default_image

4 years ago

September 11, 2021

पिएनजीविरुद्ध दोस्रो खेलमा नेपालका तीन सकरात्मक पक्ष

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले शुक्रबार राती दोस्रो तथा ऐतिहासिक डे नाइट ओडिआई खेलमा पपुवा न्युगिनीमाथि १ सय ५१ रनको कीर्तिमानी जित हात पारेको छ ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिजको तयारीको लागि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेलेको हो । पहिलो खेलमा २ विकेटको जित हासिल गरेको नेपालले सिरिज २–० ले जितेको थियो । दुबै खेलमा जित निकालेको नेपाली टोली उच्च मनोबलका साथ विश्वकप लिग–२ मा अमेरिका र ओमानसँग खेल्नेछ ।

शुक्रबार दोस्रो खेलमा जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको पिएनजी १९.१ ओभरमा ८२ रनमा अल आउट भयो । नेपालको घातक बलिङ सामू पिएनजीका ६ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर टोनी उराले सर्वाधिक १९ रन बनाएका थिए । नेपालका सन्दीप लामिछानेले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.३ ओभरमा २ सय ३३ रनमा अल आउट भएको थियो । नेपालका लागि रोहित कुमार पौडेलले १ सय २३ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ८६ रनको इनिङ खेलेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल ४५ र करण केसीले ४२ रनको योगदान दिएका थिए ।

पहिलो खेलमा १ सय ३५ रनको विजयी लक्ष्य पछ्याउन संघर्ष गरेको नेपालले ब्याटिङमा सुधार गरेको थियो । दोस्रो खेलमा पनि रोहितको प्रदर्शन महत्वपूर्ण रह्यो । पिएनजीसँगको दोस्रो खेलमा नेपाली क्रिकेटमा देखिएका तीन सकारात्मक पक्ष यस प्रकार रहे ।

३. टस जितेर ब्याटिङ

टस जितेर ब्याटिङ रोज्ने नेपालको एक सकरात्मक लक्ष्य थियो । ब्याटिङ नेपालको कमजोरीमा पर्दछ । बलिङ नेपालको मुख्य हतियार हो । पहिलो खेलमा संघर्षपूर्ण ब्याटिङ गरेको थियो । पहिला ब्याटिङ गरेपछि स्कोर बोर्डको दबाब हुँदैन । अर्कोतर्फ पिएनजीसँगको खेल नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग तयारी लागि हो ।

उक्त त्रिकोणात्मक सिरिजमा नेपालले पहिला ब्याटिङ गर्नुपर्ने हुन्छ । त्यसको राम्रो तयारी गरेको छ । नेपालले पहिला टस जितेर ब्याटिङ गर्दा पराजित भएको भएपनि खासै फरक पर्ने थिएन । किनभने यो नेपाली खेलाडीको कमजोरी सुधार गर्ने राम्रो र अन्तिम अवसर थियो ।

२. रोहितलाई माथि खेलाउने निर्णय

पहिलो खेलमा नेपालको जितका नायक रोहित कुमार पौडेल थिए । उनको ४१ रनको सहयोगमा नेपालले कठिन जित हात पारेको थियो । दोस्रो खेलमा नेपालले रोहितलाई माथि खेलाउने निर्णय लिएको थियो । पहिलो खेलमा रोहितले छैटौं नम्बरमा ब्याटिङ गरेका थिए । दोस्रो खेलमा नेपालले शरद भेषावकर र आरिफ शेखलाई विश्राम दिँदा चौथो नम्बरमा खेलाउने निर्णय सहि सावित गरे ।

रोहितले तल्लोक्रममा राम्रो प्रदर्शन गर्दै आएका छन् । कुनैपनि खेलाडी तल्लोक्रममा खेलेर राम्रो ब्याट्सम्यान बन्न सक्दैन । त्यसको लागि माथिनै खेल्ने अवसर पाउनु पर्छ । रोहितले पाएको जिम्मेवारी भरपूर्ण सदुपयोग पनि गरे । रोहितलाई माथि ल्याउने निर्णय नेपालको एक सकरात्मक पक्ष थियो ।

१. सन्दीपको उच्च लय

ओमान र अमेरिकासँग खेल्नु अघि सन्दीपको उच्च लय नेपालको सर्वाधिक ठूलो सकरात्मक पक्ष हो । सन्दीपले नेपालबाट लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पिएनजीसँगको पहिलो खेलमा चार विकेट लिएका सन्दीपले दोस्रो खेलमा ६ विकेट लिएका थिए । सन्दीप नेपाली टोलीमा प्रमुख हतियार हुन् । उनको प्रदर्शन नेपालका लागि निकै महत्वपूर्ण हुने गर्दछ । अमेरिका र ओमानसँग खेल्नुअघि उनको लय नेपाली क्रिकेटका लागि सकरात्मक पक्ष देखिन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.