4 years ago
September 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा दोस्रो विदेशी खेलाडीको रुपमा क्यानडाका तीव्र गतिका बलर रयानखान पठानलाई अनुबन्ध गरेको छ ।

२९ वर्षिय पठानले क्यानडाबाट एक ओडिआई र नौं लिष्ट ए खेल खेलेका छन् । उनले ओडिआईमा दुई र लिष्ट ए मा १० विकेट लिएका छन् । उनी तल्लोक्रममा ब्याटिङको पनि क्षमता राख्छन् । २०१३ मा उनले केन्याविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । यसअघि विराटनगरले पहिलो विदेशी खेलाडीको रुपमा जिम्बावेका अलराउन्डर सिकन्दर राजालाई अनुबन्ध गरेको थियो ।
इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुँदै छ । फ्रेन्चाइज टोलीले तीव्र रुपमा तयारी अगाडि बढाएका छन् । २०१७ अर्थात दोस्रो संस्करणको उपाधि विराटनगर वारियर्सले जितेको थियो । विराटनगरले फाइनलमा भैरहवा ग्ल्याडियटर्सलाई एक रनले हराउँदै उपाधि जितेको थियो । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका पारसले इपिएल खेल्ने वा नखेल्ने अनिश्चित छ । विराटनगरबाट सौरभ खनाल, अनिल खरेल, सुमित महर्जन, करण केसी, हरि चौहान, अनिल कुमार शाह, आसिफ शेख, वसन्त रेग्मी, प्रतिश जिसी लगायतका खेलाडी छन् ।

चितवन टाइगर्सले आफ्नो पाँचै विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । चितवनमा अफगानिस्तानका मोहम्मद शाहजाद, करिम जन्नत, मलेसिया विरनदीप सिंह, पाकिस्तानका दानिस अजिज र श्रीलंका शेक्कुगे प्रसन्ना छन् । काठमाडौंले पाकिस्तानका पूर्व क्रिकेटर शाहिद अफ्रिदी, ललितपुरले भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी, इंग्ल्यान्डका एलेक्स ब्लेक र अफगानिस्तानका आजमतुुल्लाह ओमरजाई नाम सार्वजनिक गरि सकेको छ ।
त्यस्तै विराटनगर वारियर्सले जिम्बावेका अलराउन्डर सिकन्दर राजा नाम सार्वजनिक गर्दा पोखोरा राइनोजले कुनै पनि विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छैन । चितवन टाइगर्सले आफ्नो पाँचै विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । चितवनमा अफगानिस्तानका मोहम्मद शाहजाद, करिम जन्नत, मलेसिया विरनदीप सिंह, पाकिस्तानका दानिस अजिज र श्रीलंका शेक्कुगे प्रसन्ना छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]