default_image

4 years ago

September 14, 2021

नेपालको विश्व वरियतामा सुधार

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई विश्व वरियतामा सुधार गरेको छ । आइसिसीले मंगलबार सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ ।

नेपालको ८ खेलमा २ सय ८८ प्वाइन्ट र ३६ रेटिङ अंक छ । नेपाल उक्लदा ओमान भने खस्किएको छ । ओमान एक स्थान खस्कदै १६ औं स्थानमा पुगेको छ । नेपालभन्दा अघि स्कटल्यान्ड १४ औं, जिम्बावे १३ औं, आयरल्यान्ड १२ औं र नेदरल्यान्ड्स ११ औं स्थानमा छ । नेपाल भन्दापछि यूएई १७ औं, नामिबिया १८ औं, अमेरिका १९ औं र पपुपा न्युगिनी २० औं स्थानमा छन् । न्युजिल्यान्ड शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा छन् । नेपाल टि२० आई वरियतामा १३ औं स्थानमा यथावत छ ।

ओमान भ्रमणमा रहेको नेपालले लगातार तीन खेलमा जित निकालेपछि ओडिआई वरियतामा सुधार गरेको हो । नेपालले पपुवा न्युगिनीसँगको दुई ओडिआई सिरिज २–० ले जितेको थियो । पहिलो खेलमा पपुपा न्युगिनीलाई दुई विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो अन्तरको जित निकालेको थियो । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपालले आज ओमानसँग खेल्दै छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.