default_image

3 years ago

September 13, 2021

गौतम बुद्ध क्रिकेट रंगशाला, १६ करोड उधारो पुगेपछि काम ठप्प

विनोदबाबु रिजाल, भरतपुर चितवनको भरतपुरमा बनिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अहिले काम ठप्प छ । साउन १५ गते यता त्यहाँ निर्माणका काम केही पनि भएको छैन । खेल मैदानमा दुबो रोप्ने र सामान्य आन्तरिक कामबाहेक अरु बन्द छन् । सबै कुरा ठीकठाक भएर योजनाअनुसारै काम भइदिएको भए यतिखेर रंगशाला तम्तयार भएर भरतपुर महानगरपालिकालाई हस्तान्तरण […]

125 views

0 Bookmark

विनोदबाबु रिजाल, भरतपुर

चितवनको भरतपुरमा बनिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अहिले काम ठप्प छ । साउन १५ गते यता त्यहाँ निर्माणका काम केही पनि भएको छैन । खेल मैदानमा दुबो रोप्ने र सामान्य आन्तरिक कामबाहेक अरु बन्द छन् ।

सबै कुरा ठीकठाक भएर योजनाअनुसारै काम भइदिएको भए यतिखेर रंगशाला तम्तयार भएर भरतपुर महानगरपालिकालाई हस्तान्तरण भइसक्नुपर्ने हो । तर, भरतपुर–१५ मा निर्माण भइरहेको यो रंगशालामा अहिलेसम्म करिब ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । बाँकी कुन ढंगले कहिले हुने हो अन्यौल छ ।

निर्माणको स्वतःस्फूर्त अगुवाइ गरेको सामाजिक संस्था धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरसँग निर्माण थालेको २ वर्षभित्र बनाएर हस्तान्तरण पनि गरिसक्ने सम्झौता गरेको थियो । फाउण्डेसन र महानगरपालिकाबीच २०७५ माघ १६ गते शहीद दिवस अवसर पारेर सम्झौता गरिएको थियो । सम्झौता भएको आगामी माघमा ३ वर्ष पुग्दैछ ।

रंगशाला उधारो तिर्न नसक्ने अवस्थामा पुगेको छ । परियोजनाले अहिलेसम्म गरेको ५४ करोड ६२ लाख २१ हजार १३ रुपैयाँ खर्चमध्ये करिब १६ करोड २ लाख त बक्यौता नै छ । अहिलेसम्म अनेक अभियान चलाएर उठेको रकम ३८ करोड ५९ लाख ३२ हजार ७ सय ४१ रुपैयाँ मात्रै भएको रंगशाला निर्माण परियोजनाका आर्थिक प्रशासन शाखाका मुक्ति तिमिल्सिनाले जानकारी दिए । ‘अहिले हामीसँग नगद मौज्दात कत्ति पनि छैन’, उनले भने,‘काम सबै रोकिएका छन् ।’ रंगशाला पूरा बनाइसक्न करिब ३ अर्ब लाग्ने अनुमान गरिएको छ ।

आर्थिक स्रोत खोज्दै सरकारसामू

फाउण्डेसनले अहिले आर्थिक सहयोग नै लिन छोडेको छ । सुरुआतमा जुन गतिमा सहयोग जुटेको थियो, अहिले त्यो छैन । रंगशालाको काम अघि बढाउने कुनै उपाय नभएपछि अहिले परियोजनाले सरकारको साथ खोजेको छ । आर्थिक स्रोत जुटाउन अर्थ मन्त्रालयमा प्रस्तावना लिएर गएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताए ।

‘हामीसँग पैसा छैन’, उनले टेलिफोनमा भने,‘अहिले जनतासँग हात थाप्ने अवस्था पनि रहेन, आखिरीमा सरकारकै सम्पत्ति हो, हामी त बनाइदिने खेताला न हौं । जसले बनाए पनि राष्ट्रकै लागि रंगशाला बन्ने हो । अब सरकारले आफ्नो योजनामा पार्नुपर्छ, स्रोत सुनिश्चित गर्नुपर्छ ।’

रंगशालाका लागि व्यक्तिगत तथा संस्थागतरूपमा स्वतःस्फूर्त दिइएका सहयोगबाहेक धनधान्याचल महायज्ञ पनि गरिएको थियो । त्यही पैसाबाट अहिलेसम्म काम गर्न सजिलो भएको थियो । त्यही गतिमा सहयोग आइरहने आशामा उधारोमा काम गरिएको थियो । तर, बिस्तारै सहयोग घट्दै गयो । ‘बीचमा कोभिड महामारी आएपछि सबैको आर्थिक अवस्था चौपट भयो’, कट्टेलले भने,‘यस्तो बेला जनतालाई कसरी सहयोग गर भन्नु ?’

कट्टेलको प्रमुख टाउको दुखाइ बक्यौता नै बनेको छ । ‘१६ करोडभन्दा बढी आर्थिक दायित्व लिएर काम अघि बढाउन सकिएन’, उनले भने,‘कतिलाई फकाइयो, कतिलाई ढाँटियो भनिसाध्यै छैन ।’

अब यो दायित्वको भुक्तानी कसरी गर्ने भन्ने विषय गम्भीर भएको उनले बताए । ‘निर्माण यस्तो चरणमा पुग्यो कि दुईचार पैसा उठाउँदै गरौँ, बनाउँदै गरौँ भन्ने अवस्था अब छैन’, उनले भने, ‘लाखले नि नहुने करोडौँ चाहिने भएको छ ।’

सबैको साथ र सहयोग भयो र स्रोत जुट्यो भने ६ महिनादेखि १ वर्षसम्ममा पूरै संरचना नै ठडिन सक्ने उनले बताए । तर, सहयोग जुटेको अहिलेसम्मको अवस्था हेर्दा त्यसो भइहाल्ने देखिँदैन । ‘यति धेरै बक्यौता तिर्ने मेरो सामथ्र्य छैन’, उनले भने, ‘मैले त सरकारलाई नै गुहार्ने हो, किनकि हिजो सरकारकै उपस्थितिमा घोषणा भएको हो, जवाफदेही सरकार पनि हुनुपर्छ ।’

महानगर भन्छ–‘धुर्मुस सुन्तलीले नसके सरकारले बनाउँछ’

रंगशालाका लागि आवश्यक सबै रकम उठाउने जिम्मा फाउण्डेसनले नै लिएको हो । यो कुरा सम्झौतामा स्पष्टै छ । भरतपुर महानगरपालिकाले भरतपुर–१५ मा जग्गा उपलब्ध गराएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल रंगशालाको काम ढिला भएकोमा असन्तुष्ट देखिन्छिन् । भरतपुरमा आयोजित एक सार्वजनिक कार्यक्रममा उनले विविध कारणले भएको ढिलाइले गर्दा भनिएको समयमा यसको काम नसकिएको बताइन् ।

‘महानगर र धुर्मुस–सुन्तली फाउण्डेसनबीच भएको सम्झौतामा २ वर्षभित्र रंगशाला निर्माण सक्ने भनिएको छ,’ उनले भनिन्, ‘कोभिडका कारण पनि ढिलाइ भयो, अरू विविध कारणले पनि समयमै काम भएको छैन ।’ मेयर दाहालले बाधा आउनुको मुख्य कारण आर्थिक स्रोत नै रहेको बताइन् ।

‘सम्झौतामा स्पष्ट भनिएको छ, आर्थिक स्रोत खोज्ने दायित्व भरतपुर महानगरपालिकाको होइन,’ उनले भनिन्, ‘सबै पैसा धुर्मुस–सुन्तली फाउण्डेसनले नै खोज्नुपर्ने हो तर चाहिने जति पैसा उठेको छैन ।’

उनले फाउण्डेसनले अब छिट्टै एउटा निर्णय गरिहाल्नु पर्ने बताइन् । ‘सक्नुहुन्छ भने तपाईंहरू नै रकम उठाउनुस्,’ उनले फाउण्डेसनलाई भनिन्, ‘होइन भने ज्यादा प्रेसर लिएर ऋण बोकेर नबस्नुस्, सरकारलाई दिनोस् बाँकी काम सरकारले नै गर्छ ।’

तर, अहिले नै ‘हामी सक्दैनौँ’ भनेर हात उठाउने अवस्थामा नपुगेको फाउण्डेसनका अध्यक्ष कट्टेल बताउँछन् । ‘सबैको साथ र सहयोगले राष्ट्रिय अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने मैदानसम्म बनाउन सक्यौं,’ कट्टेलले भने, ‘अझै पनि सबै एकजुट भएर लाग्ने हो भने पूरा गर्न सकिन्छ ।’

महानगर प्रमुख दाहाल अहिलेसम्म महानगरलाई आर्थिक दायित्व नभए पनि आर्थिक स्रोत जुटाइदिएको बताउँछिन् ।‘१० करोड त महानगरकै स्रोतबाट दिइसकेका छौं,’ उनले भनिन्, ‘त्यस्तै महानगरकै अग्रसरतामा गरिएको धनधान्याचल महायज्ञबाट करिब १५ करोड संकलन गरिदियौँ । यसरी हिसाब गर्दा महानगरकै पहलमा २५/२७ करोड उठिसकेको छ ।’

मेयरले धान्याचल गरेर महानगरले नै पैसा उठाइदिएको बताए पनि उक्त अवसरमा बोलेका अधिकांशले पैसा दिएका छैनन् । कैयौँ सरकारी तहबाटै बोलिएको पैसा पनि उठेको छैन । ६९ करोड बोलिएकामध्ये ९ करोड रकम मात्रै उठेको छ । ‘सुरुमा धेरैले बोल्नुभयो,’ फाउण्डेसनका अध्यक्ष कट्टेल भन्छन्, ‘कतिपयलाई आफू प्रतिष्ठित देखिने रहर पनि भयो होला, हौसिएर बोल्नुभयो । तर, दिन गाह्रो भयो ’ कट्टेलको अनुरोध छ, ‘रंगशाला निर्माण भयो भने सबैको गौरव बढ्ने हो, सबैले मेरै हो भन्ने हिसाबले सहयोग गरिदिनुपर्यो ।’

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.