default_image

4 years ago

September 8, 2021

बंगलादेशलाई न्युजिल्यान्डविरुद्ध ऐतिहासिक सिरिज

113 views

0 Bookmark

एजेन्सी – बंगलादेशले न्युजिल्यान्डविरुद्ध टि२० आई इतिहासकै पहिलो सिरिज जितेको छ । चौथो टि२० आई खेलमा घरेलु टोली बंगलादेशले न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै पाँच खेलको सिरिज एक खेल अगावै ३–१ ले जितेको हो ।

सामान्य ९४ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १९.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशका कप्तान महमुदूल्लाह रियाद ४८ बलमा १ चौका र २ छक्का सहित ४३ रनमा अविजित रहे । ओपनर मोहम्मद नईम ३५ बलमा १ चौका र १ छक्का सहित २९ रन बनाउँदै रन आउट भए । लिटन दास ६, सकिब अल हसन ८ र मुश्फिकुर रहिम शून्यमा आउट भए । न्युजिल्यान्डका स्पिनर अजाज पटेलले सर्वाधिक दुई विकेट लिए । कोले म्याकोन्चीले एक विकेट लिए ।

त्यसअघि शेरे बंगला राष्ट्रिय मैदानमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्ड १९.३ ओभरमा ९३ रनमा अल आउट भयो । न्युजिल्यान्डका विल योंगले ४८ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ४६ रनको योगदान दिए । कप्तान टम लाथम २६ बलमा १ चौका सहित २१ रन बनाए । फिन एलेन ८ बलमा १ छक्का सहित १२ रनमा आउट भए । न्युजिल्यान्डका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा चार खेलाडीले खाता खोल्न सकेनन् ।

बंगलादेशका स्पिनर नासुम अहमदल ४ ओभरमा २ मेडन सहित १० रन खर्चेर ४ विकेट लिए । तीव्र गतिका बलर मुस्ताफिजुर रहमानले ३.३ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । माहदी हसन र मोहम्मद सैफउद्दिनले एक एक विकेट लिए । बंगलादेश पहिलो र दोस्रो खेलमा ७ विकेट र ४ रनले विजयी भएको थियो । तेस्रो खेलमा न्युजिल्यान्ड ५२ रनले विजयी भएको थियो । पाँचौ तथा अन्तिम खेल शुक्रबार हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.