default_image

4 years ago

September 7, 2021

नेपालको संघर्षपूर्ण जित

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र सोमपाल कामीको संयमित ब्याटिङमा नेपालले पहिलो ओडिआई खेलमा पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको छ । जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालका लागि रोहित कुमार पौडेलले ६५ बलमा २ चौका सहित सर्वाधिक ४१ रनको योगदान दिए । सोमपाल कामी ३२ बलमा १ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे । एक समय ८२–७ को संकट अवस्थामा पुगेको नेपाललाई आठौं विकेटका लागि रोहित र सोमपालले ५२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

ओपनर आसिफ शेख र कुशल भुर्तेलले नेपाललाई पहिलो विकेटका लागि ११.१ ओभरमा ४६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । चन्द सोपरले कुशल भुर्तेललाई १५ रनमा एलवीडब्लू आउट गर्दै पिएनजीलाई पहिलो सफलता दिलाए । कुशलले २८ बलमा २ चौका प्रहार गरे । त्यसपछि नेपालले लगातार विकेट गुमाएपछि समस्यामा परेको थियो ।

अर्का ओपनर आसिफ शेख ४६ बलमा ४ चौका सहित ३० रनमा क्याच आउट भए । आसिफलाई डेमियन राभूले गौडी टोकाबाट क्याच गराएका थिए । कप्तान ज्ञानेन्द्र मल्ल पनि धेरै समय क्रिजमा टिक्न सकेनन् । राभूको १७ औं ओभरको अन्तिम बलमा एज लागेर विकेटकिपर किप्लिङ डोरिगाबाट ६ रनमा क्याच आउट भए । २० बल खेलेका ज्ञानेन्द्रले बाउन्ड्री प्रहार गर्न सकेनन् । आरिफ शेख सोपरको बलमा ९ रनमा एलबीडब्लू आउट हुँदा नेपाल ६२–४ को अवस्थामा पुगेको थियो ।

पाँचौ विकेटका रुपमा शरद भेषावकर ६ रनमा क्याच आउट भएका छन् । शरद नोसैना पोकना बलमा क्याच आउट हुन पुगेका थिए । टोका २८ औं ओभरको पाँचौं बलमा कुशल मल्ल एक रनमा स्टम्पिङ आउन हुन पुगे । लगत्तै अर्को बलमा पवन सरार्फ गोल्डेन गक आउट हुँदा नेपाल २८ ओभरमा ८२–७ को संकट अवस्थामा पुगेको थियो । पिएनजीका गौडी टोकाले सर्वाधिक तीन विकेट लिए । डेमियन राभू र चन्द सोपरले दुई दुई विकेट लिए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको पिएनजी ३३ ओभरमा १ सय ३४ रनमा अल आउट भएको थियो । पिएनजीका ओपनर लेगा सियाकाले सर्वाधिक ३० रनको योगदान दिए । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

दोस्रो ओभरको पहिलो बलमै तीव्र गतिका बलर विक्रम सोबले ओपनर टोनी उरालाई एक रनमा बोल्ड आउट गरेका थिए । विक्रम ओडिआई डेब्यूको पहिलो बलमै विकेट लिने नेपालका पहिलो खेलाडी बने । समग्रमा उनी ओडिआई करीअरको पहिलो बलमै विकेट लिने विश्वकै २८ औं खेलाडी बनेका छन् ।

विकेटसँगै विक्रमले ओभर मेडन राखेका थिए । विक्रमले चौथो ओभरको अन्तिम बलमा कप्तान असाद भालालाई आरिफ शेखबाट चार रनमा क्याच गराउँदै नेपाललाई सानदार सुरुवात दिलाएका थिए । खराब सुरुवात गरेको पिएनजीलाई तेस्रो विकेटका लागि लेगा र चाल्र्सले ५० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

स्पिनर सन्दीप लामिछाने १२ औं ओभरको पाँचौं बलमा चार्ल्सलाई २३ रनमा आरिफ शेखबाट क्याच आउट गराएका थिए । चाल्सले २३ बलमा ३ चौका प्रहार गरे । लगत्तै अर्को ओभरको पाँचौं बलमा ओपनर लेगा सियाका ३० रनमा कट एण्ड बोल्ड आउट भए । स्पिनर कुशल मल्लको बलमा ठूलो सट खेल्ने धुनमा लेगा टप एज लागेर क्याच आउट हुन पुगेका थिए । लेगाले ३८ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

सन्दीपले २० औं ओभरको पहिलो बलमा सेसे बाउलाई कुशलबाट १४ रनमा क्याच आउट गराए । बाउले २४ बलमा २ चौका प्रहार गरे । कुशलले विकेटकिपर किप्लिङ डोरिगालाई कुशल भुर्तेलबाट १५ रनमा क्याच गराए । सन्दीपले जेसन किलालाई शून्यमा एलबिडब्लू आउट गर्दा पिएनजी २३.३ ओभरमा ९७–७ को कमजोर अवस्थामा पुगेको थियो ।

सोमपाल कामीले गौडी टोकालाई भुर्तेलबाट २४ रनमा क्याच आउट गराउँदै नेपाललाई आठौं सफलता दिलाएका थिए । गौडीले २९ बलमा २ चौका प्रहार गरे । अन्तिम विकेटका लागि सन्दीपले नोसैना पोकनालाई एक रनमा एलबीडब्लू आउट गरेका थिए । चन्द सोपार ३३ बलमा १ चौका सहित १७ रननेपालको संघर्षपूर्ण जितमा अविजित रहे ।

नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । विक्रम सोबले ५ ओभरमा १ मेडन सहित २० रन खर्चेर २ विकेट लिए । स्पिनर कुशल मल्लले ७ ओभरमा १ मेडन सहित १९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । नेपालले पिएनजीसँग दोस्रो ओडिआई खेल शुक्रबार खेल्ने छ ।

आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नु अघि नेपालले तयारी स्वरुप दुई ओडिआई खेल खेल्ने वातावरण मिलाएको हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.