टोली आक्रामक ब्याटिङ चाहन्छ ।

सोमपाल कामी र करण केसी नेपालका पहिलो रोजाईका तीव्र गतिका बलर हुन् । यी दुबै खेलाडीले ब्याटिङ मार्फत पनि खेल जिताउन सक्छन् । यी दुबै अलराउन्डर मानिन्छन् । पिच स्पिनर र तीव्र गतिका बलर दुबैलाई राम्रो सहयोग गरि रहेको छ । तेस्रो तीव्र गतिका बलरमा गुलशन झाले डेब्यू गर्ने सम्भावना छ ।

गुशलन बाउन्सर र तीव्र गतिमा छोटो समयै प्रभावित पार्दै टोलीमा स्थान बनाएका हुन् । गुलशन पिएनजीका खेलाडीलाई बाउन्सरले दबाबमा राख्न सक्छन् । आरिफले पार्टटामको रुपमा तीव्र गतिको युनिटलाई साथ दिने सम्भावना छ ।

नेपालको प्रमुख स्पिनरमा सन्दीप लामिछाने मात्र खेल्ने सम्भावना छ । टोलीले स्टार स्पिनर सन्दीपबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा राखेको छ । कुशल मल्लले स्पिन आक्रामणमा सन्दीपलाई साथ दिने छन् । नेपालले समग्रमा ६ प्रमुख ब्याट्सम्यान, एक अलराउन्डर, तीन तीव्र गतिका बलर र एक स्पिनर प्लेइङ–११ मा मैदान उतार्ने सम्भावना छ ।

पिएनजीविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ :

आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, शरद भेषावकर, कुशल मल्ल, विनोद भण्डारी (विकेटकिपर), सोमपाल कामी, करण केसी, गुलशन झा र सन्दीप लामिछाने

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.