default_image

4 years ago

September 11, 2021

बंगलादेशका स्टार ब्याट्सम्यान तमिमले इपिएल खेल्ने

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिम इकबालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाट खेल्ने भएका छन् । भैरहवाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै तेस्रो विदेशी खेलाडीको रुपमा तमिमसँग सम्झौता गरेको जानकारी दिएको छ ।

३२ वर्षिय बायाँ हाते बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिमले ६४ टेस्ट, २ सय १९ ओडिआई, ७८ टि२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । तमिमसँग २ सय २९ टि२० खेलको अनुभव छ । तमिम बंगलादेशबाट टेस्ट र ओडिआईमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । टि२० आईमा बंगलादेशबाट सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा छन् ।

तमिमले टि२० आईमा १ शतक र ७ अर्धशतक सहित १ हजार ७ सय ५८ रन बनाएका छन् । तमिम बंगलादेशबाट टि२० आईमा शतक प्रहार गर्ने पहिलो र एक्लो क्रिकेटर हुन् । उनले २०१६ को टि२० विश्वकपमा ओमानविरुद्ध ६३ बलमा १ सय ३ रनको अविजित शतकीय इनिङ सहित इतिहास रचेका थिए ।

तमिमले टेस्टमा ९ शतक र ३१ अर्धशतक सहित कुल ४ हजार ७ सय ८८ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन २ सय ६ रन छ । ओडिआईमा १४ शतक र ५१ अर्धशतक सहित ७ हजार ६ सय ६६ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन १ सय ५८ रन छ । २०२० मार्चदेखि बंगलादेशको ओडिआई टोलीको कप्तानी सम्हाल्दै आएका छन् ।

तमिमले टि२० विश्वकपबाट आफ्नो नाम फिर्ता लिएका थिए । तमिम बिनानै बंगलादेशले विश्वकप खेल्ने टोली घोषणा गरि सकेको छ । तमिमले आफूले लामो समय देखि टि२० आई खेल बंगलादेशबाट नखेलेको हुँदा विश्वकपको लागि अरुनै लयमा रहेका खेलाडी योग्य भएको बताउँदै नाम फिर्ता लिएका थिए ।

भैरहवाले विदेशी खेलाडीको रुपमा यसअघि श्रीलंका पूर्व कप्तान तथा ओपनर उपुल थरंगा र तीव्र गतिका बलर धाम्मिका प्रसादलाई टोलीमा अनुबन्ध गरि सकेको छ । दीनेश चान्डिमलको नाम सार्वजनिक गरेपनि अन्तर्राष्ट्रिय व्यस्तताको कारण नआउने जानकारी दिई सकेको छ ।
चौथो संस्करणको इपिएल आगमी असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोवर ९ ) सम्म टियु मैदानमा हुँदै छ ।

भैरहवा पछिल्ला दुबै संस्करणमा उपविजेता सिमित भएको छ । पछिल्लो संस्करणको फाइनल २०१८ मा भैरहवा ललितपुर प्याट्रीयट्र्ससँग १४ रनले पराजित हुँदै च्याम्पियन बन्नबाट चुकेको थियो । दोस्रो संस्करण २०१७ मा विराटनगर वारियर्ससँग एक रनले पराजित हुन पुगेको थियो ।
भैरहवा मुख्य प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दसानायेके छन् ।

भैरहवामा नेपाली घरेलु क्रिकेटका सफल कप्तान शरद भेषावकरले नेतृत्व गर्दा युवा ब्याट्सम्यान आरिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल र तीव्र गतिका बलर अभिनाश बोहरा जस्ता वर्तमान नेपाली टोलीमा रहेका युवा स्टार छन् । टोलीमा प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, अनिल खरेल, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता र हिमान्शु दत्त स्वदेशी खेलाडीको रुपमा छन् ।

भैरहवाले ट्यालेन्ट हन्ट खेलाडीको पनि टुङ्गो लगाइसकेको छ । नाम सार्वजनिक गर्न बाँकी छ । भैरहवाले पुबुद नेपाल आएपछि प्रशिक्षण थाल्ने बुझिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.