default_image

3 years ago

September 11, 2021

भारतको विश्वकप टोलीमा नपरेका चर्चित पाँच खेलाडी

एजेन्सी – भारतले अर्को महिना संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा हुने टि२० विश्वकपको लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । विराट कोहलीको कप्तानीमा भारतले १५ सदस्य टोली घोषणा गरेको छ । भारतको विश्वकप खेल्ने टोलीमा पर्ने र नपर्ने केहि आश्चर्य नाम रहेका छन् । भारतको विश्वकप टोलीमा रविचन्द्रन आश्विनले सबैलाई आश्चर्य पार्दै स्थान […]

43 views

0 Bookmark

एजेन्सी – भारतले अर्को महिना संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा हुने टि२० विश्वकपको लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । विराट कोहलीको कप्तानीमा भारतले १५ सदस्य टोली घोषणा गरेको छ । भारतको विश्वकप खेल्ने टोलीमा पर्ने र नपर्ने केहि आश्चर्य नाम रहेका छन् ।

भारतको विश्वकप टोलीमा रविचन्द्रन आश्विनले सबैलाई आश्चर्य पार्दै स्थान बनाएका छन् । आश्विनले २०१७ पछि भारतको सिमित ओभरको क्रिकेट खेलेका छैन् । स्पिनर बरुण चक्रवर्ती र अक्षर पटेल पनि भाग्यमानि मानिएका छन् । यता भारतीय टोलीका सर्वाधिक सफल स्पिनर युजभेन्द्र चहल टोलीमा छैनन् ।

भारत टि२० विश्वकपको सुपर १२ को समूह बी मा छ । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उप विजेता रहने छन् । भारतले अक्टोबर २४ मा पाकिस्तानसँग खेल्दै विश्वकपमा सुरुवात गर्ने छ । टि२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा चल्ने छ । भारतको विश्वकप टोलीमा नपरेका पाँच चर्चित खेलााडी यस प्रकार छन् ।

५. श्रेयस ऐर

२६ वर्षिय युवा ब्याट्सम्यान श्रेयस ऐर भारतको वैकल्पिक खेलाडीमा छन् । मध्यक्रमका भरपर्दा ब्याट्सम्यान मानिने ऐर विश्वकपमा बलियो सम्भावना बोकेका खेलाडी थिए । दिल्ली क्यापिटल्सका कप्तान समेत रहेका ऐरलाई भारतले अन्तिमा टोलीमा राखेको छैन । चोटका कारण ऐरले यस सिजनको आइपिएल सुरुवाती खेलेका थिएनन् । उनी पछिल्लो दुई वर्षदेखी भारतीय मध्यक्रम ब्याटिङ समाधानको रुपमा उभिदै आएका थिए । ऐरले भारतबाट २८ टि२० आई खेलेका छन् ।

४. पृथ्वी शा

युवा ओपनर शाले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । भारतलाई यू१९ विश्वकप जिताएका कप्तान शाले आइपिएलको सुरुवाती खेलमा उत्कृष्ट लयका साथ ८ खेलमा ३ सय ८ रन जोडेका थिए । शा आक्रामक ब्याटिङका लागि चर्चित युवा ब्याट्सम्यान हुन् । आइपिएलमा कोरोना कारण स्थगित हुनुअघि कोलकाताविरुद्ध ८२ रनको इनिङ खेल्नेक्रममा शिवम माभीलाई एकै ओभरमा ६ चौका प्रहार गरेका थिए ।

निडर स्वभावका शा आक्रामक ब्याटिङ गर्न रुचाउँछन् । पावर प्लेमा भरपुर फाइदा उठाउँदै टोलीलाई उत्कृष्ट सुरुवात दिन सक्छन् । शा टि२० विश्वकप खेल्न सक्ने बलिया दाबेदार खेलाडी थिए । उनको लय पनि उच्च थियो । तर पर्न सकेनन् ।

३. दीपक चाहर

तीव्र गतिका बलर दीपक चाहरको विश्वकप टोलीको वैकल्पिक खेलाडीको सुचिमा छन् । दीपकले पावर प्लेमा नयाँ बलको साथ राम्रो स्वींग गराउने गर्दछन् । दीपकले २०१८ मा इंग्ल्यान्डविरुद्ध टि२० आईमा डेब्यू गरेका थिए । चेन्नई सुपर किंग्सबाट आइपिएलमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका चाहर विश्वकप खेल्न सक्ने बलियो दाबेदार खेलाडी पनि थिए ।

दीपक टि२० आई इतिहासमा एकै खेलमा सर्वोत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । दीपकले भारतबाट १४ खेलमा २० विकेट लिएका छन् । उत्कृष्ट प्रदर्शन ३.२ ओभरमा ७ रन खर्चेर ६ विकेट छ । जुन टि२० इतिहासकै सर्वोत्कृष्ट प्रदर्शन हो । भारतले तीन मात्र तीव्र गतिका बलर टोलीमा राख्दा चाहर अन्तिम टोलीमा पर्न सकेनन् ।

२. शिखर धवन

शिखर धवन भारतका वर्तमान समयका रोहित शर्मापछि सर्वाधिक अनुवभी ओपनर हुन् । तर धवनलाई भारतले विश्वकप टोलीमा समेटेको छैन । आइपिएल दिल्ली क्यापिटल्सबाट खेल्ने धवनले अघिल्लो महिना श्रीलंका टोलीको कप्तानी समेत गरेका थिए । भारतबाट ६८ टि२० आई खेल खेलेका धवनले ११ अर्धशतक सहित १ हजार ७ सय ५९ रन बनाएका छन् । भारतीय टि२० आईमा विराट कोहली र रोहित शर्मापछि सर्वाधिक धेरै रन बनाउने खेलाडीमा पर्छन् ।

गतवर्ष आइपिएलमा धवनले लगातार दुई शतक प्रहार गरेका थिए । यस पटकको आइपिएल कोरोना कारण स्थगित हुनुअघि धवन सर्वाधिक रन बनाउने खेलाडीमा शीर्ष स्थानमा छन् । धवनले ८ खेलमा ३ अर्धशतक सहित ३ सय ८० रन बनाएका थिए । उनको स्ट्राइकरेट १ सय ३४ छ । भारतले विश्वकपमा ओपनरमा रुपमा रोहित शर्मा र लोकेश राहुललाई राखेको छ । ईशान किशनलाई पनि ओपनरमा प्रयोग गर्न सक्छ । किशन विकेटकिपरसँगै आक्रमक ब्याटिङ गर्ने हुँदा धवनलाई बाहिर राखेको हो ।

१.युजभेन्द्र चहल

भारतको विश्वकप टोलीमा भारतले सबैलाई आश्चर्य पार्दै लेगस्पिनर राहुल चहललाई बाहिर राखेको छ । लेगस्पिनर चहल म्याच विनर खेलाडी हुन् । चहल २०१६ देखि टि२० खेलमा भारतको पहिलो रोजाईमा खेल्दै आएका छन् । टि२० क्रिकेटमा चहल भारतका सर्वाधिक सफल बलर हुन् ।

२०१६ मा जिम्बावेविरुद्ध टि२० आईमा डेब्यू गरेका चहलले ४९ टि२० आईमा ६३ विकेट लिएका छन् । उत्कृष्ट प्रदर्शन ६–२५ छ । चहलले आफ्नो गुगली र लेगस्पिनमा विपक्ष्य टोलीको मध्यक्रम धरासय बनाउँदै आएका थिए । विश्वकपमा उनको स्थान पक्का जस्तै मानिएको थियो । लेगस्पिनर राहुल चाहरले स्थान बनाउँदा चहललाई बाहिर राखेको छ ।

भारतको टि२० विश्वकप टोली:

विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), लोकेश राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), ईशान किशन (विकेटकिपर), हार्दिक पान्ड्या, रभिन्द्र जडेजा, राहुल चाहर, रविचन्द्रन आश्विन, अक्षर पटेल, बरुण चक्रवर्ती, जस्प्रित बुमराह, भुवनेश्वर कुमार र मोहम्मद शामी

वैकल्पिक खेलाडी : श्रेयस ऐर, शार्दूल ठाकुर र दीपक चाहर

April 19, 2024

नेपाल युएईको सामना गर्दै

मस्कट (हाम्रो खेलकुद) – एसीसी प्रिमियर कपको उपाधि रक्षा लक्ष्य सहित ओमान आएको नेपाली क्रिकेट टोलीले आज सेमिफाइनलमा चिर प्रतिद्वन्दी (संयुक्त अरब इमिरेट्स) युएईको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ। नेपाल समूह एको विजेता र युएई समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो।भएको छ । गत संस्करणको फाइनलमा भिडेका यी दुई […]

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

Success

Thank you for your time.