default_image

4 years ago

September 10, 2021

नेपालले टस जित्यो, टोलीमा तीन परिवर्तन

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पपुवा न्युगिनीसँग दोस्रो ओडिआई खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । अल अमरेत क्रिकेट मैदान ओमनमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । खेलको प्रत्यक्ष प्रसारण नेपालमा एक्सन स्पोर्ट्सले गर्दैछ ।

नेपालले पहिलो पटक डे नाइट (दिन र रातमा) ओडिआई खेल खेल्दैछ । पछिल्लो खेलबाट टोलीमा तीन परिवर्तन भएको छ । पहिलो खेलबाट शरद भेषावकर, आरिफ शेख र पवन सरार्फलाई बेन्चमा राखेको छ । यी तीन खेलाडीको स्थानमा करण केसी, स्पिनर सुशान भारी र विनोद भण्डारीले टोलीमा स्थान बनाएका छन् ।

सन् २०१८ मार्चमा ओडिआई मान्यता पाएको नेपालले पहिलो पटक डे नाइट खेल खेल्दै छ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नुअघि पिएनजीसँग तयारीको लागि दुई ओडिआई खेल खेलेको हो । नेपालले पछिल्लो पटक रातमा २०१९ मा सिंगापुरमा जिम्बावे र सिंगापुरसँग त्रिकोणात्मक टि२० आई खेल खेलेको थियो ।

टि२० विश्वकप २०१४ मा पनि नेपालले रातमानै खेलेको थियो । मैदानमा फ्लडलाइटमा खेल्ने हुँदा खेलाडीलाई केहि कठिन हुन सक्छ । अर्कोतर्फ ओमानको उच्च तापक्रममा खेल्न नेपाली खेलाडीलाई सहज हुने छैन । पहिलो खेलमा जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याउने क्रममा नेपालले ८ विकेट गुमाउँदै संघर्षपूर्ण जित निकालेको थियो । जसक्रममा रोहित कुमार पौडेलले ४१ रनको महत्वपूर्ण योगदान दिएका थिए ।

नेपालको टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सुशान भारी, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी, विक्रम सोब, सन्दीप लामिछाने ।

पछिल्लो अपडेट : नेपालको खराब सुरुवात

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.