4 years ago
September 9, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका सर्वाधिक पूर्व सफल कप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी नयाँ जिम्मेवारीका साथ राष्ट्रिय टोलीमा फर्कने भएका छन् । धोनीलाई भारतले अर्को महिना संयुक्त अरब इमरेट्स (यूएई) र ओमानमा हुने टि२० विश्वकपको लागि टोलीको मेन्टरको रुपमा नियुक्त गरेको छ ।

भारतले विराट कोहलीको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्य टोली घोषणा गरेको छ । धोनी मेन्टरको रुपमा भारतीय विश्वकप टोलीमा हुने छन् । खेलाडी र कोचिङ स्टाफलाई धोनीले सल्लाह र सुझाव दिनेछन् ।
खेलाडीको कमजोरी पहिल्याउँदै सुधारको लागि आवश्यक सुझाव दिने छन् । खेलाडीलाई हौसला र प्रेरणा प्रदान गर्ने छन् । धोनी भारतका सर्वाधिक सफल कप्तान हुन् । धोनी आइसिसीको एकदिवसिय, टि२० र च्याम्पियन्स ट्रर्फीको उपाधि जित्ने एक्लो कप्तान हुन् ।
चतुर दिमागका खानी भएका धोनीले विपक्षी टोली र खेलाडीको कमजोरी, पिचको जानकारी तुरुन्त थाहा पाउँदै त्यहिँ अनुसार सल्लाह दिनुको साथै रणनीति बनाउने गर्दछन् । क्रिकेटका असली जेन्टलम्यान धोनी शान्त र शालीन स्वभावका छन् । टि२० विश्वकप इतिहासमा धोनी पहिलो पटक खेलाडी बाहिरको भूमिकामा हुने छन् । सन् २००७ देखि २०१६ सम्म धोनीले टि२० विश्वपकपमा कप्तानी गरेका थिए । यसअघिका सबै टि२० विश्वकप धोनीले खेलेका थिए ।
सन् २००७ मा भारतले धोनीको मास्टर प्लानमा भारतले टि२० विश्वकप उपाधि जितेको थियो । २०११ मा भारतले एकदिवसिय विश्वकप उपाधि जित्दा धोनीको कप्तानी र प्रदर्शन उत्कृष्ट थियो । २०१७ मा धोनीले सिमित ओभरबाट कप्तानी छाडेका थिए । २०१९ को एक दिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेको उनको अन्तिम अन्तर्राष्ट्रिय खेल हो । धोनी कप्तान मात्र नभएर विकेटकिपर र ब्याट्सम्यानका रुपमा पनि विश्वका एक सर्वोत्कृष्ट खेलाडी हुन् ।

धोनीले सुरुवात २००७ देखिनै इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सको कप्तानी गर्दै आएका छन् । चेन्नईले धोनीको कप्तानीमा तीन पटक उपाधि जितेको छ । पाँच पटक फाइनलमा पराजित छ । चेन्नईले खेलेका ११ संस्करण मध्य तीन सिजनमा मात्र फाइनलमा पुग्न सकेको थिएन ।
धोनीले गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । धोनीले चेन्नईबाट २०२२ सम्म आइपिएल खेल्ने सम्भावना छ । भारतले दबाब र ठूला प्रतियोगितामा कठिन प्रदर्शन गर्दै आएको छ । सफल कप्तान तथा खेलाडी धोनीको अनुभवको भारत भरपुर फाइदा उठाउने सोचका साथ नयाँ भूमिका दिएको छ ।
भारतको विश्वकप टोलीमा केहि आश्चर्यजनक नाम छन् । २०१७ देखि सिमित ओभरमै नभएका स्पिनर रविचन्द्रन आश्विन विश्वकप टोलीमा पर्दा पहिलो रोजाईका लेगस्पिनर युजभेन्द्र चहलले विश्वकपमा स्थान बनाउन सकेनन् । पछिल्लो समय उच्च लयमा रहेका युवा ओपनर पृथ्वी शा पनि टोलीमा छैनन् । भारतले ६ प्रमुख ब्याट्सम्यान, दुई अलराउन्डर, चार स्पिनर र तीन तीव्र गतिका बलर गरि कुल १५ सदस्य टोली घोषणा गरेको छ ।
भारतको टि२० विश्वकप खेल्ने टोली : विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), लोकेश राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), ईशान किशन (विकेटकिपर), हार्दिक पान्ड्या, रभिन्द्र जडेजा, राहुल चाहर, रविचन्द्रन आश्विन, अक्षर पटेल, बरुण चक्रवर्ती, जस्प्रित बुमराह, भुवनेश्वर कुमार र मोहम्मद शामी ।
वैकल्पिक खेलाडी : श्रेयस ऐर, शार्दूल ठाकुर र दीपक चाहर ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]