default_image

4 years ago

September 13, 2021

कुशल र आसिफको कीर्तिमानी साझेदारी

282 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेख र कुशल भुर्तेलको कीर्तिमानी साझेदारीमा नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्ध ब्याटिङतर्फ सानदार सुरुवात गरेको छ ।

अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा कुनै विकेट नगुमाउँदै ६२ रन बनाएको छ । कुशल भुर्तेल ४० बलमा २ चौका र १ छक्का सहित ३७रनमा अविजित छन् । आसिफ शेख ३९ बलमा २ चौका सहित २२ रनमा खेलि रहेका छन् । पहिलो विकेटका लागि आसिफ र कुशलले ६२ रनको साझेदारी गरि सकेका छन् । नेपालको ओडिआई क्रिकेट इतिहासमा ओपनरले पहिलो विकेटका लागि गरेको यो हालसम्मकै उच्च साझेदारी हो ।

यसअघि नेपालबाट ओडिआईमा पहिलो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी ६१ रन थियो । जुन साझेदारी २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले युएईविरुद्ध गरेका थिए । नेपालको ओडिआईमा कुनैपनि विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी ८९ रनको छ । जुन साझेदारी पपुवा न्युगिनीसँगको दोस्रो ओडिआई खेलमा तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र रोहित कुमार पौडेलले गरेका थिए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो ।अमेरिका मोनांक पटेलले १ सय १४ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेले । नेपालका सन्दीप लामिछाने, सुशान भारी र विक्रम सोबले दुई दुई विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.