default_image

4 years ago

September 13, 2021

नेपाललाई घातक बन्न सक्ने अमेरिकाका पाँच खेलाडी

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत पहिलो खेलमा सोमबार अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ : १५ पछि ओमानको अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ ।

त्रिकोणात्मक सिरिजअघि नेपाल र अमेरिका दुबैले पपुवा न्युगिनीसँग २-२ ओडिआई खेल खेलेका थिए । नेपाल र अमेरिकाले पपुवा न्युगिनीसँग दुबै खेलमा जित हात पारेका थिए । अमेरिका गतवर्ष टियु मैदानमा विश्वकप लिग–२ दुबै खेलमा नेपालसँग पराजित भएको थियो । गतवर्ष दोस्रो खेलमा नेपालले अमेरिकालाई ओडिआई इतिहासकै सर्वाधिक कम ३५ रनमा अल आउट गर्दै विश्वमै सनसनी मच्चाएको थियो ।

विश्वकप लिग–२ मा अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हार सहित कुल १२ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल ४ खेलमा समान २ मा जित र हार सहित चार अंकका साथ छैटौं स्थानमा छ । नेपाल शतप्रतिशत जितका साथ ८ अंक थप्दै अंक तालिकामा ठूलो छलाङ मार्ने सोचमा छ । अमेरिका उच्च प्रदर्शनका साथ शीर्ष स्थानमा पुनरागमन गर्न चाहन्छ ।

गतवर्ष नेपालसँग लज्जास्पद हार बेहोरेको अमेरिकाले यस पटक टोलीमा व्यापक परिवर्तन गरेको छ । टोलीमा ६ परिवर्तन गरेको अमेरिका नेपालविरुद्ध गतवर्ष ३५ रनमा अल आउटको बदला लिन चाहन्छ । भारतीय मूलका खेलाडीको बाहुल्यता हुँदा अमेरिका टोली मजबुत छ । अमेरिका पाँच खेलाडी जो नेपाललाई निराश बनाउन सक्छन् ।

५. सौरभ नेत्रवालकर

भारतीय मुलका तीब्र गतिका बायाँ हाते बलर सौरभ अमेरिका कप्तान हुन् । उनले अमेरिका टोलीबाट लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । गतवर्ष नेपालसँगको सिरिजमा पनि राम्रो प्रदर्शन गरेका थिए । भारतीय यू१९, मुम्बईबाट रणजी ट्रफी र विजय हजारे चर्चित घरेलु प्रतियोगिता खेलेको अनुभव उनीमा छ । क्यारेबियन प्रिमियर लिग गुयाना एमेजन वारियर्सबाट खेलि सकेका छन् ।

उनले अमेरिकाबाट १५ ओडिआई, ८ टि ट्वान्टी र ४७ लिष्ट ए खेलेका छन् । ओडिआईमा २३ विकेट लिएका छन् । उत्कृष्ट प्रदर्शन ५–३२ छ । भारतीय घरेलु क्रिकेटको राम्रो अनुभव भएका उनले आफ्नो उच्च प्रदर्शनमा नेपालको जितको सपनामा बाधक बन्न सक्छन् ।

४.निसर्ग पटेल

निसर्ग पटेल अमेरिका स्पिन अलराउन्डर हुन् । ३३ वर्षिय पटेलले पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले पिएनजीसँगको पहिलो खेलमा चार विकेट लिएका थिए । पटेलले तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । १० ओडिआई खेलमा उनले १ सय ६२ रन बनाउनुको साथै १२ विकेट लिएका छन् । ब्याट र बल दुबैबाट योगदान दिँदै अमेरिका जित सहज बनाउन सक्छन् ।

३. स्टिभ टेलर

ओपनर स्टिभ टेलर अमेरिका प्रमुख ब्याट्सम्यान हुन् । २७ वर्षिय बायाँ हाते ओपनर तथा विकेटकिपर ब्याट्सम्यान टेलर आक्रामक ब्याटिङ गर्ने गर्दछन् । उनले १४ ओडिआई, ८ टि ट्वान्टी आई, ३ प्रथम श्रेणी र ५१ लिष्ट ए खेलेका छन् । ओडिआईमा २ सय ८५ रन बनाउनुको साथै १० विकेट लिएका छन् ।

सन् २०१३ डिभिजन ३ मा टेलरले नेपालविरुद्ध १ सय २ बलमा १२ चौका र १२ छक्का सहित १ सय ६२ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । टेलरको विष्फोटक शतकमा अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ६६ रन बनाएको थियो । नेपालविरुद्ध उनलाई राम्रो अनुभव छ । राम्रो लयमा पनि देखिएका छन् । पिएनजीसँगको पहिलो खेलमा टेलरले ५५ बलमा ७ चौका र ७ छक्का सहित ८२ रनको आक्रामक इनिङ खेलेका थिए । टेलर पार्टटाइम बलर पनि हुन् । नेपालविरुद्ध राम्रो अनुभव, उनको लय र खेल्ने शैली देख्दा अमेरिका नायक बन्न सक्छन् ।

२.अभिषेक पराडकार

भारतीय मुलका अभिषेक पराडकार बायाँ हाते तीव्र गतिका बलर हुन् । २० वर्षिय अभिषेकले पिएनजीसँग दोस्रो ओडिआई खेलमा अमेरिकाको लागि डेब्यू गर्दै ९ ओभरमा २ मेडन सहित ४ विकेट लिएका थिए । अभिषेकले हालसम्म नेपालसँग खेलेका छैनन् । उनी नयाँ अनुहार हुँदा धेरैलाई उनको बारे थाहा छैन । उनले भारतको हैदराबादबाट यू१६ क्रिकेट खेलि सकेका छन् । अभिषेक नेपाललाई सरप्राइज बन्न सक्छन् ।

१. जसकरण मल्होत्रा

मध्यक्रमका विकेटकिपर ब्याट्सम्यान जसकरण मल्होत्रामाथि सबैको नजर हुने छ । भारतीय मुलका मल्होत्राले पिएनजीसँग दोस्रो ओडिआई खेलमा १ सय २४ बलमा ४ चौका र १६ छक्का सहित १ सय ७३ रनको अविजित इनिङ खेल्दै विश्वको ध्यान आफूतिर तानेका थिए । उक्त इनिङ खेल्नेक्रममा उनले ६ बलमा लगातार ६ छक्का प्रहार गरेका थिए । पाँचौं नम्बरमा ब्याटिङ गर्दै बनाएको उक्त रन ओडिआई इतिहासकै सर्वाधिक ठूलो पर्दछ ।

जसकरण गतवर्ष नेपाल भ्रमणमा अमेरिका टोलीमा थिएनन् । पिएनजीविरुद्ध लयलाई निरन्तरता दिएमा नेपाली बलरलाई उनले निराश बनाउन सक्छन् । भारतको चन्डिगढमा जन्मिएका उनले हिमान्चल प्रदेशबाट घरेलु क्रिकेट खेलेका थिए । उनले २०१८ देखि अमेरिकाबाट खेल्दै आएका छन् । उनले नेपालविरुद्ध पहिलो पटक खेल्दै छन् । जसले गर्दापनि बलरलाई केहि कठिन पर्न सक्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.