default_image

4 years ago

September 13, 2021

कुशल शतकबाट चुके

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकाविरुद्ध शतक प्रहार गर्न चुकेका छन् ।

अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको छ । कुशल भुर्तेल ९३ बलमा ३ चौका र ३ छक्का सहित ८४ रनमा एलबीडब्लू आउट भए । स्पिनर निसर्ग पटेलको ३३ औं ओभरको पहिलो बलमा एलबीडब्लू आउट भएपछि कुशल शतक बनाउन चुकेका हुन् । नेपालबाट ओडिआईमा यो तेस्रो ठूलो व्यक्तिगत स्कोर हो । यसअघि २०१९ मा पारस खड्काले यूएईविरुद्ध १ सय १५ र रोहित कुमार पौडेलले केहि दिन अघि मात्र पिएनजीसँग ८६ रनको इनिङ खेलेका थिए ।

नेपाललाई पहिलो विकेटका लागि ओपनर आसिफ शेख र कुशलले १४ ओभरमा ६६ रनको कीर्तिमानी साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । आसिफ शेख ४२ बलमा २ चौका सहित २३ रनमा क्याच आउट भए । नेपाली ओडिआई क्रिकेट ओपनरले पहिलो विकेटका लागि गरेको यो उच्च साझेदारी हो । यसअघि नेपालबाट ओडिआईमा पहिलो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी ६१ रन थियो । जुन साझेदारी २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले युएईविरुद्ध गरेका थिए ।

आसिफ नोश्टुश केंजीगेको बलमा निसर्ग पटेलबाट क्याच आउट भएका थिए । २१ औं ओभरको पहिलो बलमा स्पिनर निसर्ग पटेलले कप्तान ज्ञानेन्द्र मल्ललाई १७ रनमा एलबीडब्लू आउट गरे । ज्ञानेन्द्रले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । कुशल मल्ल तेस्रो खेलमा पनि एक रनमा आउट भए । यसअघि पिएनजीसँगको दुबै खेलमा कुशल एक एक रनमा आउट भएका थिए । ३४ औं ओभरको तेस्रो बलमा कुशललाई सौरभ नेत्रवालकारले विकेटकिपर मोनांक पटेलबाट क्याच आउट गराउँदै खेलमा फर्किने आशा देखाएका छन् । रोहित कुमार पौडेल ४४ बलमा १४ रनमा अविजित छन् । क्रिजमा विनोद भण्डारी क्रिजमा छन् ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो ।अमेरिका मोनांक पटेलले १ सय १४ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेले । नेपालका सन्दीप लामिछाने, सुशान भारी र विक्रम सोबले २-२ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.