default_image

4 years ago

September 8, 2021

भारतद्वारा टि२० विश्वकप खेल्ने टोली घोषणा

190 views

0 Bookmark

एजेन्सी – उपाधिको बलियो दाबेदार भारतले आगमी अक्टोबर नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा हुने टि२० विश्वकपको लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । विराट कोहलीको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ ।

विश्वकप टोलीमा रविचन्द्रन आश्विन पर्दा युजभेन्द्र चहल, शिखर धवन, पृथ्वी शा, क्रुनाल पान्ड्या र दीपक चाहर लगायतका खेलाडीले अन्तिम टोलीमा स्थान बनाउन सकेका छैनन् । सन् २०१७ यता भारतबाट सिमित ओभरको नखेलेका आश्विन विश्वकप टोलीमा रहँदा पहिलो रोजाइमा खेल्दै आएका लेगस्पिनर चहल भने टोलीमा छैनन् ।

शिखर धवन, सन्जु स्यामसन, पृथ्वी शा लगायतका ब्याट्सम्यान टि२० विश्वकप टोलीमा छैनन् । भारतले चार प्रमुख स्पिनर टोलीमा राखेको छ । तीव्र गतिका बलरको रुपमा तीन मात्र प्रमुख बलर छन् । भारतले टोलीमा ब्याटिङ र पिचको अवस्थालाई बढी जोड दिँदै टोली घोषणा गरेको छ ।

भारत टि२० विश्वकपको सुपर १२ को समूह बी मा छ । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उप विजेता छन् ।

ईशान किशन र सूर्यकुमार यादवले टि२० विश्वकपमा स्थान पक्का गरेका छन् । श्रेयस ऐर, शार्दूल ठाकुर र दीपक चाहर वैकल्पिक खेलाडीको रुपमा छन् । भारतले अक्टोबर २४ मा पाकिस्तानसँग खेल्दै विश्वकपमा सुरुवात गर्ने छ । टि२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा चल्ने छ ।

भारतको टि२० विश्वकप टोली:

विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), लोकेश राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), ईशान किशन (विकेटकिपर), हार्दिक पान्ड्या, रभिन्द्र जडेजा, राहुल चाहर, रविचन्द्रन आश्विन, अक्षर पटेल, बरुण चक्रवर्ती, जस्प्रित बुमराह, भुवनेश्वर कुमार र मोहम्मद शामी

वैकल्पिक खेलाडी : श्रेयस ऐर, शार्दूल ठाकुर र दीपक चाहर

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.