default_image

4 years ago

September 13, 2021

नेपालविरुद्ध पटेलको अर्धशतक

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिका विकेटकिपर ब्याट्सम्यान मोनांक पटेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अमेरिकाले २८ ओभरमा ३ विकेट गुमाउँदै १ सय १८ रन बनाएको छ ।

अमेरिका मोनांक पटेल ६५ बलमा ५ चौका सहित ५० रनमा अविजित छन् । भारतीय मुलका पटेलले ६४ बलमा आफ्नो ओडिआई करिअरको तेस्रो अर्धशतक पूरा गरे । पटेलले अमेरिका इनिङलाई सम्हाल्दै नेपाललाई दबाबमा राख्न खोजेका छन् । अमेरिकालाई ओपनर स्टिभ टेलर र मोडानीले पहिलो विकेटका लागि ३.५ ओभरमा १७ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर विक्रम सोबको बलमा ओपनर तथा अमेरिका प्रमुख ब्याट्सम्यान टेलर एज लागेर सकेन्ड स्लिपमा कुशल भुर्तेलबाट १४ रनमा क्याच आउट हुन पुगेका थिए । टेलरले १७ बलमा १ चौका प्रहार गरे ।

१० औं ओभरको अन्तिम बलमा ओपनर सुशान्त मोडानीलाई स्पिनर सन्दीप लामिछानेले १६ रनमा एलबिडब्लू आउट गरे । मोडानीले २८ बलमा १ चौका प्रहार गरे । तेस्रो विकेटको लागि मोनांक पटेल र निसर्ग पटेलले ४९ रनको साझेदारी गर्दैै नेपाललाई दबाबमा राखेका थिए ।
स्पिनर कुशल मल्लले निसर्ग पटेललाई २१ रनमा बोल्ड आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका छन् । पटेलले ३९ बलको सामना गर्दा बाउन्ड्री भने प्रहार गर्न सकेनन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.