default_image

4 years ago

September 7, 2021

पिएनजीविरुद्ध नेपालको उत्कृष्ट बलिङ

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पपुवा न्युगिनी (पिएनजी) नेपालसँगको पहिलो ओडिआई खेलमा निरिह बनेको छ । अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको पिएनजीले २५ ओभरमा ७ विकेट गुमाउँदै १ सय १ रन बनाएको छ ।

नेपाललाई दोस्रो ओभरको पहिलो बलमै तीव्र गतिका बलर विक्रम सोबले ओपनर टोनी उरालाई एक रनमा बोल्ड आउट गर्दै पहिलो सफता दिलाए । विक्रम ओडिआई डेब्यूको पहिलो बलमै विकेट लिने नेपालका पहिलो खेलाडी बनेका छन् । समग्रमा उनी ओडिआई करीअरको पहिलो बलमै विकेट लिने विश्वकै २८ औं खेलाडी बनेका छन् । विकेटसँगै विक्रमले ओभर मेडन राखेका थिए ।

विक्रमले चौथो ओभरको अन्तिम बलमा कप्तान असाद भालालाई आरिफ शेखबाट चार रनमा क्याच गराउँदा पिएनजी २–९ को कमजोर अवस्थामा पुगेको थियो । खराब सुरुवात गरेको पिएनजीलाई तेस्रो विकेटका लागि लेगा र चाल्र्सले ५० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

स्पिनर सन्दीप लामिछाने १२ औं ओभरको पाँचौं बलमा चाल्र्सलाई २३ रनमा आरिफ शेखबाट क्याच आउट गराएका थिए । चाल्सले २३ बलमा ३ चौका प्रहार गरे । लगत्तै अर्को ओभरको पाँचौं बलमा ओपनर लेगा सियाका ३० रनमा कट एण्ड बोल्ड आउट भए । स्पिनर कुशल मल्लको बलमा ठूलो सट खेल्ने धुनमा लेगा टप एज लागेर क्याच आउट हुन पुगेका थिए । लेगाले ३८ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

सन्दीपले २० औं ओभरको पहिलो बलमा सेसे बाउलाई कुशलबाट १४ रनमा क्याच आउट गराए । बाउले २४ बलमा २ चौका प्रहार गरे । कुशलले विकेटकिपर किप्लिङ डोरिगालाई कुशल भुर्तेलबाट १५ रनमा क्याच गराए । सन्दीपले जेसन किलालाई शून्यमा एलबिडब्लू आउट गर्दा पिएनजी २३.३ ओभरमा ९७–७ को कमजोर अवस्थामा पुगेको छ ।

नेपालका सन्दीप लामिछानेले तीन, कुशल मल्ल र विक्रम सोबले दुई दुई विकेट लिई सकेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.