4 years ago
September 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो ओडिआई खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई दुई विकेटले पराजित गरेको छ । जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएपनि नेपालले कमजोर ब्याटिङको कारण ३९.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको थियो ।

एक समय ८२–७ को अवस्थामा पुगेको नेपाललाई सोमपाल कामी र रोहित कुमार पौडेलले आठौं विकेटका लागि ५२ रनको महत्वपूर्ण साझेदारी गर्दै अप्रत्याशित हारबाट बचाएका थिए । रोहितले ४१, आसिफले ३० र सोमपालले २२ रनको योगदान दिए । तीव्र गतिका बलर करण केसी, विनोद भण्डारी र अभिनाश बोहरालाई नेपालले विश्राम दिएको थियो ।
बलिङमा उत्कृष्ट प्रदर्शनका साथ पिएनजीलाई सस्तैमा रोकेको थियो । ब्याटिङ भने नेपालले अपेक्षा भन्दा खराब प्रर्दशन गर्यो । तीव्र गतिका बलर विक्रम सोबले नेपाली राष्ट्रिय टोलीका लागि डेब्यू गरेका थिए । ओपनर कुशल भुर्तेल र आसिफ शेखले ओडिआईमा डेब्यू गरेका थिए ।
ब्याटिङमा नेपालका धेरै गल्ती रहे ।
वैशाखमा घरेलु मैदान टियुमा मलेसिया र नेदरल्यान्ड्सविरुद्ध सानदार ब्याटिङका साथ उपाधि जितेको नेपालले अपेक्षा अनुसार पहिलो खेलमा खेल्न सकेन । सबै समस्याहरु नेपालका पूरानै हुन् । नौलो भने कुनै थिएन । पिएनजीसँगको पहिलो खेलबाट नेपालले ब्याटिङमा धेरै कुराहरु सुधार गर्न आवश्यक देखिन्छ । पिएनजीसँगको पहिलो खेलमा नेपाली ब्याटिङमा देखिएका पाँच समस्याहरु यस प्रकार रहे ।

डट बल बढी
नेपालले विजयी लक्ष्य पूरा २ सय ३७ बल खेलेको थियो । जसमा १ सय ६८ बल डट थियो । त्यसको दबाबमा ब्याट्सम्यानहरु खराब सट खेल्दै आउट भए । डट बलले ब्याट्सम्यानलाई दबाब बढाउछ । यो कुरा ब्याट्सम्यानहरुलाई झने राम्रोसँग थाहा छ ।
तर मैदानमा त्यो समस्या पनि दोहोरियो । उक्त डट बलमा कमी गरेको भए नेपाललाई जितको लागि कठिन पर्ने थिएन । स्ट्राकइक परिर्वतन गर्न नसक्नु र पिच अनुसार खेल्न नसक्नु डट बल बढी हुनुको कारण थियो ।
धैर्यता राख्न नसक्नु
कमजोर ब्याटिङ हुनुमा ब्याट्सम्यानमा धैर्यता कमी थियो । नयाँ मैदान, वातावरण र विपक्ष्य टोली बारे बुझ्न जुन सकै खेलाडीहरुले पिचमा समय लिएर खेल्नुपर्ने हुन्छ । अझ नेपालले पछिल्लो पटक टि२० शैलीमा खेलेका हुँदा पनि मैदानमा धैर्यता कायम राख्न आवश्यक थियो । धैर्यता बिना ठूलो इनिङको लागि कठिन पर्छ ।
पिएनजीविरुद्ध रोहित बाहेक अन्य खेलाडीमा त्यो गुण देख्न सकिएन । रोहितले ६५बल खेले । ज्ञानेन्द्र २० बलमा ६, शरद २२ बलमा ६, आरिफ १९ बलमा ९, कुशल ३ बलमा १ र पवन गोल्डेन डक आउट भएका थिए । ओपनर आसिफले ४६ बलमा ३० र कुशल भुर्तेलले २८ बलमा १५ रन बनाए । मैदानमा ब्याट्सम्यानले धैर्यता देखाउन सकेनन् । खेलाडी सट छनोट र प्रहार गर्न निकै हतार गरेका थिए । जसले अपेक्षा अनुसार प्रर्दशन रहन सकेन । बाउन्ड्री प्रहारमा पनि ब्याट्सम्यान संघर्ष गरेको थियो ।

नेपालले कुल बाउन्ड्री ११ प्रहार गरेको थियो । जसमा ६ बाउन्ड्री दुई ओपनरको नाममा थियो । बाँकी ७ खेलाडीले पाँच बाउन्ड्री प्रहार गरे । सोमपाल कामीले एक चौका र एक छक्का प्रहार गरे । रोहितले २ चौका र आरिफले एक छक्का प्रहार गरेका थिए । आरिफले १६.३ ओभरमा छक्का प्रहार गरेका थिए ।
त्यसपछि नेपालले २९.३ ओभरमा बाउन्ड्रीको रुपमा चौका प्रहार गरेको थियो । दोस्रो बाउन्ड्रीको लागि नेपालले ७५ बल पर्खनु पर्यो । जस अवधीमा नेपालले पाँच विकेट गुमाएको थियो । बाउन्ड्रीले खेलाडीको आत्माविश्वास बढ्ने गर्दछ । डट बलले घट्ने गर्दछ ।
ब्याटिङमा जिम्मेवारीको कमी
गैर जिम्मेवार ब्याटिङ नेपाली क्रिकेटको पछिल्लो समय देखिएको सबैभन्दा ठूलो समस्या हो । स्कोर बोर्डको कुनै दबाब थिएन । सामान्य लक्ष्य पछ्याउनेक्रममा युवा ओपनर आसिफ र कुशलले ४६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । त्यसपछि मध्यक्रमका ब्याट्सम्यानले सहजै जिताउन सक्थें । तर ब्याट्सम्यानहरुको गैर जिम्मेवार ब्याटिङको कारण एक समय झण्डै हार नजिक पुगेको थियो ।

साझेदारीको कमी
क्रिकेटमा साझेदारीले निकै महत्वपूर्ण हुन्छ । आसिफ र कुशल पछि अन्य ब्याट्सम्यानले राम्रो साझेदारी गर्न सकेनन् । ३६ रन जोड्न ७ विकेट गुमाएपछि एक समय ४६–० को अवस्थामा रहेको नेपाल ८२–७ को कमजोर अवस्थामा पुगेको थियो ।
आठौं विकेटका लागि रोहित कुमार पौडेल र सोमपाल कामीले ५२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । जुन साझेदारीनै नेपालको जितको टर्निङ प्वाइन्ट बन्यो । क्रिकेटमा साझेदारी विना जित सम्भव हुँदैन । साझेदारी नबन्दा नेपाल समस्यामा परेको थियो ।
सिनियर खेलाडीकै कमजोर प्रदर्शन
नेपाली टोली युवा छ । युवा खेलाडीलाई अनुभवको आवश्यक पर्दछ । सिनियर खेलाडीको विशेष भूमिका रहने गर्दछ । अनुभबले दबाबमा पनि राम्रो प्रदर्शन गर्न सक्छन् । तर कप्तान ज्ञानेन्द्र र शरद दुबैको प्रदर्शन कमजोर रह्यो । त्यसको मानसिक असर युवा खेलाडीमा पर्दा दबाबमा आफूलाई सम्हाल्न सकेनन् । कुशल र पवनले हतार गर्नुको एक कारण यो पनि थियो । सिनियर खेलाडीले जिम्मेवारीका साथ उत्कृष्ट प्रदर्शन गर्न सके युवा खेलाडीलाई पनि सहज हुन सक्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]