default_image

4 years ago

September 9, 2021

बंगलादेशद्धारा टि२० विश्वकप खेल्ने टोली घोषणा

219 views

0 Bookmark

एजेन्सी – बंगलादेशले अर्को महिना संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा आयोजना हुने टि२० विश्वकपको लागि टोली घोषणा गरेको छ । महमुदूल्लाह रियादको कप्तानीमा बंगलादेशले १५ सदस्य टोली घोषणा गरेको हो ।

अनुभवी ब्याट्सम्यान मुश्फिकुर रहिमलाई टोलीमा समेट्दा सर्वाधिक सफल ओपनर तमिम इकबाल विश्वकप टोलीमा छैनन् । इकबालले यसअघिनै आफूले विश्वकप नखेल्ने बताएका थिए । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडीलाई बंगलादेशले निरन्तरता दिएको छ ।
बंगलादेश पहिलो चरणको समूह बी मा छ । बंगलादेशसँगै ओमान, नामिबिया र पपुवा न्युगिनी छन् ।

टि२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म चल्ने छ । बंगलादेश भएका पहिलो समूह चरणका खेलहरु ओमानमा हुने छन् । बंगलादेशले पहिलो खेल अक्टोबर १७ मा स्कटल्यान्डसँग खेल्ने छ । अक्टोबर १९ मा ओमान र अक्टोबर २१ मा पिएनजीसँग खेल्ने कार्यक्रम छ । समूह बी बाट शीर्ष दुई रहन सके सुपर १२ मा स्थान बनाउने छ ।

घरेलु मैदानमा अष्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध ऐतिहासिक टि२० आई सिरिज जितेको बंगलादेश उच्च मनोबलका साथ विश्वकप खेल्दै छ । अघिल्लो महिना अष्ट्रेलियाविरुद्ध पाँच टि२० आई सिरिज बंगलादेशले ४–१ ले जितेको थियो । न्युजिल्यान्डसँगको पाँच टि२० आई सिरिज एक अगावै ३–१ ले जिति सकेको छ ।

बंगलादेशको टोली : महमुदूल्लाह रियाद (कप्तान), सकिब अल हसन, मुश्फिकुर रहिम, सौम्य सरकार, लिटन दास, अफिफ हुसैन, मोहम्मद नईम शेख, नुरुल हसन (विकेटकिपर), समिम हसनैन, मुस्ताफिजुर रहमान, तस्किन अहमद, मोहम्मद सैफउद्दिन, शोरिफुल ईस्लाम, माहेदी हसन र नासुम अहमद ।

भ्रमण वैकल्पिक खेलाडी :

रुबेल हसन र नमिनुल इस्लाम

टि२० विश्वकपमा समूह चरण :

पहिलो चरण :

समूह ए : नेदरल्यान्ड्स, आयरल्यान्ड, नामिबिया र श्रीलंका

समूह बी : ओमान, पिएनजी, बंगलादेश र स्टकल्यान्ड

सुपर १२ :

समूह ए : इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, अष्ट्रेलिया, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता ।

समूह बी : भारत, पाकिस्तान, अफगानिस्तान, न्युजिल्यान्ड, पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.