default_image

4 years ago

September 7, 2021

सन्दीप बने ‘म्यान अफ द म्याच’

239 views

0 Bookmark

एजेन्सी – नेपालले दुई खेलको ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गर्दा सन्दीप लामिछाने म्यान अफ द म्याच घोषित भएका छन् ।

नेपालले २ विकेटको जित हासिल गर्दा सन्दीपले बलिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले कसिलो बलिङ गर्दै विकेट समेत लिएपछि अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको पिएनजी ३३ ओभरमा १ सय ३४ रनमा अल आउट भएको थियो । सन्दीपले १० ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

खराब सुरुवात गरेको पिएनजीलाई तेस्रो विकेटका लागि लेगा र चार्ल्सले ५० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । सन्दीपले १२ औं ओभरको पाँचौं बलमा चार्ल्सलाई २३ रनमा आरिफ शेखबाट क्याच आउट गराएका थिए । उनैले २० औं ओभरको पहिलो बलमा सेसे बाउलाई कुशलबाट १४ रनमा क्याच आउट गराए ।

सन्दीपले जेसन किलालाई शून्यमा एलबिडब्लू आउट गर्दा पिएनजी २३.३ ओभरमा ९७–७ को कमजोर अवस्थामा पुगेको थियो । अन्तिम विकेटका रुपमा सन्दीपले नोसैना पोकनालाई एक रनमा एलबीडब्लू आउट गरेका थिए ।

सन्दीपसँगै नेपालका लागि डेब्यु गरिरहेका विक्रम सोबले ५ ओभरमा १ मेडन सहित २० रन खर्चेर २ विकेट लिए । उनले आफ्नो ओडिआई करिअरकै पहिलो बलमा विकेट लिँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए । स्पिनर कुशल मल्लले २ र सोमपाल कामीले १ विकेट लिएका थिए ।

त्यसपछि जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । एक समय ८२-७ को स्थितिमा पुगेको नेपालका लागि युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र सोमपाल कामीले संयमित ब्याटिङ गर्दै जितसम्म डोर्याएका थिए ।

जित हासिल गर्नुभन्दा एक बल अघि आउट भएका रोहितले ६५ बलमा २ चौका सहित सर्वाधिक ४१ रनको योगदान दिए । सोमपाल कामी ३२ बलमा १ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे । आठौं विकेटका लागि रोहित र सोमपालले ५२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

ओपनर आसिफ शेख र कुशल भुर्तेलले नेपाललाई पहिलो विकेटका लागि ११.१ ओभरमा ४६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । चन्द सोपरले कुशल भुर्तेललाई १५ रनमा एलवीडब्लू आउट गर्दै पिएनजीलाई पहिलो सफलता दिलाए । कुशलले २८ बलमा २ चौका प्रहार गरे । त्यसपछि नेपालले लगातार विकेट गुमाएपछि समस्यामा परेको थियो ।

अर्का ओपनर आसिफ शेख ४६ बलमा ४ चौका सहित ३० रनमा क्याच आउट भए । आसिफलाई डेमियन राभूले गौडी टोकाबाट क्याच गराएका थिए । कप्तान ज्ञानेन्द्र मल्ल पनि धेरै समय क्रिजमा टिक्न सकेनन् । राभूको १७ औं ओभरको अन्तिम बलमा एज लागेर विकेटकिपर किप्लिङ डोरिगाबाट ६ रनमा क्याच आउट भए । २० बल खेलेका ज्ञानेन्द्रले बाउन्ड्री प्रहार गर्न सकेनन् । आरिफ शेख सोपरको बलमा ९ रनमा एलबीडब्लू आउट हुँदा नेपाल ६२–४ को अवस्थामा पुगेको थियो ।

पाँचौ विकेटका रुपमा शरद भेषावकर ६ रनमा क्याच आउट भएका छन् । शरद नोसैना पोकना बलमा क्याच आउट हुन पुगेका थिए । टोका २८ औं ओभरको पाँचौं बलमा कुशल मल्ल एक रनमा स्टम्पिङ आउन हुन पुगे । लगत्तै अर्को बलमा पवन सरार्फ गोल्डेन गक आउट हुँदा नेपाल २८ ओभरमा ८२–७ को संकट अवस्थामा पुगेको थियो । पिएनजीका गौडी टोकाले सर्वाधिक तीन विकेट लिए । डेमियन राभू र चन्द सोपरले दुई दुई विकेट लिए ।

आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नु अघि नेपालले तयारी स्वरुप दुई ओडिआई खेल खेल्ने वातावरण मिलाएको हो । यी दुई टोलीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.