default_image

4 years ago

September 13, 2021

नेपालको सम्भावित प्लेइङ-११

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओाडिआई सिरिज अन्तर्गत पहिलो खेलमा अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ पछि ओमानको अल अमरेत क्रिकेट मैदान मस्कटमा सुरु हुनेछ ।

ओमान भ्रमणमा रहेको नेपालले तयारी स्वरुप पपुवा न्युगिनी (पिएनजी) सँगको दुबै खेल जितेको हुँदा उच्च मनोबल छ । नेपालको मुख्य कमजोरी ब्याटिङ हो । त्यसैले नेपालले आफ्नो टिम सन्तुलनमा विशेष ध्यान दिँदै ब्याटिङ मजबुत बनाउन प्रयास गर्ने छ ।

नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले नै गर्नेछन् । पिएनजीसँगको दोस्रो खेलमा दुवै ओपनर तीन तीन रनमा आउट भएका थिए । पहिलो खेलमा आसिफ ३० र कुशल १५ रनमा आउट भएका थिए । वैशाखमा भएको त्रिकोणात्मक टि२० सिरिजमा सर्वोत्कृष्ट प्रदर्शन गरेका यी दुई ओपनरबाट नेपालले ठूलो आशा र विश्वास राखेको छ ।

ओमान भ्रमणमा आसिफ र कुशलनै नेपालको पहिलो रोजाईका ओपनर हुन् । आसिफ र कुशल दुबैको भूमिका फरक हुन सक्छ । आसिफ संयमितका साथ इनिङलाई सम्हाल्दै अघि बढाउने भूमिका पाउन सक्छन् । कुशल आक्रामकका साथ पावरप्लेमा रन जोड्ने हुन सक्छ । दुबैलाई राम्रो प्रदर्शनको मनोबल दबाब पनि छ ।

कप्तान ज्ञानेन्द्र मल्ल तेस्रो नम्बरमा खेल्ने छन् । पिएनजीसँगको दोस्रो खेलमा ज्ञानेन्द्र ४५ रन बनाउँदै आउट भएका थिए । ज्ञानेन्द्र राम्रो प्रदर्शन गर्न नसकेको भन्दै आलोचित हुँदै आएका छन् । सुरुवातपछि ठूलो इनिङमा बदल्न सकि रहेका छैनन् । चौथो नम्बरमा नेपालले रोहित कुमार पौडेललाईनै निरन्तरता दिन सक्छ । रोहित राम्रो लयमा छन् ।

पिएनजीविरुद्ध संघर्षपूर्ण २ विकेटको जित हात पार्न रोहितले छैटौं नम्बरमा ब्याटिङ गर्दै ४१ रन जोडेका थिए । दोस्रो खेलमा चौथो नम्बरमा ब्याटिङ गर्दै रोहितले ८६ रनको इनिङ खेलेका थिए । त्यसैले रोहितलाई चौथो नम्बरमानै निरन्तरता दिने सम्भावना छ ।

पिएनजीसँगको दोस्रो खेलमा नेपालले शरद भेषावकर, आरिफ शेख र पवन सरार्फलाई बेन्चमा राखेको थियो । अमेरिकाविरुद्ध अनुभवी ब्याट्सम्यान शरदलाई खेलाउने सम्भावना छ । नेपाली टोलीमा युवाको बाहुल्यता हुँदा शरदलाई टिममा राख्दै थप सन्तुलित बनाउन सक्छ ।

शरद अनुभवी खेलाडी हुँदा खराब सुरुवात र दबाबमा आफ्नो अनुभवको फाइदा उठाउन सक्छन् । शरदलाई मौका दिन विनोद भण्डारी सुशान भारी र विक्रम सोब मध्य एकलाई बेन्चमा राख्नुपर्ने हुन्छ । लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरि रहेको हुँदा भारीलाई बेन्चमा राख्ने सम्भावना छ ।

युवा अलराउन्डर कुशल मल्ललाई जिम्मेवारी प्रदर्शनको आवश्यक छ । दुबै खेलमा कुशल एक रनमा आउट भएका छन् । कमजोर प्रदर्शनमा उनको खराब सर्ट छनोट रहेको छ । तर टोलीका प्रमुख अलराउन्डर हुन् । उनलाई नेपालले खेलमा विश्वास देखाउने छ । सन्दीपलाई स्पिन आक्रामणमा कुशलले साथ दिने छन् ।

विनोद भण्डारीलाई सातौं नम्बरमा नेपालले खेलाउँदै ब्याटिङमा गहिराई र मजबुत बनाउन सक्छ । पिएनजीसँगको दोस्रो खेलमा विनोद १७ रनमा रन आउट भएका थिए । विनोद विकेटकिपरको रुपमा खेल्ने देखिन्छ ।

सोमपाल कामी र करण केसी पहिलो रोजाईका बलिङ अलराउन्डर हुन् । तल्लोक्रममा यी दुई ब्याट्सम्यान राम्रो प्रदर्शन गर्ने गर्दछन् । करण ठूला सर्ट प्रहार गर्न माहिर छन् । पिएनजीसँग करणले २६ बलमा ४ छक्का सहित ४२ रन जोडेका थिए । करण र सोमपाल नायक बन्न सक्छन् । करण र सोमपाललाई तेस्रो तीव्र गतिका बलरको रुपमा विक्रम सोबलेनै मौका दिन सक्छन् । सोबले पिएनजीसँगको दुबै खेलमा राम्रो प्रभाव छाडेका थिए ।

सोबको विकल्पको रुपमा अभिनाश बोहरा र गुलशन झा छन् । गुलशनलाई सरप्राइज रुपमा प्रयोग गर्न सक्छ । तर गुलशनको फिटनेशको कारण त्यो सम्भावना कम छ । सन्दीप नेपालका प्रमुख हतियार र स्पिनर हुन् । पिएनजीसँगको पहिलो खेलमा ४ र दोस्रो खेलमा ६ विकेट लिएका सन्दीप अमेरिकालाई पुन घातक हुन सक्छन् । गतवर्ष अमेरिकालाई ३५ रनमा अल आउट गर्न सन्दीपले ६ विकेट लिएका थिए ।

ब्याटिङ मजबुत बनाउन नेपालले चार मात्र प्रमुख बलर खेलाउन सक्छ । अर्कोतर्फ नेपालले विनोदलाई बेन्चमा राख्दै पाँच प्रमुख बलर मैदान उतार्न पनि सक्छ । पिच अवस्थामा बढी निर्भर पर्ने छ । कुशल अलराउन्डरको राम्रो विकल्प हुन् । शरद पनि राम्रो स्पिन गर्ने गर्दछन् । ज्ञानेन्द्र र रोहित पनि आवश्यक परे पार्टटाइमको विकल्प हुन सक्छन् । नेपाललाई प्लेइङ-११ छनोट गर्न सहज हुने छैन । पछिल्लो खेलमा पिएनजीविरुद्ध सानदार प्रदर्शन गरेको हुँदा टोलीमा फेरबदलको सम्भावना कम बनेको हो ।

नेपालको सम्भावित प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, शरद भेषावकर, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी, विक्रम सोब, सन्दीप लामिछाने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.