4 years ago
September 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर कुशल मल्लले नेपाललाई आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्ध तेस्रो सफलता दिलाएका छन् । अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अमेरिकाले २४ ओभरमा ३ विकेट गुमाउँदै १ सय २ रन बनाएको छ ।

अमेरिका मोनांक पटेल ५३ बलमा ५ चौका सहित ४३ रनमा अविजित छन् । अमेरिकालाई ओपनर स्टिभ टेलर र मोडानीले पहिलो विकेटका लागि ३.५ ओभरमा १७ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर विक्रम सोबको बलमा ओपनर तथा अमेरिका प्रमुख ब्याट्सम्यान टेलर एज लागेर सकेन्ड स्लिपमा कुशल भुर्तेलबाट १४ रनमा क्याच आउट हुन पुगेका थिए ।
टेलरले १७ बलमा १ चौका प्रहार गरे । १० औं ओभरको अन्तिम बलमा ओपनर सुशान्त मोडानीलाई स्पिनर सन्दीप लामिछानेले १६ रनमा एलबिडब्लू आउट गरे । मोडानीले २८ बलमा १ चौका प्रहार गरे । तेस्रो विकेटको लागि मोनांक पटेल र निसर्ग पटेलले ४९ रनको साझेदारी गर्दैै नेपाललाई दबाबमा राखेका थिए ।
स्पिनर कुशल मल्लले २३ औं ओभरको तेस्रो बलमा निसर्ग पटेललाई २१ रनमा बोल्ड आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका छन् । पटेलले ३९ बलको सामना गर्दा बाउन्ड्री भने प्रहार गर्न सकेनन् । अमेरिकाले नेपाललाई सरप्राइज दिँदै तल्लोक्रमका ब्याट्सम्यान नास्टुश केंजोगेलाई पाँचौ नम्बरमा ब्याटिङमा पठाएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]