default_image

4 years ago

September 14, 2021

ओमानलाई स्तब्ध पार्ने नेपालको लक्ष्य

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ४:१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल लगातार दोस्रो जितका साथ अंक तालिकामा चौथो स्थानमा उक्लिन चाहन्छ ।

घरेलु टोली ओमान नेपालमाथि सहज जितका साथ सुरुवात गर्ने सोचमा छ । पाकिस्तानी मुलका खेलाडीको बाहुल्यता भएको ओमान बलियो टोली हो । त्यसमा घरेलु मैदान र वातावरणले गर्दा थप मजबुत बनेको छ । आइसिसी विश्वकप लिग–२ को अंक तालिकामा शीर्ष स्थानमा छ । तर यस पटक ओमानलाई नेपालमाथि जित निकाल्न सहज हुने छैन । युवा खेलाडीको बाहुल्यता भएको नेपालले पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । कमजोर मानिने ब्याटिङमा नेपालले पछिल्लो समय धेरै परिवर्तन गरि सकेको छ ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको अविजित ६२ रन र ओपनर कुशल भुर्तेलको ८४ रनको सहयोगमा अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो ।

कप्तान ज्ञानेन्द्र मल्ल राम्रो सुरुवात दिएपनि १७ रनमा आउट भएका थिए । ज्ञानेन्द्रलाई ठूलो इनिङ खेल्न आवश्यक छ । नेपालले आजको खेलमा युवा अलराउन्डर कुशल मल्ललाई बेन्चमा राख्न सक्छ । कुशल ओमान भ्रमणको तीनै खेलमा एक एक रनमा आउट भएका छन् । कुशलको स्थानमा नेपालले शरद भेषावकर वा आरिफ शेख मध्य एकलाई मौका दिने सम्भावना छ ।

रोहित राम्रो लयमा छन् । लगातार उत्कृष्ट अर्धशतक प्रहार गरेका रोहितबाट नेपाल ओमानविरुद्ध पनि त्यस्तै उत्कृष्ट प्रदर्शन चाहन्छ । अमेरिकासँगको खेलमा कुशल भुर्तेलले प्लेयर अफ द म्याच प्रदर्शन गरेका थिए । पहिलो खेलको नतिजाले नेपालको मनोबल उच्च छ । नेपालले बलिङमा परिवर्तन गर्ने सम्भावना कम छ ।

स्पिनर सुशान भारीको स्थान तीव्र गतिका बलर गुलशन झालाई सरप्राइज प्याकेजको रुपमा प्रयोग गर्न सक्छ । विक्रम सोबलाई विश्राम दिँदै गुलशन वा अभिनाश बोहरालाई मौका दिन सक्छ । सन्दीप लामिछाने नेपालका मुख्य हतियार हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुने छ । अमेरिकाविरुद्ध प्रदर्शनपछि कुशल मल्ल बाहेक अन्य खेलाडी परिवर्तन गर्ने सम्भावना कम छ ।

ओमानले गतवर्ष नेपाललाई घरेलु मैदानमै दुबै खेलमा पराजित गरेको थियो । नेपाल ओमानसँग पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो । नेपालले घरेलु मैदानमा २ सय ४९ रन बनाएपनि पराजित हुन पुगेको थियो । ओमानको ओपनिङ जतिन्दर सिंह र खबर अलीले गर्ने छन् । दुबै अनुभवी ओपनर राम्रो सुरुवात र ठूलो इनिङ खेल्न सक्छन् ।

उपकप्तान अकिब इलायस तेस्रो नम्बरमा ब्याटिङ गर्ने छन् । पाकिस्तानी मुलका अकिब ओमानका प्रमुख ब्याट्सम्यान हुन् । गतवर्ष नेपाललाई पराजित गर्न अकिबले १ सय ९ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । अमेरिकाविरुद्ध १ सय ५ रनको शतकीय इनिङ खेल्दै गतवर्ष लगातार शतक प्रहार गरेका थिए । पाकिस्तानमा मौका नपाएपछि ओमानबाट खेल्दै आएका अकिब नेपाललाई पुन निराश बनाउन सक्छन् ।

चौथो नम्बरमा पाकिस्तानी मुलकै कप्तान जिशान मकसुद छन् । मकसुदले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेपाललाई पराजित गर्न मकसुदले ६८ रनको इनिङ खेलेका थिए । लगत्तै अर्को खेलमा अमेरिकाविरुद्ध १ सय ९ रनको शतकीय इनिङ खेलेका थिए । बाँया हाते मकसुद टोलीका स्पिन अलराउन्डर हुन् ।

पाकिस्तानी मुलकै मोहम्मद नदीम ओमानका प्रमुख अलराउन्डर हुन् । ब्याटिङ र बलिङ दुबैमा उच्च प्रदर्शन गर्दै आएका छन् । गतवर्ष पहिलो खेलमा नेपाललाई हराउन नदीमले उत्कृष्ट प्रदर्शन गरेका थिए । ओमानको विकेटकिपरमा नेपाली मुलका सुरज कुमार रहने छन् । कलिमुल्लाह र बिलाल खान तीव्र गतिका बलिङ हतियार हुन् । अकिब, मकसुद र खवर अली स्पिन बलिङ आक्रामणको भूमिका निर्वाह गर्ने छन् । अकिब, जिशान र नदीम ओमानका प्रमुख हतियार हुन् ।

पछिल्लो समय ब्याटिङमा सुधार गरेको नेपाल ओमानलाई ओडिआईमा पहिलो पटक पराजित गर्ने सोचमा छ । फेरिएको नेपाल र बलियो ओमानविरुद्धको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । पहिलो खेल खेलेको १८ घण्टा बित्न नपाउँदै नेपालले दोस्रो खेल खेल्न लागेको हुँदा केहि असर पर्नसक्छ । ओमानले मुम्बईसँग तीन टि२० र चार एकदिवसिय अभ्यास खेल खेल्दै सम्पूर्ण तयारी पूरा गरेको छ ।

हेड टु हेड :

नेपाल र ओमानबीच दुई ओडिआई खेल भएको छ । ओमान गत वर्ष पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको छ । पछिल्ला पाँच अन्तर्राष्ट्रिय खेलमा ओमानले नेपाललाई सहजै पराजित गरेको छ । २०१९ मा पाँच टोलीबीचको टि२० सिरिजमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । २०१८ को एसिया कप छनोटमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । २ सय २१ रन बनाएपनि नेपाल पराजित हुन पुगेको थियो । त्यसै वर्ष डिभिजन २ को खेलमा ओमानले नेपाललाई ६ विकेटले हराएको थियो ।

मौसम : खेलमा वर्षाको कुनै सम्भावना छैन । तापक्रम भने ३१ देखि ३७ डिग्रि सम्म रहने छ ।

खेलको प्रत्यक्ष प्रसारण नेपालमा एक्सन स्पोर्ट्समा हेर्न सकिने छ । त्यस्तै इन्टरनेटमा आइसिसी टिभी र फ्यान कोडबाट हेर्न बाट पनि हेर्न सकिने छ ।

विश्वकप लिग-२ अंक तालिका

नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

ओमान १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।

नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । नेपाल ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ छैटौं स्थानमा छ । आजको खेलमा विजयी भएमा चौथो स्थानमा उक्लिने छ । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।

नेपालको टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल

ओमानको टोली : जिशान मकसुद (कप्तान), अकिब इलायस, जतिन्दर सिंह, खवर अली, मोहम्मद नदीम, अयान खान, सुरज कुमार, सन्दीप गौड, नेस्टर धम्बा, कलिमुल्लाह, बिलाल खान, नसिम खुशी, सुफ्यान मोहम्मद र सोहिब खान ।

खेल तालिका

भदौ २८ : नेपालविरुद्ध अमेरिका, नेपाल पाँच विकेटले विजयी

भदौ २९ : नेपालविरुद्ध ओमान, दिउँसो ४:१५

भदौ ३१ : ओमानविरुद्ध अमेरिका, दिउँसो ४:१५

असोज १ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४:१५

असोज ३ : नेपालविरुद्ध ओमान, दिउँसो ४:१५

असोज ४ : ओमानविरुद्ध अमेरिका, दिउँसो ४:१५

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.