4 years ago
September 11, 2021
एजेन्सी – वेस्टइन्डिजका ओपनर चन्द्रपाउल हेमराजले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगरले तेस्रो विदेशी खेलाडीको रुपमा २८ वर्षिय ओपनर चन्द्रपाउललाई टोलीमा भित्र्याएको छ ।

बायाँ हाते ओपनर चन्द्रपाउलले ६ ओडिआई, ३१ प्रथम श्रेणी, ४० लिष्ट ए र ३० टि२० खेल खेलेका छन् । ६ ओडिआईमा उनले ८२ रन बनाएका छन् । जारी क्यारेवियन प्रिमियर लिग (सिपिएल) मा गुयाना एमेजन वारियर्सबाट बार्बाडोस रोयल्सविरुद्ध ५६ बलमा १४ चौका र ५ छक्का सहित १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए ।
यसअघि विराटनगरले विदेशी खेलाडीको रुपमा जिम्बावेका अलराउन्डर सिकन्दर राजा र क्यानडाका तीव्र गतिका बलर रयानखान पठानलाई अनुबन्ध गरेको थियो । इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुँदै छ । फ्रेन्चाइज टोलीले तीव्र रुपमा तयारी अगाडि बढाएका छन् । २०१७ अर्थात दोस्रो संस्करणको उपाधि विराटनगर वारियर्सले जितेको थियो ।
विराटनगरले फाइनलमा भैरहवा ग्ल्याडियटर्सलाई एक रनले हराउँदै उपाधि जितेको थियो । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका पारसले इपिएल खेल्ने वा नखेल्ने अनिश्चित छ । विराटनगरबाट सौरभ खनाल, अनिल खरेल, सुमित महर्जन, करण केसी, हरि चौहान, अनिल कुमार शाह, आसिफ शेख, वसन्त रेग्मी, प्रतिश जिसी, सोनु देवकोटा लगायतका खेलाडी छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]