4 years ago
September 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पपुवा न्युगिनीसँगको पहिलो ओडिआई खेलमा विजयी लक्ष्य पछ्याउनेक्रममा ७ विकेट गुमाएको छ । जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको छ ।

ओपनर आसिफ शेख र कुशल भुर्तेलले नेपाललाई पहिलो विकेटका लागि ११.१ ओभरमा ४६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । पिएनजीका चन्द सोपरले कुशल भुर्तेललाई १५ रनमा एलवीडब्लू आउट गर्दै पहिलो सफलता दिलाए । कुशलले २८ बलमा २ चौका प्रहार गरे ।
अर्का ओपनर आसिफ शेख ४६ बलमा ४ चौका सहित ३० रनमा क्याच आउट भए । आसिफलाई डेमियन राभूले गौडी टोकाबाट क्याच गराएका थिए । कप्तान ज्ञानेन्द्र मल्ल पनि धेरै समय क्रिजमा टिक्न सकेनन् । राभूको १७ औं ओभरको अन्तिम बलमा एज लागेर विकेटकिपर किप्लिङ डोरिगाबाट ६ रनमा क्याच आउट भए । २० बल खेलेका ज्ञानेन्द्रले बाउन्ड्री प्रहार गर्न सकेनन् । आरिफ शेख सोपरको बलमा ९ रनमा एलबीडब्लू आउट हुँदा नेपाल ६२–४ को अवस्थामा पुगेको थियो ।

पाँचौ विकेटका रुपमा शरद भेषावकर ६ रनमा क्याच आउट भएका छन् । शरद नोसैना पोकना बलमा क्याच आउट हुन पुगेका थिए । क्रिजमा रोहित कुमार पौडेल १० रनमा छन् । कुशल मल्ल एक रनमा स्टम्पिङ आउट भए । लगत्तै अर्को बलमा पवन सरार्फ शून्यमा क्याच आउट भएपछि नेपाल २८ ओभरमा ८२-७ को संकट अवस्थामा छ । लगातार दुई विकेट गुमाएपछि नेपाल अव समस्यामा परेको छ । क्रिजमा सोमपाल आएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]