4 years ago
September 12, 2021
एजेन्सी – श्रीलंकाले सर्वाधिक सफल तीव्र गातिका लासिथ मलिङ्गालाई बाहिर राख्दै अर्को महिना संयुक्त अरव इमिरेट्स (युएइ) र ओमानमा हुने टि२० विश्वकपको लागि टोली घोषणा गरेको छ । दासुन शनाका कप्तानीमा श्रीलंकाले अन्तिम टोली घोषणा गरेको हो ।

श्रीलंका तथा टि२० क्रिकेटकै सर्वाधिक तीव्र गतिका बलर लासिथ मलिङ्गा विश्वकप टोलीमा छैनन् । मलिङ्गा गत वर्ष मार्चमा वेस्टइन्डिजसँगको टि२० सिरिजपछि टोलीमा छैनन् ।
मलिङ्गा टि२० शैलीकै सर्वोत्कृष्ट बलर हुन् । उनले आइपिएलमा १ सय ७० र टि२० आई १ सय ७ विकेट लिएका छन् । टि२० आईमा मलिङ्गा एक सय विकेट लिने पहिलो खेलाडी हुन् । सन् २०१४ मा श्रीलंकाले मलिङ्गाको कप्तानीमा पहिलो पटक टि२० विश्वकप उपाधि जितेको थियो । टि२० आईमा दुई पटक लगातार चार विकेट लिने मलिङ्गा एक्लो खेलाडी हुन् ।
३७ वर्षियले श्रीलंकाबाट ओडिआई, टेस्ट र फ्रेन्चाइज लिगबाट भने सन्न्यास लिई सकेका छन् । मलिङ्गाले टि२० विश्वकप खेल्दै आफ्नो क्रिकेट करिअरबाट बिट मार्न चाहेको केहि महिना अघि बताएका थिए ।

श्रीलंका टोलीमा अनुभवी कुशल परेरा र दीनेश चान्डिमल टोलीमा छन् । युवा स्पिनर महेश थेक्शनाले टोलीमा स्थान बनाएका छन् । उनले श्रीलंकाबाट शुक्रबार मात्र टि२० आईमा डेब्यू गरेका थिए । श्रीलंका पहिलो चरणको समूह ए मा छ । श्रीलंकासँगै आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन् । श्रीलंकाले पहिलो खेल नामिबियाले अक्टोबर १८ मा खेल्ने छ । श्रीलंकाले अक्टोबर २० मा आयरल्यान्ड र अक्टोबर २२ मा नेदरल्यान्ड्ससँग खेल्ने छ । शीर्ष दुईमा रहन सके सुपर १२ मा स्थान बनाउने छ ।
श्रीलंका टोली : दासुन शनका (कप्तान), धनन्जय डि सिल्भा, कुसल पेरेरा, दीनेश चान्डिमल, अविष्का फनान्डो, भानुका राजपक्षे, चरिथ असालका, वानिन्दु हसरंगा, कामिन्दु मेन्डिस, चामिका करुणारत्ने, नुवान प्रदीप, दुश्मन्था चामिरा, प्रवीन जयविक्रमा, लाहिरु मादुशंका र महेश थेक्शेना ।
वैकल्पिक खेलाडी : लाहिरु कुमारा, बिनुरा फनान्डो, अकिला धनन्जय र पुलना थरंगा
टि२० विश्वकपमा समूह चरण :
पहिलो चरण :
समूह ए : नेदरल्यान्ड्स, आयरल्यान्ड, नामिबिया र श्रीलंका
समूह बी : ओमान, पिएनजी, बंगलादेश र स्टकल्यान्ड
सुपर १२ :
समूह ए : इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, अष्ट्रेलिया, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता ।
समूह बी : भारत, पाकिस्तान, अफगानिस्तान, न्युजिल्यान्ड, पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]