4 years ago
September 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लेगस्पिनर सन्दीप लाछिमानेको घातक बलिङसँगै नेपालले दोस्रो तथा ऐतिहासिक डे नाइट ओडिआई खेलमा पपुवा न्युगिनीमाथि १ सय ५१ रनको फराकिलो जित हात पारेको छ । पहिलो खेलमा २ विकेटको जित हासिल गरेको नेपालले सिरिज २–० ले जितेको छ ।

जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको पिएनजी १९.१ ओभरमा ८२ रनमा अल आउट भयो । नेपालको घातक बलिङ सामू पिएनजीका ६ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर टोनी उराले सर्वाधिक १९ रन बनाएका थिए । नेपालका सन्दीप लामिछानेले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिए ।
त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.३ ओभरमा २ सय ३३ रनमा अल आउट भएको थियो । नेपालका लागि रोहित कुमार पौडेलले १ सय २३ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ८६ रनको इनिङ खेलेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल ४५ र करण केसीले ४२ रनको योगदान दिएका थिए ।
एक समय ९–२ को खराब सुरुवात गरेको नेपाललाई रोहित र ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गर्दै मध्यम योगफलमा पुर्याएका थिए । पिएनजीका चन्द सोपरले सर्वाधिक तीन विकेट लिएका थिए । नेपालले पिएनजीविरुद्ध सानदार जित हात पारेसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमानहरु बनेका छन् । धेरै खेलाडीको नाममा छन् । केहि नेपालका नाममा छ । एक विश्व कीर्तिमान बनेको छ । राष्ट्रिय थुप्रै सानाठूला कीर्तिमाहरु बनेका छन् । जसमा प्रमुख पाँच कीर्तिमानहरु यस प्रकार छन् ।
५. सर्वाधिक धेरै बलको सामना

रोहित नेपालबाट ओडिआईमा एकै खेलमा सर्वाधिक धेरै बल खेल्ने खेलाडी बनेका छन् । जिम्मेवारी सहित संयमित ब्याटिङ गर्नेक्रममा रोहितले कुल १ सय २३ बल खेलेका थिए । यसअघि नेपालबाट ओडिआईमा सर्वाधिक धेरै बल पूर्व कप्तान पारस खड्काले गरेका थिए । पारसले २०१९ मा यूएईविरुद्ध तेस्रो खेलमा शतक प्रहार गर्नेक्रममा १ सय ९ बलमा १ सय १५ रन बनाएका थिए । पारसले उक्त रन तेस्रो नम्बरमा ब्याटिङ गर्दै गरेका थिए ।
रोहितले चौथो नम्बरमा ब्याटिङ गर्दै उक्त इनिङ खेले हुन् । त्यसपछि शरद भेषावकरले ओमानविरुद्ध १ सय ८ बलमा ५५ रन बनाएका थिए । एकै खेलमा नेपालबाट ब्यक्तिगत रुपमा यो दोस्रो ठूलो रन हो । रोहित अघि पारसको शतक छ । नेपालबाट ओडिआईमा दुई अर्धशतक प्रहार गर्ने रोहितसँगै ज्ञानेन्द्र र पारस हुन् । रोहितले पहिलो अर्धशतक २०१९ मा यूएईविरुद्ध दोस्रो खेलमा ५५ रनको इनिङ खेलेका थिए ।
४. सर्वाधिक ठूलो साझेदारी

खराब सुरुवात ९–२ को अवस्थामा पुगेको नेपाललाई सम्हाल्ने क्रममा तेस्रो विकेटका लागि रोहित र ज्ञानेन्द्रले ८९ रनको साझेदारी गरेका थिए । जुन नेपाली ओडिआई इतिहासमा यो कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि ओडिआईमा नेपालबाट सर्वाधिक ठूलो साझेदारी छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले गत वर्ष अमेरिकाविरुद्ध ८४ रन गरेका थिए ।
करण र रोहितले सातौं विकेटका लागि सर्वाधिक ६६ रनको साझेदारी गरेका थिए । जुन साझेदारी कुनैपनि विकेटका लागि भएको नेपाली ओडिआईमा चौथो ठूलोमा पर्दछ ।
३ .नेपाली ओडिआईको सर्वोत्कृष्ट बलिङ

सन्दीपले नेपाललाई सानदार जित दिलाउन ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए । जुन ओडिआईमा नेपालको सर्वोत्कृष्ट प्रदर्शन हो । सन्दीपले आफ्नै कीर्तिमान तोडेका हुन् । यसअघि नेपालको ओडिआईमा एकै खेलमा सर्वोत्कृष्ट प्रदर्शन गत वर्ष अमेरिकाविरुद्ध थियो । अमेरिकालाई ३५ रनमा अल आउट गर्न सन्दीपले ६ ओभरमा १ मेडन सहित १६ रन खर्चेर ६ विकेट लिएका थिए ।
सन्दीपपछि सोमपाल कामीको यूएईविरुद्ध २०१९ मा ६.३ ओभरमा १ मेडन सहित ३३ रन खर्चेर ५ विकेट लिएका थिए । सोमपाल ओडिआईमा नेपालबाट पाँच विकेट लिने पहिलो नेपाली बलर हुन् । नेपालको तर्फबाट सन्दीप र सोमपाल बाहेक अन्य बलरले भने ओडिआईमा पाँच विकेट लिन सकेका छैनन् ।
२. सन्दीपको विश्व कीर्तिमान बराबर

सन्दीप ओडिआईमा लगातार चारभन्दा बढी विकेट लिने कीर्तिमान बराबर गरेका छन् । ओडिआईमा लगातार चार विकेट तीन खेल सम्म छ । जुन कीर्तिमान सन्दीपले बराबर गरेका हुन् । सन्दीपले गतवर्ष अमेरिकाविरुद्ध ६ र पिएनजीविरुद्ध ४ विकेट लिएका थिए ।
सन्दीपसँगै ओडिआईमा लगातार तीन इनिङमा चारभन्दा बढी विकेट लिने पाकिस्तानका तीव्र गतिका बलर वाकर युनिस, अब्दुल रजाक, शाहिद अफ्रिदी, शाहिन शाह अफ्रिदी, भारतका स्पिनर नरेन्द्र हिरवानी, मोहम्मद शामी, अष्ट्रेलिया स्पिनर शेन वार्न, वेस्टइन्डिजका तीव्र गतिका बलर वासबर्ट ड्रेक्स, क्यानडा खुर्रम चौहान र न्युजिल्यान्डका म्याट हेनरीले लिएका छन् ।
१. सर्वाधिक ठूलो जित

नेपालले दोस्रो खेलमा पिएनजीलाई १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । जुन यो नेपालको ओडिआई इतिहासकै सर्वाधिक ठूलो जित हो । यसअघि नेपालको ओडिआईमा सर्वाधिक ठूलो जित १ सय ४५ रन छ । जुन नेपालले २०१९ मा युएईसँग दोस्रो ओडिआई खेलमा जित हात पारेको थियो । नेपालको विकेटको हिसाबमा भने सर्वाधिक ठूलो जित ८ विकेट छ । नेपालले गतवर्ष अमेरिकाविरुद्ध ८ विकेटको जित निकालेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]