default_image

4 years ago

September 10, 2021

सन्दीपको विश्व कीर्तिमान

411 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा लेगस्पिनर सन्दीप लामिछानेले पपुवा न्युगिनीसँग ६ विकेट लिएसँगै ओडिआई क्रिकेटमा विश्व कीर्तिमान बराबरी गरेका छन् ।

सन्दीपले पाकिस्तानका चर्चित तीव्र गतिका बलर वाकर युनिस, शाहिन शाह अफ्रिदी, अष्ट्रेलिया स्टार स्पिनर शेन वार्न र भारतका मोहम्मद शामी जस्ता बलरको कीर्तिमान बराबर गरेका छन् । उनले ओडिआईमा लगातार तीन इनिङमा चार वा सोभन्दा बढी विकेट लिने विश्व कीर्तिमान बराबरी गरेका हुन् । शुक्रबार सन्दीपले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिँदै आफ्नो करिअरकै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सन्दीपकै उत्कृष्ट बलिङमा जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको पिएनजी १९.१ ओभरमा ८२ रनमा अल आउट भएको थियो । नेपालले पिएनजीलाई १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गर्दै कीर्तिमान कायम गरेको छ । जुन ओडिआईमा नेपालको सर्वाधिक ठूलो जित हो । यसअघि ओडिआईमा नेपालको ठूलो जित सन् २०१९ मा युएईविरुद्ध १ सय ४५ रनको अन्तर थियो ।

ओडिआईमा लगातार चारभन्दा विकेट लिने कीर्तिमान लगातार तीन इनिङ छ । सन्दीपसँगै ओडिआईमा लगातार तीन इनिङमा चारभन्दा बढी विकेट लिने पाकिस्तानका तीव्र गतिका बलर वाकर युनिस, अब्दुल रजाक, शाहिद अफ्रिदी, शाहिन शाह अफ्रिदी, भारतका स्पिनर नरेन्द्र हिरवानी, मोहम्मद शामी, अष्ट्रेलिया स्पिनर शेन वार्न, वेस्टइन्डिजका तीव्र गतिका बलर वासबर्ट ड्रेक्स, क्यानडा खुर्रम चौहान र न्युजिल्यान्डका म्याट हेनरीले लिएका छन् ।

सन्दीपले २०२० को फेब्रअरीमा अमेरिकाविरुद्ध ६ ओभरमा १ मेडन सहित १६ रन खर्चेर ६ विकेट लिएका थिए । पिएनजीसँगको पहिलो खेलमा सन्दीपले १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिएका थिए । पिएनजीविरुद्ध सन्दीपको करिअरकै सर्वोत्कृष्ट प्रदर्शन हो । सन्दीप नेपालबाट ओडिआईमा दुई पटक पाँचमाथि विकेट लिने पहिलो बलर बनेका छन् । सोमपाल कामी नेपालबाट ओडिआईमा ५ विकेट लिने पहिलो खेलाडी हुन् । नेपालबाट ओडिआईमा एकै खेलमा पाँच विकेट लिने सोमपाल र सन्दीप मात्रै हुन् ।

सन्दीप ओडिआई क्रिकेटको लगातार तीन खेलमा सर्वाधिक धेरै विकेट लिने खेलाडी पनि हुन् । सन्दीपले तीन खेलमा १६ विकेट लिएका छन् । तीन खेलमा लगातार सर्वाधिक विकेट सन्दीपपछि पाकिस्तानका पूर्व तीव्र गतिका बलर वकार युनिस र वर्तमान टोलीका स्टार बलर शाहिन शाह अफ्रिदीले १५–१५ विकेट लिएका छन् ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.३ ओभरमा २ सय ३३ रनमा अल आउट भएको थियो । नेपालका लागि रोहित कुमार पौडेलले १ सय २३ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ८६ रनको इनिङ खेलेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल ४५ र करण केसीले ४२ रनको योगदान दिएका थिए ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिजको तयारीको लागि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेलेको हो । पहिलो खेलमा पपुवा न्युगिनीलाई नेपालले २ विकेटले पराजित गरेको थियो । पिएनजीसँग दुई खेलसँगै नेपालको तयारी पूरा भएको छ । नेपालले पहिलो खेल भदौ २८ मा अमेरिकासँग खेल्ने छ । दोस्रो खेल भदौ २९ मा ओमानसँग खेल्ने छ । असोजमा १ मा अमेरिका र असोज ३ मा ओमानसँग खेल्ने कार्यक्रम छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.