4 years ago
September 8, 2021
एजेन्सी – श्रीलंकाले तेस्रो ओडिआई खेलमा दक्षिण अफ्रिकामाथि ७८ रनको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई सिरिज श्रीलंकाले २–१ ले जितेको छ ।

जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३० ओभरमा १ सय २५ रनमा अल आउट भयो । दक्षिण अफ्रिका हेनरिक क्लासेनले ३० बलमा ३ चौका सहित सर्वाधिक २२ रनको योगदान दिए । जान्नेमान मलान र जर्ज लिन्डे १८–१८ रनमा आउट भए । कप्तान केशव महाराज १५ र एन्डिलो फेहलुकवयो १७ रनमा आउट भए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
श्रीलंका डेब्यू खेलमै स्पिनर महेश थेक्शानाले १० ओभरमा ३७ रन खर्चेर ४ विकेट लिए । दुश्मन्था चमरा र वानिन्दु हसरंगाले दुई दुई विकेट लिए । प्रवीन जयव्रिकमा चरिथ असालंकाले एक एक विकेट लिए । त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३ रन बनायो । श्रीलंका चरिथ असालंकाले ७१ बलमा २ चौका सहित सर्वाधिक ४७ रनको योगदान दिए ।

तल्लोक्रममा दुश्मन्था चामिराले ३९ बलमा ३ चौका सहित २९ रन बनाए । अविष्का फ्रनान्डो १०, दीनेश चान्डिमल ९, कामिन्दु मेन्डिस १६ र कप्तान दासुन शनका १३ रनमा आउट भए । धनन्जय डि सिल्भा ४४ बलमा २ चौका सहित ३१ रन जोडे । दक्षिण अफ्रिका स्पिनर केशव महाराजले सर्वाधिक तीन विकेट लिए । जर्ज लिन्डे र तबरेज शाम्सीले दुई दुई विकेट लिए । वियान मुल्डर र एडेन माक्ररमले एक एक विकेट लिए ।
दुश्मन्था चामिरा प्लेयर अफ द म्याच चुनिए । चारिथ असालंका प्लेयर अफ द म्याच चुनिए । श्रीलंका पहिलो खेलमा १४ रनले विजयी भएको थियो । दोस्रो खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा ६७ रनले पराजित भएको थियो । दक्षिण अफ्रिका र श्रीलंकाबीच तीन टि२० आई सिरिज हुने छ । पहिलो खेल शुक्रबार हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]