default_image

4 years ago

September 14, 2021

कुशल बने प्लेयर अफ द म्याच

214 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ब्याट्सम्यान कुशल भुर्तेल आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्ध प्लेयर अफ द म्याच चुनिएका छन् । अमेरिकालाई ५ विकेटले पराजित गर्न कुशलले नेपालबाट सर्वाधिक रन बनाएका थिए ।

अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । ओपनर कुशल भुर्तेलले ९३ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिएका थिए । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल ८७ बलमा २ चौका र ३ छक्का सहित ६२ रनमा अविजित रहँदै नेपाललाई जिताउन महत्वपूर्ण योगदान दिएका थिए । रोहित पनि प्लेयर अफ द म्याचका दाबेदार थिए । तर कुशलको छायामा परेका छन् ।

कुशलले ओपनर आसिफ शेखसँग नेपाललाई पहिलो विकेटका लागि १४ ओभरमा ६६ रनको कीर्तिमानी साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । नेपाली ओडिआई क्रिकेट ओपनरले पहिलो विकेटका लागि गरेको यो उच्च साझेदारी हो । यसअघि नेपालबाट ओडिआईमा पहिलो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी ६१ रन थियो । जुन साझेदारी २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले युएईविरुद्ध गरेका थिए ।

कुशल भुर्तेलको यो ओडिआई करिअरको तेस्रो खेल हो । कुशलले यसै साता ओमान भ्रमणमा पपुवा न्युगिनीसँगको पहिलो खेलमा डेब्यू गर्दै १५ रन बनाएका थिए । दोस्रो खेलमा कुशल पपुवा न्युगिनीविरुद्ध तीन रनमा आउट भएका थिए । कशुलले वैशाखमा भएको नेदरयान्ड्स र मलेसियासँग त्रिकोणात्मक सिरिजमा सानदार प्रदर्शनका साथ प्लेयर अफ द सिरिज चुनिएका थिए । टि२० आईका पाँच मध्य चार खेलमा अर्धशतक प्रहार गर्दै विश्वमै सनसनी मच्चाएका थिए । टि२० आईको डेब्यूमै लगातार तीन अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बनेका थिए ।

सोमबार राती अमेरिकालाई पराजित गर्न नेपालबाट विनोद भण्डारीले ३७, आसिफ शेख २३ र कप्तान ज्ञानेन्द्र मल्लले १७ रन बनाएका थिए । त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । अमेरिका विकेटकिपर मोनांक पटेलले १ सय १४ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेपनि टोलीले जित्न सकेन । नेपालका सन्दीप लामिछाने, सुशान भारी र विक्रम सोबले २-२ विकेट लिए । नेपालले आज ओमानसँग खेल्दै छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.