4 years ago
September 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरका तीव्र गति बलिङ अलराउन्डर जनक प्रकाशले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) काठमाडौं किंग्स–११ बाट खेल्ने भएका छन् ।

२१ वर्षिय युवा स्टार अलराउन्डर प्रकाशले १५ टि२० आई खेल खेलेका छन् । १५ टि२० आई खेलमा १ सय १८ रन बनाउनुको साथै १७ विकेट लिएका छन् । प्रकाशले नेपालविरुद्ध दुई टि२० आई खेलि सकेका छन् । २०१९ मा भएको त्रिकोणात्मक सिरिजमा उनले नेपालविरुद्ध तल्लोक्रममा १८ बलमा ३ चौका र १ छक्का सहित कुल २५ रन बनाउनुको साथै एक विकेट लिएका थिए । उनी तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।
उनले सिंगापुरको यू१९ टोलीको कप्तानी गरि सकेका छन् । काठमाडौं किंग्स–११ का कप्तान तथा नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेसँगै उमेर समूहमा नेतृत्व गरेका थिए । काठमाडौं किंग्स–११ ले पहिलो विदेशी खेलाडीको रुपमा पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदीलाई अनुबन्ध गरेको थियो । अफ्रिदीले दुई वा तीन खेल मात्र खेलेर जाने छन् ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंमा दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन, दीपेन्द्र रावत, गुलशन झा र सिद्धान्त लोहनी स्वदेशी खेलाडीको रुपमा छन् । काठमाडौंको मुख्य प्रशिक्षकमा कलाम अली छन् । चौथो संस्करणको इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने कार्यक्रम छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]