default_image

4 years ago

September 8, 2021

विक्रमको ड्रिम डेब्यू

153 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

तीव्र गतिका बलर विक्रम सोबले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट मंगलबार पपुवा न्युगिनीविरुद्ध सानदार डेब्यू गरे । नेपालको राष्ट्रिय जर्सीमा खेल्ने लामो प्रतीक्षा अन्त्य गर्दै विक्रमले पहिलो ओडिआई खेलमा ड्रिम डेब्यू गरे । ओडिआई करीअरको पहिलो बलमै विकेट लिँदै विक्रमले डेब्यूलाई यादगार बनाए । ओडिआईमा डेब्यूको पहिलो बलमै विकेट लिने उनी नेपालबाट पहिलो खेलाडी बने । समग्रमा ओडिआई विश्वको २८ औं बलरमा बने ।

प्रमुख तीव्र गतिका बलर करण केसीलाई पहिलो खेलमा विश्राम दिँदै नेपालले विक्रमको डेब्यूको प्रतीक्षा अन्त्य गरेको थियो । विक्रमलाई ओमान भ्रमणको लागि नेपाली टोलीको व्यवस्थापकको रुपमा रहेका दाउद अन्सारीले २६ औं ओडिआई क्याप दिएका थिए । आफ्नो स्पेलको पहिलो बलमै पिएनजीका प्रमुख ब्याट्सम्यान टोनी उरालाई बोल्ड आउट गर्दै नेपाललाई उत्कृष्ट सुरुवात मात्र दिलाएनन् कीर्तिमान नै बनाए । त्यसपछिका पाँच बल कप्तान असाद भालालाई डट राख्दै विकेट ओभर मेडन राखे ।

सोबले व्यक्तिगत दोस्रो तथा टोलीको चौथो ओभरको अन्तिम बलमा भालालाई सेकेन्ड स्लिपमा आरिफ शेखबाट क्याच गराएपछि नेपाल पूर्ण रुपमा हाबी बनेको थियो । पिएनजी ब्याटिङ उरा र भालामाथि बढी निर्भर छ । विक्रमले दुबै प्रमुख खेलाडीलाई सुरुवाती चार ओभरमै आउट गरपछि पूनरागमन गर्न कठिन परेको थियो । अनुशासित लाइन र लेन्थमा बलिङ गरेका उनले ५ ओभरमा १ मेडन सहित २० रन खर्चेर २ विकेट लिए । पिएनजी ३३ ओभरमै १ सय ३४ रनमा अल आउट भएपछि उनले दोस्रो स्पेल पाएनन् ।

विक्रम राष्ट्रिय टोलीमा परेको ६ वर्षपछि डेब्यू सपना पूरा गरे । यसअघि तीन पटक नेपाली टोलीको अन्तिम टोलीमा परेपनि डेब्यूको अवसर पाएका थिएनन् । स्पिन आक्रामण हाबी र तीव्र गतिका बलर कम प्राथमिकता कारण टोलीमा परेपनि अन्तिम–११ मा पर्न सकेका थिएनन् । कोरोना महामारीको कारण नेपालको १७ सदस्य टोलीले ओमान भ्रमण गर्दा मौका पाएका थिए ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत २०१५ को नोभेम्बरमा पिएनजीविरुद्ध पहिलो पटक टोलीमा परेका थिए । उनले संयोगबस ६ वर्षपछि पिएनजीविरुद्धनै डेब्यू गरे । पिएनजीसँगको दुबै खेल कीर्तिपुर मैदानमा हुने कार्यक्रम थियो । तर अन्तर्राष्ट्रिय खेलको लागि उक्त स्तरको मैदान नभएको भन्दै खेल आइसिसीले यूएईमा गराएको थियो । नेपालले तीव्र गतिका बलरको रुपमा महबुब आलम र सोमपाल कामीलाई खेलाएको थियो । नेपाल दुवै खेलमा पराजित भएको थियो । नेपालले शक्ति गौचन, बसन्त रेग्मी र इरशाद अहमद गरि तीन स्पिनर टोलीको प्लेइङ –११ मा खेलाएको थियो ।

च्याम्पियनसिप अन्तर्गतनै २०१६ को अगष्टमा दुई खेलको लागि नेपालले नेदरल्यान्ड्स भ्रमण गर्दा सोब अन्तिम १५ टोलीमा थिए । पहिलो खेलमा करण केसी र सोमपाल खेलेका थिए । उक्त खेल नेपालले ७ विकेटले हारेको थियो । दोस्रो खेलमा नेपालले करणलाई बेन्चमा राख्दै शक्ति, सन्दीप र बसन्त गरि तीन स्पिनर खेलाएको थियो । उक्त खेलमा नेपाल १९ रनले विजयी भएको थियो ।

नेपालले २०१६ को लर्ड्स मैदानमा मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँग ऐतिहासिक खेल खेल्दा विक्रम बेन्चमा थिए । लगातार स्पिनर आक्रामण मजबुत र दुई तीव्र गतिका बलर रोजाईको कारण तीन पटक नेपाली टोलीमा परेपनि विक्रमले डेब्यूको मौका पाएका थिएनन् ।
त्रिभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्ने विक्रमले औसत प्रदर्शन गर्दै आएका थिए ।

२०१७ को इपिएलमा विक्रमले पोखरा राइनोजबाट खेल्दै ६ खेलमा ३ विकेट लिएका थिए । २०१८ माको इपिएलमा ५ खेलमा ६ विकेट लिएका थिए । २०१९ को धनगढी प्रिमियर लिग (डिपिएल) मा विक्रमले रुपन्देही च्यालेन्जर्सबाट ६ खेलमा १० विकेट लिँदै राम्रो प्रभाव छाडेका थिए । आर्मीमा उनको प्रदर्शन यसअघि औसत थियो । आर्मीका प्रमुख तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र कुशल मल्लले टि१० लिगको कारण प्रधानमन्त्री कप गुमाएपछि विक्रम पहिलो रोजाईमा खेल्दै बलियो प्रदर्शन गरेका थिए ।

प्रमुख तीन खेलाडी बिनाको कमजोर मानिएको आर्मीलाई पिएमकप उपाधि जिताउन विक्रमले मध्यक्रमका सन्दीप जोरा, सुमित महर्जन र भुवन कार्कीको महत्वपूर्ण विकेट लिँदै महत्वपूर्ण योगदान दिएका थिए । जुन प्रदर्शनपछि विक्रमले टोलीमा पूनरागमन गरेका थिए । कोरोना महामारीको कारण १७ सदस्य खेलाडी ओमान भ्रमण गर्दा विक्रमलाई पाँच वर्षपछि टोलीमा पुनरागमन गर्न सहज भएको थियो ।

प्लेइङ–११ मा विक्रमलाई सहज थिएन । तर नेपालले करण र अभिनाश दुबैलाई विश्राम दिएको थियो । अर्का युवा तीव्र गतिका बलर गुलशन झा पनि डेब्यूको प्रतीक्षमा छन् । महेन्द्रनगरबाट क्रिकेट खेलेर हुर्किएका सोबबाट तल्लोक्रममा ब्याटिङको पनि आशा गर्न सकिन्छ ।

२९ वर्षिय विक्रमले नेपाली टोलीको जर्सीमा मैदान उत्रर्न निकै लामो प्रतीक्षा गर्नुपर्यो । मौका पाएको पहिलो खेलमा उनले भरपूर्ण सदुपयोग गरे । टोलीमा निरन्तर स्थान बनाउन यो भन्दा कडा मिहिनेत गर्नुपर्ने हुन्छ । नेपाली टोलीमा पछिल्लो समय तीव्र गतिका बलरहरुबीच स्थान बनाउन उच्च प्रतिस्पर्धा छ । युवा खेलाडीले सिनियरलाई निरन्तर दबाब दिँदै आएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.