default_image

4 years ago

September 7, 2021

नेपालले टस हार्यो : आसिफ, कुशल र विक्रमको डेब्यू

238 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले पपुवा न्युगिनीविरुद्ध सिनियर टोलीबाट लागि डेब्यू गरेका छन् ।

नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्धको पहिलो खेलमा टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । अल अमरेत क्रिकेट मैदान ओमानमा पिएनजीका कप्तान असाद भालाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दीपेन्द्रसिंह ऐरी पहिलो खेलमा टोलीमा छैनन् । नेपालले करण केसी, विनोद भण्डारी लगायतका खेलाडीलाई आराम दिएको छ ।

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नुअघि तयारी स्वरुप पिएनजीसँग दुई ओडिआई खेल खेल्न लागेको हो । पिएनजीसँग दुई ओडिआई खेलपछि नेपालको सम्पूर्ण तयारी पूरा हुने छ । नतिजाले वरीयता बाहेक अन्यमा खासै फरक नपर्ने हुँदा टोलीमा कुनै दबाब छैन । यो खेल कमजोरी पहिचान र सुधार गर्ने राम्रो अवसर हुने छ ।

तीव्र गतिका बलर विक्रम सोब यसअघि नेपाली टोलीमा परेर पनि डेब्यू गर्न पाएका थिएनन् । विक्रम घरेलु प्रतियोगितामा राम्रो प्रदर्शनको साथ चार वर्षपछि पूनरागमन गरेका थिए । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिप २०१५–१७ अन्तर्गत २०१६ मा उनी नेदरल्यान्ड्स भ्रमण गरेका थिए । २०१७ मा विक्रम यूएई भ्रमणमा गएका थिए । तर खेल्ने मौका पाएनन् ।

गत माघमा त्रिभुवन आर्मी क्लबलाई प्रधानमन्त्री कप उपाधि दिलाउन विक्रमले उत्कृष्ट प्रदर्शन गरेका थिए । २९ वर्षिय विक्रम तल्लोक्रममा ब्याटिङको क्षमता पनि राख्छन् । पहिलो खेलमा अभिनाश बोहरा र करण केसीलाई विश्राम दिएपछि उनले डेब्यूको मौका पाएका हुन् ।

नेपालले १९ महिनापछि ओडिआई खेल खेल्न लागेको हो । पिएनजी सोमबार अमेरिकासँग ७ विकेटले पराजित भएको थियो । पछिल्लो पटक नेपालले ओडिआई २०२० फेब्रुअरीमा नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकासँग टियु मैदानमा खेलेको थियो । त्यसपछि नेपालले पहिलो पटक ओडिआई खेल खेल्न लागेको हो । वैशाखमा नेपालले मलेसिया र नेदरल्यान्ड्सँग टि२० आई त्रिकोणात्मक सिरिजमा सानदार ब्याटिङ गर्दै उपाधि जितेको थियो । सुरुवात दुई खेलमा सहज जित निकालेको नेपालले अन्तिम तीन खेलमा लगातार २ सय माथिको योगफल कटाएको थियो ।

ओडिआईमा नेपाल र पिएनजीबीच पहिलो पटक भिड्न लागेका हुन् । नेपालले अन्तिम पटक २०१८ मा आइसिसी विश्वकप ग्लोबल छनोटको निर्णायक खेलमा पिएनजीलाई ६ विकेटले हराउँदै ओडिआई मान्यता पाएको थियो । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल २०१५ मा पिएनजीसँग दुबै खेलमा पराजित भएको थियो । त्यसैवर्ष नेपाल टि२० विश्वकपको ग्लोबल छनोटमा पनि पिएनजीसाँग पराजित भएको थियो ।

विश्व ओडिआई वरीयतामा नेपाल १६ औं र पिएनजी पुछारमा २० औं स्थानमा छ । आइसीसी विश्वकप लिग–२ मा नेपालले चार खेलमा समान दुई मा जित र हार बेहोरेको छ । पिएनजीले ८ खेल खेल्द सबैमा पराजित भएको छ ।

नेपालको टोली : ज्ञानेन्द्र मल्ल(कप्तान) कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), आरिफ शेख, शरद भेषावकर, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, पवन सरार्फ, विक्रम सोब र सन्दीप लामिछाने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.