default_image

4 years ago

September 13, 2021

नेपालसँग खेल्नुअघि अमेरिकालाई झड्का

187 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेल नेपालसँग खेल्नुअघि अमेरिकालाई झड्का लागेको छ । अमेरिका मध्यक्रममा प्रमुख ब्याट्सम्यान आरोन जोन्स र तीव्र गतिका बलर जेसी सिंह चोटका कारण त्रिकोणात्मक सिरिजबाट बाहिरिएका छन् ।

जोन्सको बायाँ हात भाचिएको छ । जोन्स अमेरिका टोलीमा उपकप्तान समेत हुन् । सिंह साइड स्ट्रेनको कारण सिरिज गुमाउने भएका छन् । अमेरिकाले सिंहको स्थानमा तीव्र गतिका बलर काइल फिलिपलाई टोलीमा समेटेको छ । वेस्टइन्डिज मुलका फिलिपले अमेरिकाबाट ५ लिष्ट ए खेलमा ६ विकेट लिएका छन् । जोन्सको स्थानमा १८ वर्षिय युवा अलराउन्डर सन्जय कृष्णमुर्तीलाई टोलीमा राखेको जनाएको छ ।

फिलिप यसअघिनै अमेरिका टोलीसँगै थिए । कृष्णमुर्ती शुक्रबार अमेरिकाबाट ओमान पुगेका थिए । १८ वर्षिय कृष्णमुर्ती अमेरिका यू१९ प्रतियोगिता सर्वाधिक विकेट लिने बलर हुन् । उनले अमेरिका घरेलु क्रिकेटमा ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । अमेरिका घरेलु क्रिकेटमा ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शनपछि १८ वर्षिय कृष्णमुर्तीर्ला टोलीमा समेटेको हो ।

सन्जय कृष्णमुर्ती

जोन्स अमेरिका मध्यक्रममा प्रमुख ब्याट्सम्यान हुन् । जोन्सले अमेरिकाबाट १४ ओडिआईमा ३ अर्धशतक सहित कुल ४ सय ३८ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन ९५ रन छ । जोन्स नहुँदा मध्यक्रम ब्याटिङ कमजोर बन्न सक्छ । नेपाल र अमेरिकाबीचको पहिलो खेल आज दिउँसो ४ : १५ मा ओमानको अल अमरेत क्रिकेट मैदानमा सुरु हुने छ ।

अमेरिकाको टोली : सौरभ नेत्रावलकर (कप्तान), अभिषेक पराडकार, डोमिनिक रिखी, एल्मोर हचिन्सन, गजानन्द सिंह, जसकरण मल्होत्रा, करिमा गोरे, मोनाक पटेल, निसरग पटेल, नोशतुश केंजीगे, स्टिभ टेलर, सुशान्त मोदानी, सन्जय कृष्णमुर्ती, काइल पिलिप

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.